शारिरीक स्वास्थ्यका बारेमा नेपाली समाजमा धेरै चर्चा र छलफल हुने गरेको छ । ठुल्ठुला अस्पतालदेखि नेपाल सरकारको ध्यान पनि शारिरीक स्वास्थ्यमा नै केन्द्रीत भएको देखिन्छ । तर मानसिक स्वास्थ्य बिग्रिएका कारण वर्षेनी हजारौंको संख्यामा मानिसहरु पिडित बनिरहँदा समेत पनि शारिरीक स्वास्थ्यको बारेमा मात्र चासो, चिन्ता र उपचारका बारेमा निति नियम र कानूनहरु बन्ने गरेका कारण पनि मानसिक स्वास्थ्य समस्यामा भएका मानिसहरु ओझेलमा परिरहेका छन ।
हरेक मानिसको जीवन अमुल्य छ । त्यसैले कसैको पनि जीवन जीउने बिषयमा गभ्भिरता पुर्वक हेरिनु पर्छ । मानसिक स्वास्थ्यको बिषय अहिलेसम्म हाम्रो समाजको प्राथमिकताको बिषय बन्न सकेको छैन । या भनौं मानसिक स्वास्थ्यका बिषयमा आम मानिसहरु सामान्य छलफल र चर्चा समेत पनि गर्दैनन । तर संगैमा शारिरीक स्वास्थ्यका बारेमा भने सबै नेपाली कुनै न कुनै रुपमा चर्चा गरिरहेका हुन्छन । केही मानिसको समुहमा एक जनाले कुनै शारिरीक स्वास्थ्य समस्या सुनायो भने मात्रै पनि त्यही समुहबाट उपचारका अनेक बिधि र प्रक्रियाका बारेमा तत्कालै सुझाव आइहाल्छ । यो हाम्रो समाजको एउटा चित्र नै हो ।
मानसिक स्वास्थ्य विना सवल स्वास्थ्य नै हुँदैन । त्यसैले स्वास्थ्यका बारे चर्चा गर्दा अनिवार्य रुपमा मानसिक स्वास्थ्यको बारेमा पनि कुरा गर्न जरुरी हुन्छ ।
शारिरीक स्वास्थ्य भनेका सबैले देख्न सकिने र थाहा पाउने हुन्छ । कसैलाई ज्वरो, रुघा खोकी लाग्यो भने तत्काल परिवारका सदस्य वा अन्यले उपचार गराउँछन वा सम्बन्धीत ब्यक्ति आफैंले पनि उपचार गराउन चिकित्सककोमा पुग्छन तर मानसिक स्वास्थ्य समस्या बाहिरबाट सजिलै देख्न सकिने हुँदैन ।
जसरी शारिरीक स्वास्थ्य समस्यालाई एउटा बिरामीको रुपमा लिइन्छ त्यसरी नै मानसिक स्वास्थ्य समस्या पनि एउटा बिरामी नै हो । त्यस्ता बिरामीलाई पनि चिकित्सकको सल्लाहा परामर्श र उपचार आवश्यक पर्छ । शारिरीक स्वास्थ्यमा जसरी औषधी सेवन गरीन्छ त्यसरी नै मानसिक स्वास्थ्य समस्यामा पनि औषधी सेवन गर्नु पर्छ ।
जसरी शारिरीक स्वास्थ्य समस्यालाई एउटा बिरामीको रुपमा लिइन्छ त्यसरी नै मानसिक स्वास्थ्य समस्या पनि एउटा बिरामी नै हो । त्यस्ता बिरामीलाई पनि चिकित्सकको सल्लाहा परामर्श र उपचार आवश्यक पर्छ । शारिरीक स्वास्थ्यमा जसरी औषधी सेवन गरीन्छ त्यसरी नै मानसिक स्वास्थ्य समस्यामा पनि औषधी सेवन गर्नु पर्छ । हाम्रो समाजमा मानसिक समस्यालाई हेर्ने दृष्टिकोण पनि फरक छ । मानसिक समस्यालाई पागलपनका रुपमा लिने र उसलाई उपचार नगराउने अन्धबिश्वास नेपाली समाजमा अहिले पनि तेत्तीकै छ । सबै पागलपनलाई मानसिक स्वास्थ्य समस्या भन्न नमिल्ने मनोबिश्लेषक गोपाल ढकाल बताउनु हुन्छ । ढकालका अनुसार पागलपन भनेको कडा प्रकारको मानसिक स्वास्थ्य समस्या मात्र हो । मानसिक स्वास्थ्यका बारेमा जनचेतनाको कमी र शिक्षाको कमीका करण समस्या भएको थाहा पाएर पनि उपचार गर्न हिचकिचाउने गरेको ढकालले सुनाउनु भयो ।
मानसिक स्वास्थ्य समस्या पूर्ण रुपमा ओझेलमा परेका कारण पनि समस्या थप बढेर गएको छ । मनोबिदहरुका अनुसार मानसिक स्वास्थ्य राज्यको प्राथमिकतामा छैन, लगानी नगण्य जस्तै छ । मानसिक स्वास्थ्य परामर्शदाता वा चिकित्सकहरुको संख्या अत्यन्तै कम छ र त्यस्ता जनशक्ति उत्पादन गर्ने तर्फ राज्यको कुनै चासो नदेखिएका कारण पनि मानसिक स्वास्थ्य समस्याले बिकराल रुप लिदैं गएको छ ।
खास गरी पछिल्लो समय आत्महत्याको दर बढ्दोक्रममा छ । ९० प्रतिशत आत्महत्या कुनै न कुनै मानसिक स्वास्थ्य समस्याकै कारण हुने गरेको यस क्षेत्रका जानकारहरु बताउँछन । मानसिक स्वास्थ्य समस्याकै परिणामका रुपमा आत्महत्याका घट्ना हुने हुन्छ । त्यसमा पनि डिप्रेसनका कारण ७० देखि ८० प्रतिशत मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । डिप्रेसन पनि एक प्रकारको मानसिक स्वास्थ्य समस्या नै भएको मनोविदहरु बताउँछन । आत्महत्याका घट्नालाई कम गर्न समेत पनि मानसिक स्वास्थ्य समस्याको बेलैमा उपचार गराउनु पर्ने हुन्छ ।
मानसिक स्वास्थ्य समस्या भएका मानिसहरु अहिले पनि खुलेर भन्न सक्ने वातावरण हाम्रो समाजमा छैन । अझै पनि मानसिक स्वास्थ्य समस्याका बारेमा बिद्यालयस्तरमा जानकारी गराइदैंन, मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिलाई रोगी वा बिरामीको रुपमा हेर्ने संस्कार नै नभएका कारण पनि त्यस्ता ब्यक्तिहरु बिस्तारै डिप्रेसनमा जाने र त्यसको परिणाम स्वरुप आत्महत्या गर्ने गरेका छन ।
कोरोना भाइरसको संक्रमण फैलिएको समयमा मानसिक स्वास्थ्य समस्या झन बढेर गएको छ । प्राकृतिक बिपत्ती र यस्ता संक्रमण हुँदा शारिरीक समस्या मात्रै होईन मानसिक स्वास्थ्य समस्या समेत बढ्ने गरेकाले पनि कोरोनाकालमा १५ देखि २० प्रतिशत मानसिक स्वास्थ्य समस्या बृद्धि भएको मनोचिकित्सकहरु बताउँछन ।
उपचार गर्दा सबै प्रकारका मानसिक स्वास्थ्य समस्या ठिक हुने भए पनि मानसिक समस्यालाई उपचार गर्नु पर्छ भन्ने सोच नै नभएका कारण समस्या बढ्दै गएको छ । पछिल्लो समय नेपाली समाजमा धर्म परिवर्तन गर्दा मानसिक समस्या समाधान हुने भन्ने गलत हल्ला र अन्धबिश्वास मौलाएको देखिन्छ । तर धर्म परिवर्तन गर्दा वा अर्को धर्म ग्रहण गर्दा कुनै पनि प्रकारको मानसिक स्वास्थ्य समस्या समाधान नहुने यस क्षेत्रका बिज्ञहरुले बताउँदै आएका छन ।
बिद्यालयस्तरदेखि नै वालवालिकाहरुलाई मानसिक स्वास्थ्यका बारेमा जानकारी दिने र त्यस सम्बन्धी भएका अन्धबिश्वास र चलनलाई निरुत्साहित गर्न सके मानसिक समस्याबाट उब्जने अनेक प्रकारका समस्या समाधान गर्न सजिलो हुन्छ ।
परिवारमा एक ब्यक्ति मानसिक स्वास्थ्य समस्यामा पर्यो भने त्यसले सिङ्गो परिवारलाई नै अप्ठ्यारोमा पार्छ । परिवारमा झगडा, सामान्य बिषयमा परिवार भित्रको एकता टुट्ने जस्ता समस्या मानसिक स्वास्थ्यका कारण निम्तिन सक्छ ।
बिद्यालयस्तरदेखि नै वालवालिकाहरुलाई मानसिक स्वास्थ्यका बारेमा जानकारी दिने र त्यस सम्बन्धी भएका अन्धबिश्वास र चलनलाई निरुत्साहित गर्न सके मानसिक समस्याबाट उब्जने अनेक प्रकारका समस्या समाधान गर्न सजिलो हुन्छ ।
परिवारमा एक ब्यक्ति मानसिक स्वास्थ्य समस्यामा पर्यो भने त्यसले सिङ्गो परिवारलाई नै अप्ठ्यारोमा पार्छ । परिवारमा झगडा, सामान्य बिषयमा परिवार भित्रको एकता टुट्ने जस्ता समस्या मानसिक स्वास्थ्यका कारण निम्तिन सक्छ ।
अहिले पनि सामाजिक अभियन्ता, समाजमा चिनिएका ब्यक्तिहरुलालई मानसिक समस्या भएमा बाहिर भन्न सकेको अवस्था देखिदैंन । यदि कसैले मानसिक स्वास्थ्य समस्याका बारेमा कुरा गर्दा समेत पनि त्यसलाई नकरात्मक रुपमा लिने गरेकाले आफुलाई मानसिक समस्या भएको थाहा पाउँदा पनि मानिसले सजिलै बाहिर भन्न सक्दैन ।
मानसिक स्वास्थ्य समस्या उपचार गर्दा पूर्ण रुपमा ठिक हुने मनोचिकित्सकहरु बताउँछन । नेपालमा दुई प्रकारले मानसिक स्वास्थ्य समस्याको उपचार भइरहेको छ । पहिलो मनोचिकित्सकले बिरामीको अवस्था हेरी औषधी मार्फत उपचार गर्ने र दोस्रो भनेको मनोविदले परामर्श र थेरापी मार्फत बिरामीको उपचार गर्ने बिधि अपनाइएको त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालका बरिष्ठ मनोचिकित्सक डा सगुन पन्तले बताउनु हुन्छ ।
मानसिक स्वास्थ्य समस्या भएको सजिलै थाहा पाउन ब्यक्तिको ब्यवहारलाई नियाल्नु पर्ने हुन्छ । ब्यक्तिको लक्षणको आधारमा उसको बिरामीको आंकलन गरिन्छ । ब्यक्तिको मन, मस्तिष्क र ब्यवहारमा आएको परिवर्तन तथा त्यसका कारणले उसको दैनिकीमा परेको प्रभाव, आय आर्जनमा देखिएको असरले कुनै पनि ब्यक्तिमा भएको मानसिक स्वास्थ्य समस्याका बारेमा थाहा पाउन सकिने हुन्छ ।
केही समय अघिसम्म मानसिक स्वास्थ्य समस्या भनेको मनको रोग हो भनेर भनिने गरिथ्यो । तर पछिल्लो समय प्रविधिको बिकाससंगै मानसिक स्वास्थ्य सम्बन्धी रोगहरुको पनि शारिरीक लक्षण देख्न सकिने पत्ता लागेको छ । मानसिक समस्या मध्ये डिप्रेशन भएका बिरामीहरुको सिटि स्क्यान, एम आर आई मा केही लक्षणहरु देखिने केही अध्ययनहरुले देखाएका छन । मतिस्कमा केही लक्षणहरु देखिने र त्यसलाई औषधी सेवन मार्फत नै उपचार गरिने चिकित्सकहरु बताउँछन । तर पनि अधिकाशं मानसिक स्वास्थ्य समस्याको लक्षण ब्यक्तिको मन र ब्यवहार हेरेर नै थाहा हुने चिकित्सककोे भनाइ छ ।
नेपालमा मानसिक स्वास्थ्य समस्याको उपचारमा पहुँच भने अहिले पनि न्यून छ । प्रत्येक १० जना मानसिक रोगीहरुमध्ये एक जनाले मात्रै उपचार लिने गरेको अध्ययनले देखाउँछ । यो तथ्याङ्क अनुसार ९० प्रतिशत मानसिक रोगी सहि उपचारबाट बन्चीत छन ।
मानसिक स्वास्थ्य समस्यालाई टुनामुना, भुतप्रेत लागेको भन्ने अन्धबिश्वास ब्याप्त छ । अहिले पनि झारफुक, जढिबुटी, धामी झाँक्रीमा बिश्वास गरेर मानसिक स्वास्थ्य समस्याको उपचारबाट आफुलाई टाढा राखेका छन ।
मानसिक स्वास्थ्य समस्यासंग जोडेर हाम्रो समाजमा बिभिन्न विभेद र लान्छनाहरु छन । सामान्य प्रकारको मानसिक रोगलाई पनि मानिसहरुले एकदमै दिमाग बिग्रीएर मगज नै बिग्रिसकेको र यो ठिक हुँदैन भन्ने भ्रम फैलाउँछन । हाम्रो समाजमा एक पटक मानसिक रोग लागे पछि कहिल्यै ठिक हुँदैन भन्ने धारणा छ । तर मानसिक स्वास्थ्य समस्याको बेलैमा उपचार गर्ने हो भने यो समस्या पूर्ण रुपमा ठिक हुने बिभिन्न अध्ययन र उपचार बिधिहरुले पुष्टी गरिसकेको छ ।
मानसिक समस्याको बिश्वको तथ्याङ्कलाई नियालेर हेर्ने हो भने पनि मानसिक स्वास्थ्य समस्या सामान्यकृत हुँदैं गएको छ । विश्वका हरेक ४ जना मानिसमा एक जनालाई मानसिक स्वास्थ्य समस्या छ । यो तथ्याङ्कका आधारमा नेपालमा पनि लाखौं मानिस मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन ।
नेपाल सरकारले मानसिक स्वास्थ्य समस्यालाई नियन्त्रण गर्न राष्ट्रिय रणनिति तयार गरेको भए पनि त्यो प्रभावकारी कार्यान्वयनमा आइसकेको छैन । यदि उक्त रणनितिको सहि कार्यान्वयनका लागि तीन तहको सरकारलाई सक्रिय गराउने हो भने त्यसबाट मानसिक स्वास्थ्य समस्या समाधान गर्न निक्कै ठुलो उपलब्धी हासिल हुने देखिन्छ ।
राज्यले मानसिक स्वास्थ्यमा लगाएको लगानी अत्यन्त न्यून छ । राज्यले लगानी बढाउने र यसमा भएका अन्धबिश्वासलाई हटाउन सकियो भने त्यसले नेपाली समाजमा मानसिक स्वास्थ्य समस्यालाई सामान्य खालको शारिरीक स्वास्थ्य समस्या जस्तै गरी बुझ्न सजिलो बनाउने छ ।
मानसिक स्वास्थ्यमा गरेको लगानीलाई हेर्ने हो भने यसमा एक रुपैया लगानी गर्दा त्यसको प्रतिफलबाट तीन रुपैया फिर्ता आउने अध्ययनहरुले देखाएको छ । किनकी एक जना ब्यक्तिको मानसिक समस्याले सिङ्गो परिवारको आय आर्जनमा नै समस्या आइपर्ने भएकाले पनि त्यसमा गरिएको लगानीका कारण हरेक परिवारको अन्य खर्च कम हुने भएकाले प्रतिफल राम्रो हुने बिज्ञहरु बताउँछन ।
मानसिक समस्याका बिषयमा समाजमा ब्यक्त कुरीति र अन्धविश्वासलाई हटाउन सामाजिक अगुवा, राजनितिक दल र तिनका नेता कार्यकर्ता र समाज निर्माणमा सहयोग गरिरहेका बिभिन्न गैर सरकारी संस्थाहरुले महत्व पूर्ण भुमिका खेल्न सक्छन ।
मानसिक स्वास्थ्य समस्या जोसुकैलाई हुन सक्ने र त्यसको प्रभावका कारण नसोचेका घट्नाहरु घट्न सक्ने प्रति सबैको चासो आवश्यक भएको छ । मानसिक स्वास्थ्य समस्याको उपचारको पहुँच दुरदराजका गाउँहरुसम्म बिस्तार गरी ओझेलमा परेको अवस्थाबाट यस्तो समस्याबाट कसैलाई भाग्न नदिने अवस्थाको सृजना गर्नु नै अहिलेको आवश्यकता देखिन्छ ।
[email protected]