नेपाली कांग्रेस झापाले मंसिर २९ गते हुने जनप्रदर्शनमा १५ हजार मोटरसाईकल सडकमा उतार्ने उद्घोष गरेको छ ।
ओली सरकारले लादेको सर्वासत्तावाद, बढ्दो भ्रष्टाचार , कोरोना कहरमा सरकारले देखाएको चरम उदासिनता र वरिष्ठ नेता रामचन्द्र पौडेललाई गरेको धरपकडको विरुद्धमा देशव्यापी सडक संघर्षको तयारीमा जुटेको झापा कांग्रेसले सो शक्ति देखाउने उदघोष गरेको हो ।
झापा कांग्रेसले सरकारकै अकर्मण्यताका कारण व्यवस्था र संविधान विरुद्धमा राप्रपाको व्यानरमा राजावादी सल्बलाएको जिकिर छ।
वर्तमान सरकार जनताको बलिदान र प्राप्त उपलब्धिको रक्षा गर्न एकपछि अर्को गर्दै चुकिरहेको छ पत्रकार भेटघाटमा कांग्रेस झापा सभापति उद्धब थापाले भन्नूभयाे,''प्रतिपक्षी सालिनतालाई ओली सरकारले कमजोरी सम्झियो, अब सरकारले कांग्रेसको तागत सडकबाट देख्छ ।''
उहाँले राणा, पञ्चाय र राजतन्त्रको समुल अन्त्य गर्ने हिम्मत भएको कांग्रेसलाई कमजोर नसम्झन चेतावनी समेत दिनुभयो ।
आफ्नो घरको झगडा मिलाउने साहस र हुती नभएका ओलीले सदगी नेता पौडेललाई गिरफ्तार गरेर कायरता प्रदर्शन गरेको भन्दै सभापति थापाले रोष प्रकट गर्न समेत भ्याउनुभयो ।
झापाको ५५ किलोमिटर राजमार्गमा क्षेत्रमा विरोध र्याली गर्ने तयारी गरे पनि कोरोना कहरका कारण एकीकृत भएर कार्यक्रम गर्न लागिएको झापा कांग्रेसले प्रस्ट्याएको छ ।
जिल्लाका १५ वटै पालिकाबाट नेता, कार्यकर्ता आआफ्नो सवारी साधन सहित सुरुङ्गामा भेला भएर बिर्तामोड आउने तयारी गरेको बताइएको पत्रकार भेटघाटमा बिर्तामोडको संक्षिप्त सभामा एकजना केन्द्रीय वक्ताले मात्रै बोल्ने जानकारी दिइयो ।
सिमीत पत्रकार र पाँच जना नेताहरूको मात्रै उपस्थिति रहेको पत्रकार भेटघाटमा झापा कांग्रेसका उपसभापति राम कट्टेल, सचिव तरावीर कटुवाल प्रवक्ता लोकराज ढकालले पत्रकारको जिज्ञासाको जवाफ दिनुभएको थियो ।
कोरोना महामारीका बेला कांग्रेसको किन विरोध ? भन्ने पत्रकारको जिज्ञासामा कांग्रेस नेताहरूले छोटो जवाफ फर्काउनुभयो, उहाँहरुको अनुसार लडेर ल्याएको व्यवस्था नै गुम्ने अवस्था देखिएपछि जोखिम मोलरै भएपनी कांग्रेस सडक संघर्षमा उत्रन बाध्य भएको हो।