चन्द्रगढी, मंसिर १४ ।
मेलमिलाप र प्राकृतिक द्वन्दमा काम गर्दै आएको संस्था प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले आफ्ना आगामी योजनाहरुको समिक्षा सहितको जिल्ला स्तरिय गोष्ठी आज सम्पन्न गरेको छ ।
जिल्ला समन्वय समिति झापाको सभाकक्षमा सम्पन्न गोष्ठीमा केन्द्रले आफ्नो छैठौं चरणमा गरिने गतिविधिका बारेमा जानकारी गराएको थियो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको सभापतित्वमा सम्पन्न गोष्ठीमा जिल्ला स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, सहायक प्रमुख जिल्ला अधिकारी, राजनितिक दलका जिल्ला स्थीत प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला स्थीत सरकारी कार्यालयका प्रतिनिधिहरु र प्रत्रकारहरुको सभागिता रहेको थियो ।
गोष्ठीमा आगामी कार्यक्रमका बारेमा जानकारी गराउँदै राष्ट्रिय स्रोत ब्यक्ति थापा ।
गोष्ठीमा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालकी राष्ट्रीय स्रोत ब्यक्ति संगिता थापाले संस्थाले छैठौं चरणमा जिल्लाका स्थानीय तहमा रहेको न्यायिक समितिले सिफारिस गरेका ठुला प्रकृतिका ६ वटा बिवादमा काम गर्ने बताउनु भयो । उक्त अवसरका संस्थाले गरेका काम कारबाहीको अनुगमन र सल्लाहा सुझावका लागि सल्लाहाकार समिति गठनका लागि जिल्ला समन्वय समिति झापाले कार्यविधि पारित गरी सोही अनुसार गर्ने समेत जिससका प्रमुख पोर्तेलले बताउनु भयो ।
कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले जिल्लाका जटिल प्रकारका विवादमा मेलमिलापको माध्यमबाट रुपान्तरण गर्न प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले स्थानीय सरकारलाई सहयोग पु¥याइरहेको बताउनु भएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, भद्रपुर नगरका उपप्रमुख चन्द्रा श्रेष्ठ, नेकपा झापाका सचिवालय सदस्य घनश्याम अधिकारी लगायतले कानून सम्बत रुपमा संस्थाले गरेका काममा सहयोगी भुमिका खेल्ने बिषयमा छलफलमा भाग लिनु भएको थियो । संस्थाका सदस्य मानबहादुर कार्कीले स्वागत गरेको कार्यक्रम सदस्य छत्र पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।