मेचीनगर, मंसिर १३ ।
पुर्वी सिमावर्ती शहर काकरभिट्टाका ब्यवशायीहरुले तत्काल नेपाल भारत सिमा नाका खुला गर्न सरकारसंग माग गरेका छन । कोरोना संक्रमणका कारण चैत ११ गतेदेखि सिमानाका बन्द भए पछि सिमावर्ती बजार काकरभिट्टाको ब्यवशाह धराशायी भएको भन्दै तत्काल नाका खोलेर नेपाली ब्यवशायको रक्षा गर्न माग गरेका छन ।
आज अपरान्ह काकरभिट्टामा सामुहिक रुपमा प्रर्दशन गर्दै होटल,पर्यटन तथा यातायात ब्यवशायीहरुले भारतसंगको नाका लामो समय बन्द हुँदा सिमावर्ती बजारको ब्यवशाय चौपट भएको भन्दै तत्काल नाका खोल्न नेपाल सरकारसंग माग गरेका हुन ।
ब्यवशायीहरुले रोगले भन्दा भोकले मर्ने बेला भएको भन्दै स्वास्थ्य सुरक्षा अपनाउँदा कोरोनासंग बच्न सकिने भए पनि ब्यवशाय धराशायी हुँदा भोकले मर्ने अवस्था आएको बताए ।
सिमानाका बन्द हुँदा काकरभिट्टाका होटलहरु आठ महिनादेखि ठप्प रहेकाले होटल ब्यवशायीको अवस्था चिन्ता जनक रहेको होटल ब्यवशयी संघ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठले बताउनु भयो । नाका खोल्न दबाब दिने उद्देश्यले प्रर्दशनमा उत्रिएका ब्यवशायीहरुको भेलामा बोल्दै होटल ब्यवशायी संघका अध्यक्ष श्रेष्ठले तत्काल नाका नखोले ब्यवशायी आफैंले नाकामा धर्ना दिनु पर्ने अवस्था आउने सरकरलाई चेतावनी दिनु भयो ।
यातायात क्षेत्रका मजदुरहरु बिहान बेलुकाको छाक टार्न नसक्ने अवस्थामा पुगेको बताउँदै मजदुर संघका अध्यक्ष खडानन्द भण्डारीले तत्काल नाका खोल्न सरकारलाई आग्रह गर्नु भयो ।
नाका बन्द भएका कारण तस्करी र अबैध कारोबार मौलाएको भन्दै महिला नेत्री बिना तामाङ्गले औपचारिक रुपमा नाका खुल्ला गर्दा तस्करी बन्द हुने धारण राख्नु भयो । तत्काल नाका नखोले अब स्थानीय आफैंले नाका खुल्ला गरेर सहज बनाउने तामाङ्गले सरकारलाई चेतावनी समेत दिनु भयो ।
नाका बन्द भएका कारण नेपाल घुम्न सिजनमा समेत पर्यटकहरु नेपाल आउन नपाएका कारण नेपाली पर्यटय ब्यवशाय नै धरापमा परेकाले नाका सहज बनाउनु पर्ने पर्यटन ब्यवशायी नेत्र कार्कीले बताउनु भयो ।
यस क्षेत्रका राजनितिक नेतृत्वले नाका सहज बनाउन पहल नगरेको काकरभिट्टाका ब्यवशायी ज्ञानेन्द्र घिमिरेले गुनासो गर्नु भयो । यति लामो समय काकरभिट्टाका आम ब्यवशायीहरु पीडित भइरहँदा समेत राजनितिक नेतृत्व मुख दर्शक बन्नु लज्जास्पद भएको घिमिरेले बताउनु भयो ।
कोरोना भाइरसको संक्रमण विश्वब्यापी रुपमा फैलिदैं गर्दा चैत ११ गतेदेखि भएको लकडाउनका कारण सिमानाका बन्द छ । लकडाउन खुल्ला भएको लामो समय बितिसक्दा समेत पनि दुई देशबीचको सिमानाका भने खुल्न सकेको छैन ।