कोराना भाइरस पत्ता लागे पछि बुहानको जनजीवन अस्तव्यस्थ भएको थियो । २ हप्ता भईसक्दा कोरोना सुनिश्चित भएका केशहरु लगातार वढीरहेका थिए । बुहानका अस्पतालहरुमा भिडभाड थियो । जनमानसमा सन्त्रास थियो । मानिसहरु घरभित्र नै थुनिएका थिए ।
विस्तारै जनजीवन असहज भइरहेको थियो । सरकार यस समस्यावाट पार पाउन हर सम्भव प्रयास गरिरहेको थियो । सरकार, नागरीक, जनसमुदाय एक भएर यस माहामारी विरुद्ध लडिरहेका थिए । यस लडाइ कुन अस्त्रले के काम गर्दछ भन्ने सवैमा अन्यौलता थियो । लकडाउन विस्तारै शुरु भएको थियो । संसार भरीका सञ्चारमाध्यामहरुले कम वास्तवीकता वढी अडकलवाजी र नकारात्मक एंगलवाट समाचारहरु संप्रेषण गरी रहेका थिए । मनौ सञ्चार जगतको काम नै अवस्थाको नकारात्मक चित्रण गरेर मानिसहरुलाइ निराशा तुल्याउन हो र वाच्ने हिम्मत सिध्याउनु हो । कोरोनाको कारण भन्न्दा धेरै गुणा समाजमा सञ्चार माध्यामहरुले नैराश्य फैलाएका छन । जतिवेले उहानमा भइरस संक्रमणको खवरहरु प्रसारीत भएका थिए नेपालीहरु त्यहाँ अध्ययनरत विद्यार्थीहरुको वारेमा चिन्तीत थिए । विभिन्न देशहरुले आफना नागरीकहरुलाइ उद्धार गरेपछि नेपाल सरकारले पनि ससम्मान नेपाली नागरीकहरुको उद्धार गरेर कोरोना प्रति नेपाली समाज सजग र सरकार संवेदनशील रहेको उत्साहजनक सन्देश प्रवाह गरेको थियो ।
बुहानको संकट समाधान गर्न चिनिया सरकारको आव्हानलाइ हर नागरीक र सबै प्रकारका संघसंस्थाहरुले अत्यन्तै जिम्मेवारीका साथ साथ दिए र संसारलाई आक्रन्त पारीरहेको भाइरसलाइ उनीहरुले भने मुहानमा नै सिमित वनाइदिए । बुहानमा कोरोनाको पुष्टि भएपछि एकप्रकारको हाहार सिर्जना भयो भने अन्तराष्टिय स्तरमा चीनको वारेमा नीकै नकारात्मक टिप्णीहरु भए । विश्व भरी चीनको नकारात्मक छवि निर्माण हुन सक्छ भन्दै चिनिया सञ्चार माध्यामहरु र नागरीकहरुले चीनमा भइरहेका प्रयासहरु सार्वजानीक गरिरहे । राष्टको गरिमा कायमा राख्न नागरीकहरुले संसारभरी फैलिएका आफना नीजि सञ्जालहरुलाइ पनि प्रयोग गरेर निरन्तर जानाकारी गराइरहे । एक दिन एसिया इन्स्टिच्युट अफ व्रोडकास्टीग एण्ड डेभलेभमेन्ट मलेशीयाका सेवा निवृत्त निर्देशक मित्र चाग जिनले वि चाटमा सन्देश पठाउदै चिनमा के भइरहेको छ र कसरी चिनीया सरकार, नागरीक, डाक्टर, नर्स, व्यापारीक समुदायहरुले सहकार्यमा काम गरिरहेका छन भन्ने वारेमा पत्रकार लि ले तयार गरेका अंग्रजी समाचारहरु सम्प्रेषण गरेर मेरो नीजि सामाजिक सञ्जाल तथा वेभसाइटमा पोस्ट गर्न अनुरोध गरे । उनको त्यो अनुरोधले संकटको वेला एक नागरीकले कसरी देशको पक्षमा काम गर्न पर्दोरहेछ र त्यो कति महत्वपुर्ण हुदो रहेछ भन्ने महशुश गरायो । त्यसभन्दा पनि चिनियाहरुको देश, नागरीक र देशको इज्जत प्रतिष्ठाको वारेमा सोच्ने शैली देखेर गज्जव लाग्यो र त्यसलाइ अनुकरण गर्न मन लाग्यो । मित्र चाँगको अनुरोध स्विकार गर्दै मैले सवै कथाहरु मेरो सामाजीक सञ्जाल र वेभ साइटमा पोस्ट गरे जुन धेरै मित्रहरुले हेर्न सक्नु भयो । अहिले नेपालको अवस्था निकै दयनिय भएको र कोरोनाको वारेमा सरकारका प्रयासहरुलाइ निकै नकारात्मक रुपमा प्रस्तुत गरिएका, नागरीकहरुले निकै हल्का तरिकाले यसलाइ लिएको र जिम्मेवार निकायले निकै हचुवा तालमा यस सम्वन्धि रणनीतिहरु वनाएको अवस्थामा शुरुकै अवस्थाम चिनमा गरिएका प्रयासहरुको भावानुवाद गर्दै व्याख्या गर्न प्रयास गरेको छु । आशा छ यसवाट नेपाली पढने र वुझनेहरुलाइ त्यहाको अनुभव जान्ने अवसर मिल्नेछ ।
एक जना ५५ वर्षिय वृद्धलाइ पहिलो पटक नोभेम्वर १७ मा कोरोना भाइरस देखिए पछि यो फैलिएको थियो । जतिवेले चिनीयाहरु वसन्त क्रृतुको चाड मनाउने तयारी गर्दै थिए तव यो भाइरस विधुतीय रफतारमा फैलिदै थियो र चिनीया जनजीवनलाइ अस्तव्यस्थ वनाउदै थियो । यो भाइरसको प्रकृति नयाँ भएको र उपचार पद्धती पत्ता नलागीसकेको अवस्थामा चिनिया बैज्ञानीक डाक्टरहरुले विभिन्न परिक्षण गरिरहेको अवस्थामा यसको सरुवा गति नियन्त्रण गर्न लकडाउन विधी अपनाउन सरकारलाइ सिफारीश गरे र २३ जनवरी २०२० मा चिनियाँ सरकारले र लकडाउन घोषणा गरेर उच्च सावाधानी अपनाउन नागरीकहरुलाइ आव्हान गर्यो । नागरीकहरुले लकडाउनलाइ पालना गर्दे संकट सामाधान गर्न सरकारको होस्टेमा हैसे गरिनै रहे ।
बजार टप्प थियो जनजीवन गुजारा गरिरहेको थियो । बुहानको मेरियट होटल होन्कुमा वेइजिग र संघाइवाट आएका ४०० जना डाक्टर र नर्सहरु वसेर स्थानीयहरुलाई सेवा दिइरहेका थिए । होटलमा वसेका डाक्टर र नर्सहरुलाइ खुवाउन तरकारीको अभाव भइसकेको थियो । लुनार नयाँ वर्षको तेश्रो दिनमा एक जना किसान तीन चक्के टेम्पु चढेर आएर र होटलका कर्मचारीहरुलाइ सोधे यहाँ डाक्टर र नर्सहरु वस्नु भएको छ अरे मैले वहाँहरुको लागि आफनै वारीमा उमारेको २४ कार्टुन तरकारी लिएर आएकोछु कृपया राख्नुहोस न । होटलका कर्मचारीहरुले तरकारी लिएर जव पैसा दिन खोजे तव किसान भावुक मुस्कानका साथ मैले यो विक्रि गर्न ल्याएको होइन आफ्नो ज्यानको पर्वाह नगरी हामी चिनिया जनताको स्वास्थ्य उपचारमा संलग्न ती माहान डाक्टर र नर्सहरुलाइ सम्मान स्वरुप ऐक्यवद्धता गर्न ल्याएको हु मलाइ पैसा चाहिदैन यो उहाहरुको खाइदिए पुग्छ । यस्तो चारै तिर निराशाले गाजेको वेलामा वहाँहरुको प्रयासले जीवन प्रति भरोसा जागेको छ । उनको कुरा सुनेर होटलका कर्मचारीहरु भावुक हुन्छन । अत्यन्त हार्दिकताका साथ उनको विदाई गर्दछन । ती ग्रामिण किसानको चेतना, मानव समुदाय र आगामी पुस्ता प्रतिको जिम्मेवारी र समाजप्रतिको जवाफदेही नेपाली समाजको लागि निकै अनुकरणीय छ । जातीय, क्षेत्रिय तथा लैगिक पक्षधरतामा वाच्न चाहने हामी नेपालीहरु ती माहान चिनीया किसानको अगाडी पुडको भएको अनुभव भएको छ । जालझेल तिकडम गरेर शरहर तीन चार आना जग्गामा घर वनाएर घरमालिक भएका र डाक्टर र नर्सलाइ कोठावाट निकाल्ने हाम्रा दाजुभाइहरु प्रति टिठ लागेको छ । महानगरका वासिन्दा भएर ग्रामिणवासीहरुलाई धाकलगाउनेहरुले डाक्टरको घर र संक्रमितलाइ गरेको व्यवहारलाइ त घृणा गर्न पनि लायक रहेनछ । यस्तो महामारीमा कृत्रिम अभाव सिर्जना गरेर महंगी सिर्जना गर्ने व्यापारी नै कोरोनाका नाजायज सन्तान जस्तो लागेको छ ।
जनवरी २ मा नानजीनको सुरक्षा चौकीमा एकजना मानिस पुलिस नजिकै गए । आफनो कारवाट एउटा वक्स निकालेर पुलिसलाइ दिदै भने यसमा मैले तपाइहरुको लागि टर्कीवाट केही मगाएको छु कृपया स्विारनुहोस न । जव पुलिसले वाक्स खोलेर हेर्छन वाक्स भरी एन ९५ माक्स देखेर भावुक हुदै सोध्छन सर तपाइको नाम के हो । जवाफमा उनि पुलिस तिर हेर्दै एकदम हार्दिकताका साथ भन्छन सर म एकजना चाइनिज हु मात्र चाइनिज । उनको कुरा सुनेर पुलिस भन्छन यस संकटको समाना गर्न तपाइहरुले देखाउनु भएको हार्दिकता एकनम अनुकरणीय छ हामी त्यसको उच्च प्रसंसा गर्न चाहान्छौ र चिनिया नागरीकलाइ हर संभव सेवा दिन्छौ । यहाँहरुको यो सदासयताको लागि हार्दिक धन्यवाद । नागरीक र पुलिसको यसप्रकारको सम्वन्ध र पुलिस प्रति नागरीकको अदभुत विश्वास नै चिनिया शान्ति र सुरक्षाको कडी हो । नेपालमा पनि प्रहरीहरु चौविसै घण्टा डिउटीमा हुन्छन तर नागरीकको विश्वास कति आर्जन गर्न सकेका छन र प्रहरीको सेवावाट नागरीक कतिको सन्तुष्टि छन भन्ने कुरा हाम्रो देशमा हुने विभिन्न घटनाहरुमा देख्न सकिन्छ । चीनको यस प्रकारको सिकाइवाट नेपालले पनि सिक्न सकेमा हाम्रो प्रहरी प्रशासन र नागरीक सम्वन्ध थप मजवुत हुन्छ ।
चाडको रौनक भए पनि बुहान वन्द थियो । प्राय सबै जसो रेष्टुरेन्टहरु वन्द थिए । स्वास्थ्यकर्मीहरुको लागि खानाको अभाव भैसकेको थियो । एउटा सानो पसल सधै व्यस्त हुन्थ्यो । यस पसलले दैनिक करिव एकहजार प्याकेट खाना तयार गरेर जीनयीनटान अस्पताललाई सेवा दिन्थ्यो । त्यहाँको खाना त उत्कृष्ट थियो र औसत १६ युवान पर्दथ्यो जुन त्यहाँको वजार भाउ भन्दा निकै सस्तो थियो । यो खाना कसरी यति सस्तोमा आपूर्ति गर्न सक्नु भयो भन्दा त्यस पसलकी साहुनीले टाउको कन्याउदै भन्नु भयो यहाँको खाना सस्तोमा आपुर्ति गर्न हामी घरका सवै सदस्यहरु खटेर काम गर्दछौ । हामी चारघण्टा भन्दा सुत्दैनौ । जव डक्टर र नर्सहरुले आफनो सवै समय हामीलाइ दिनु भाको छ भने हामीले पनि त केही गर्न पर्दैन र ? परेको वेलामा हामीले पनि आफनो कर्तव्य निर्वाह गर्न सक्नु पर्दछ । तर नेपालमा सामन्य तरकारी पसल देखी ठुला व्यपायरीले यसै अवधीलाइ कमाउने अवसर वनाएको देख्दा हाम्रो समाज कता जादैछ र हामी के कुरा प्राप्त गर्न चाही रहेका छौ भन्ने अनुमान गर्न गाह्रो छैन । सामन्य व्यवहार र आचरण शुद्धता ल्याउन सामन्य प्रयास पनि नगर्ने अनि सरकार, नेता, कर्मचारीलाइ दोष लगाएर सभ्य समाज निर्माण हुन सक्दछ ? यस्तो महामारीसँग लड्न सकिन्छ ?अलिकति पनि आफुलाइ सचेत भन्ने नागरीकहरुले के कति योगदान दिएका छौ भनेर आफैलाइ सोध्ने वेला आएको छ । जात, नातागोता, पैसा र लोभलालचमा आएर भोट हाल्ने अनि देश र समाजको लागि सिन्को नभाच्ने नागरीक देशको वरदान हुन सक्दैनन त्यसकारण हामीले आफुलाइ पनि सोध्न परेको छ मेरो उपस्थिती यो देशमा वरदान हो की अभिसाप ?
अर्को दिन सामानले भरीएको एउटा मालवहाक ट्क वुहानमा प्रवेशद्धारवाट भित्र छिर्छ । डिउटीमा भएकी एकजना युवती डइभरलाइ अभिववादन गर्दछिन र कार्ड दिदै भन्छिन । तपाइको कार्ड यहाँ छ । तपाइको कडा परिश्रमको लागि हार्दिक आभार । तपाइ वुहान आउनु भयो, । गाडी केही अगाडी गयो र ट्राफिक प्रहरीले पानीको प्याकेट उठाउदै भन्नु भयो सर वाटोमा तपाइलाइ पिउन केही पानी लिनुहोस । यी शब्दहरु अत्यन्तै सामन्य थिए तर यस्ता कुरा भईरहदा सवैका आँखा रसाएका थिए । यतिका समान लिएर आएका डाइभरलाइ ससम्मान विदाइ गरिएको थियो । देशको एक शहरमा समस्या परेको वेलामा अन्य शहरवाट स्वस्फुर्त रुपमा सहयोगहरु आदान प्रदान गर्ने संस्कारले समस्यासँग जुध्ने शक्ति प्राप्त हुन्छ र नागरीकहरुले नै समस्या सामाधान गर्न पहल लिन्छन । वास्तवमा पोखरा लगायतका केही शहरमा नागरीकहरुले स्वस्फुर्त रुपमा मजदुर र अलपत्र परेका व्यक्तिहरुलाइ खाना खुवाउने सकारात्मक प्रचलन शुरु भएको छ जुन सकारात्मक हो र यसरी देशै भरी एकता र सहकार्य फैलाउन सकेमा मात्रै हामीले पनि संकट सामाधान गर्न सक्दछौ ।
वसन्त ऋतुको चार्डको ढल्दो प्रहर, हेनान प्रान्तको सेन्जुका ४२ वर्षिय चाइना कम्युनिष्ट पार्टीका सचिव श्री वाँग गोही ५ टन तरकारी लिएर हुवो सेन सान अस्पताल निर्माण स्थलमा आए र निशुल्क सहयोग गरे । उनले १७ वर्ष वुहानमा शैनिक सेवामा भण्डार अधिकृतको रुपमा काम गरेका थिए । जव महामारीको खवर सुने उनको मनमा खानाको अवस्था के होला भन्ने प्रश्न आयो । त्यसकारण चार्ड पर्वको प्रवाह नगरी विहान ५ वजे नै उठेर गाउँका सवै घरमा ढोका ढकढक्याउदै तरकारी संकलन गर्ने अभियान चलाए । करिव २० जनाले उनलाइ साथ दिए र हतार हतार तरकारी तयार गरे र जम्मा ५ टन तरकारी जम्मा गरे । हतार हतार उनले टकमा तरकारी राखे र राती ८ वजे चाडको अघिल्लो दिन वुहान आइपुगे । उनी वुहानमा १९९८ को वाढी र २००८ को विदमा पनि अग्रपक्तिमा रहेर काम गरेका अनुभवी व्यक्ति थिए । जव उनले विपत्तिको वारेमा सुने यसमा पनि अग्रपत्तिमा नगइ उनलाइ चित्तै वुझेन । एकपटक सेनामा आउनु भनेको सेवा भए पनि नभए पनि सदैव नै देशको सेवाको लागि समर्पित हुनु हो भन्छन उनी ।
नेपालमा पनि ठुलो संख्यामा भुतपूर्व सेना, प्रहरी, राष्टसेवक कर्मचारीहरुको झुण्डनै छन तर उनीहरुको समाज प्रतिको योगदान कति गर्व गर्न लायक छ त्यो भने प्रश्नवाचक नै छ । अधिकाँश कर्मचारीहरु ३० वर्ष सेवा गरेको विभाग र निकायको आलोचना गर्नमै व्यस्त देखिन्छन । आफु सरकारी सेवामा रहदा चरम कुशासन दिने अनि सेवा निवृत्त भएपछि यस्तो गर्न पर्दछ र यस्तो हुनु पर्दछ भन्ने गरेको देखिन्छ । वस्तवमा नेपाली समाजमा निराशा र नकारत्मकता फैलाउन यो पंक्तिको निकै ठुलो योगदान देखिन्छ । सञ्चार माध्याममा विज्ञको रुपमा वोलाइएका यी भुतपूर्वहरुले अधिकाँश समय सरकारको आलोचना गरेर नै विताउदछन । यदि नेपालमा पनि चिनका वाँग गोही जस्तै सेवा निवृत्त कर्मचारीहरुको जमात हुने हो भने हाम्रो समाजले काँचुली फेर्न कति वेर लाग्छ र ?
जतिवेला चाइनामा महामारी फैलिरहेको थियो श्री चेन सेयुन नेपालको भ्रमणमा थिए । जव उनेले सुनीन की उनको शहरमा मास्कको अभाव छ तव औषधी कम्पनीहरुमा सम्पर्क गरेर ५८,००० मास्क किनीन । यो वास्तवमा नै निकै कोलाहलपुर्ण अवस्था थियो र उनले आफना कपडा र अन्य समानहरु छोडेर सुटकेसमा मास्क हालिन । धेरै मास्क ल्याउन सकियोस भनेर मास्को कार्टुन च्यातेर एक एक गरी सुटकेसमा हालिन । उनले नेपालवाट ४ सुटकेश मास्क लिएर आइन र डाक्टर तथा नर्सहरुलाई निशुल्क वाडिन । जव महामारी आउदछ त्यस्तो अवस्थामा मेरा व्यक्तिगत सामान भन्दा औषधी, उपकरणहरु र मास्क धेरै आवश्यक हुन्छन उने मास्क वितरण गर्दा मुस्कुराउदै भनिन ।
हाम्रो देश जहाँका डाक्टर तथा नर्सहरुले मास्क समेत नपाएर कोरोना जस्तो रोगको उपचार गरेका कथाहरु प्रशस्त सुन्न पाइएको थियो भने डाक्टर र नर्सको लागि ल्याइएका भनेका मास्कहरुपनि राजनीतिज्ञ र कर्मचारीहरुले आफु र आफना आफन्तलाइ वाडेको समाचारले हामीलाइ अवाक वनाएको थियो । वारम्वार प्रश्न आउदछ हाम्रा यस्तै सोच, आचरण र वानीव्यवहारले हामीले कोरोनालाइ प्रास्थ गर्न सक्छौ त ?
हेनानका टुरिस्ट गाइडले जव उहानको दयनीय अवस्थाको वारेमा सुने तव उहान सेफगाड स्वाड वनाए र थाइल्याण्डवाट ४० वाक्स सुरक्षा गाउन खरिद गरी उहान पठाए । यसले देखाउदछ चाइनामा भातृत्व, मानवत्व कति छ । यहा टोलै पिच्छे भएका मानवअधिकारको नाममा दलाली गर्ने संघ संस्थाहरुले संक्रमितहरु, चिकित्सक, प्रहरीहरु माथी भएका ज्यादतीका वारेमा न एक शब्द वोल्ने हिम्मत गर्दछन न त समाजमा व्याप्त भ्रष्टचार र ढिलासुस्तीको विरुद्ध आवाज उठाउदछन न त त्यस्ता किराहरुलाइ वहिष्कार गर्ने आन्दोलनको नेतृत्व नै गर्न सक्दछन । अनि कसरी समाज र देश उभो लाग्दछ ? के नागरीक समाजको दायित्व हुदैन ?
वसन्त क्रृतु चार्डको पाँचौ दिन, हेनास प्रान्तको लुयोगं मा भएको फर्निचर उद्योगले रु २०लाख युआन वरावरको मेडिकल क्याविनेटको अर्डर प्राप्त गर्यो । त्यस कम्पनीका मालिक श्री युआनले यो अर्डर हुवो सेन सान अस्पताल हुवानको लागि हो भन्ने तुरुन्तै पत्तालगाए । उनले तुरुन्त अर्डर लिए र निशुल्क ती सामनहरु उपलब्ध गराउने वाचा गरे । उनको उद्योगमा स्टोर अभाव भएको कारण उनले यो सन्देस उनको स्थानीय उद्योग संघको च्याट समुहमा पोस्ट गरे । जव उद्योग संघका सदस्यहरुले यो सन्देस देखे संघका सदस्य उद्योगीहरुले दान गर्न प्रतिस्पर्धा गरे र एक रातमा १४ वटा उद्योगहरुले सवै अर्डरहरु तयार गरे । जव सबै समानहरु तयार भए त्यही दिन सवै मेडिकल क्याविनेटहरु अस्पतालमा पुरयाइयो । यस संकटमा यी उद्योगीहरुको त्यो तात्पर्यताले चिनिया व्यापारिक समुहहरुको देश, नागरीक र समाज प्रतिको जिम्मेवारी र जवाफदेहीतालाई दर्शाउदछ । नेपालमा भने यस संकटको अवस्थामा नागरीकका जीवनसँग खेलवाड गर्ने निजी अस्पताल,मुनाफा कुम्लयाउन चाहने नीजि विद्यालय, नागरीकका स्वास्थ्य उपकरण खरिदमा भ्रष्टचारको र्याल काडने सरकारी कर्मचारी र त्यस्ता कर्मचारीहरुको सुरक्षा कवच वन्ने राजनीतिक पार्टीहरु, नागरीक समाज, सञ्चार जगतको कृयाकलापले गर्दा समाज असफलताको मार्गमा हिडेको प्रष्ट देखिन्छ । यसमा सरकार तथा गैरसरकारी क्षेत्रको सकारात्मक भुमिका कति हुदो रहेछ समाजको स्थायीत्व र संकटसँग जुध्न भन्ने प्रष्ट हुन्छ ।
हुनान प्रान्तको चान्देका हाओ जीन जो १९९० मा जन्मेका थिए उनले १८ हजार सर्जिकल मास्क दान गरे । उनले त्यो मास्क कसरी ल्याए र दान गरे भन्ने कथा पनि विचित्रको छ । गत वर्ष उनि एउटा सर्जिकल मास्क कम्पनिमा काम गर्दथे । जव त्यस कम्पनीको उत्पादन र व्यापार मन्दि भयो तव कम्पनीले ज्याला वापत उनलाई २० हजार युआन वरावरको मास्क दियो । जव जीनले चार्ड पर्वको वेलामा मास्को अभाव भएको थाहा पाए तव उनले मास्कको आवश्यक भएका व्यक्तिहरुलाइ ती मास्कहरु निशुल्क वाँडे । जव कम्युनिष्ट पार्टीका गाउँ कमिटीका सचिवले उनलाइ पैसा दिन चाहे उनले भने देश संकटमा भएको वेलामा म पैसा लिन सक्दिन । यो नै मैले देश प्रति गर्न सक्ने कर्तव्य हो भने । घर परिवारमा पैसाको अभाव हुदा हुदै पनि उनले संकटको वेला देखाएको यो उदारताले धेरै चिनिया युवाहरुको मन जितेको छ । शायद शक्ति र पदको आडमा सरकारी तथा सार्वजानीक सम्पत्तिहरुका व्रहमलुट मच्च्चाउन पल्केका हाम्रादेशका व्वासाहरुलाइ यस प्रकारको कथाले नछोए पनि अधिकाँश मेहेनेती र राष्टवादी युवाहरुलाइ पक्कै पनि यस्ता कथाहरुले उत्प्रेरणा दिने नै छ ।
पहिलो वृद्ध जन अस्पताल को उप प्रमुख ज्याग मिन महामारी क्षेत्रमा जानको लागि घर छोडनै लाग्दा उनकी छोरीले आँखा भरी आँसुलिदै कस्सेर अगालो मार्दै नजानोस न आमा भनेर रुदै थिइन तर मिनेले छोरीको आँसु पुछदै आमा दैत्यसँग लडन जादैछु म दैत्यलाइ हराएर छिटै आउछु तिमी नरोइ वस ल भनेर सँझाउदै थिइन । धेरै गाउँहरुमा नर्सहरु र डाक्टरका घरहरुमा यस्ता दृश्यहरु देख्न सकिन्थ्यो । जनता र देशप्रति अत्यन्त संवेदनशिल नर्स र डाक्टरहरुले आफनो स्वास्थ्यको प्रवाह नगरी नागरीकको उपचारमा दिनरात लागि रहे भने चिनीया नागरीकहरुले उनिहरुको उच्च सम्मानका साथ प्रसंशा गरिरहे । नेपालमा पनि सरकारी अस्पतालमा नर्स र डाक्टले देखाएको सेवा भाव उच्च प्रसंसा लायक छ भने यस संकटमा नीजि अस्पताल, ती अस्पतालका मालिकहरुले खेलेको भुमिका आगामी पुस्ताहरुले समेत घृणा गर्न लायक छन भने त्यस्ता अस्पतालका सञ्चालकहरुलाई हरप्रकारका गतिविधीहरुमा सामाजिक वहिष्कार गर्न लायक छन ।
सारा शहर वसन्त क्रृतुको चाड मनाइरहेको थियो संघाइ जनअस्पताल श्वास प्रश्वास विभागका डाक्टरले दुइवटा खानाको अर्डर गरे । महामारीको अवस्थालाई ध्यानमा राख्दै डाक्टरले डेलिभरी दिने व्यक्तिलाइ सचेत गराउदै भने यदि तपाइलाइ अस्पतालको वातावरण सँग डर लाग्दछ भने कृपया वाटोको पल्लोपट्टी ल्याएर छोडी दिनु होला म त्यहावाट खाना लिएर आउछु भने । यसको आधा घ०टा पछि डाक्टरको क्याविनमा २ वटा अतिरिक्त खाना सहित एक नोटमा लेखिएको थियो डाक्टर साहेव दिन लामो तपाइलाइ भोक लाग्न सक्दछ त्यसकारण एउटा भेज र एक ननभेज खाना हाम्रो तर्फवाट पठाएका छौ कृपया स्विकार्नु होला । यहालाइ चार्डको शुभकामना । जव डाक्टले यो देखे उनी निकै भावुक भए र रेष्टुरेन्टको यो सदायसयतालाइ स्विकार गर्दै सामाजिक सञ्जालमा उच्च सम्मानका साथ पोस्ट गरे । यो पोस्ट देखे पछि एकजना पत्रकार त्यो रेष्टुरेन्ट खोज्दै रेष्टुरेन्टमा पुगेर रेष्टुरेन्टको मालिकलाइ सोध्दछन । जवमालिकको जवाफ सुन्दछन पत्रकार पनि भावविहोल हुदै भन्दछन सर मेरे लिस्टको सवै भन्दा माथी अव तपाईको रेष्टुरेन्ट रहन्छ । तपाइजस्ता व्यवसायी प्रति हर चिनियाले गर्व गर्न सक्दछन । ती व्यापारीले पत्रकालाइ के भनेका थिए भने हामी सवै चाड मनाइरहेका छौ तर डाक्टरसाहेव हाम्रो सुरक्षाको लागि खटिरहनु भएको छ । यस्तो अवस्थामा २ वटा खाना अफर गर्नु त मामुली कुरा होइन र ? उनको यस भनाइले उनलाइ आत्म भएको व्यापारी भन्न सकिन्छ ।
मित्र चागले पठाएक यी कथामा नागरीकहरुको स्वस्फूर्तता देख्न सकिन्छ । यी कुनै पनि कथाहरुमा कोरोनाको उपचारको औषधी छैन तर यी यस्ता कथाहरु हुन जसले कोरोना भन्दा निकै शक्तिशाली रोगहरुलाइ पनि परास्त गर्न सक्ने मनोवल, भावना र आत्मविश्वास पैदा गर्दछ । यी कुनै पनि कुरा नेपाली समाजले गर्न नसक्ने होइनन तर नेपाली समाज यो गर्न चाहदैन । चीनमा पनि यो सँस्कार एकै रातमा विकास भएको होइन त्यहाँ लामो समय सम्म कम्युनिष्ट पार्टीले नयाँ सँस्कार गर्न गरेको लगानीको प्रतिफल हो । हामीले रातारात नयाँ सँस्कार निर्माण गर्न त सक्दैनौ तर नेकपा, नेका, सजपा, विवेकशिल, साझा पार्टीहरु लगायतका राजनीति पार्टीहरुले सामाजीक सँस्कार निर्माण गर्न लगानी गर्यौ भने हामीले पनि चिनमा जस्तै सबै प्रकारका संकटहरुसँग जुधेर नयाँ समाज निर्माण गर्न सक्दछौ तर के हाम्रा राजनीतिक पार्टीहरु र तीनका नेता तथा कार्यकर्ताहरुमा त्यो हिम्मत र चाहना छ होला ?
लेखक, शहरी योजना आयोग पोखरा महानगरपालिकाका उपाध्यक्ष हुनुहुन्छ ।