भदौ १३, झापा ।।
झापाका १९ सहित नेपालमा शनिबार ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ ।
झापामा शनिबार दमक नगरपालिकामा १६ र झापा गाउँपालिकामा ३ जना रहनु भएको स्वास्थ्य कार्यालय झापा श्रोतले जानकारी दिएको छ ।
शनिबार १९ जनामा थप संक्रमण देखिदा झापामा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । जसमा ४१५ जना निको भएर घर फर्कदा १३३ जना आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय श्रोतले जनाएको छ ।
प्रदेश नं १ मा आज झापाका १९ सहित मोरङ ३१, सुनसरी २४, इलाम १, धनकुटा ९, संखुवासभा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ११ हजार ५१६ वटा पीसीआर परीक्षण हुँदा नेपालमा कुल पीसीआर परीक्षणको संख्या ६ लाख ६९ हजार ६२६ पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले मिडिया ब्रिफींगमार्फत बताउनु भएको छ ।
आज थप ३१३ जना निको भएर डिस्चार्ज हुँदा हाल सम्म नेपालमा निको भएर घर फर्कनेको संख्या २० हजार ५५५ पुगेको छ ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको रुपमा आइसोलेशनमा रहनेको संख्या १६ हजार ५७८ जना रहँदा क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ३५ रहेको मन्त्रालयले जनाएको छ ।
आज थप १२ जनाले ज्यान गुमाए
नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको ज्यान गएको छ । ३ महिला र ९ पुरुष सहित १२ जनाले कोरोनाको संक्रमणका कारण ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या २०७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।