काकरभिट्टा, भदौ ६ ।
रेडियो साथीले आयोजना गरेको तीज बुहारी एकल नृत्य प्रतियोगिता २०७७ को उपाधी मेचीनगर ६ की निरु खवासले जित्नु भएको छ ।
शनिबार जुम लाइभमार्फत गरिएको विजेता घोषणा तथा अन्तक्रिया समारोहमा प्रतियोगिताका मुख्य निर्णायक नृत्य कलाकार संघ झापाका निबर्तमान अध्यक्ष एलसि श्रेष्ठले भिडियोमार्फत प्रतियोगिताका २५ प्रतिस्पर्धीहरुलाई पछि पार्दै खवास प्रथम हुनु भएको घोषणा गर्नु भयो ।
प्रतियोगितामा मेचीनगर ६ की स्मारिका बञ्जारा ओली दोस्रो तथा मेचीनगर ३ की मनिका भण्डारी तृतीय हुनु भएको छ । प्रतियोगातमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश नगद रु ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्नु भएको छ । साथै प्रतियोगितामा सहभागी सबैले सहभागीताको प्रमाण पत्र प्राप्त गर्ने छन् ।
समारोहकी प्रमुख अतिथि प्रदेश नं १ की सामाजिक विकास राज्य मन्त्री माननीय जसमाया गजमेरले कोरोना कहरका बिच सांस्कृतिक पर्वको संरक्षण गर्दै प्रतियोगिताको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्दै बुहारीहरु बिचमा गरिएको प्रतियोगिताले सबैको प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेमा रेडियो साथीलाई आभार प्रकट गर्नु भयो । राज्यमन्त्री गजमेरले सबै महिलाहरुले खुसीले तीज मनाउने अवस्था नभएको प्रति लक्षीत गर्दै सबै महिलालाई खुसीले चार्ड पर्व मनाउन सक्ने बनाउने तर्फ प्रदेश सरकारको ध्यानाकर्षण भएको बताउनु भयो ।
त्यस्तै समारोहकी बिशेष अतिथि मेचीनगर उपप्रमुख मिना पोख्रेल उप्रेतीले तीजको अवसर पारेर हरेक बर्ष रेडियोले आयोजना गर्ने गरेको प्रतियोगिताले यस स्थानमा रहेका पिछडीएका महिला एवं आमा दिदी बहिनीहरुमा खुशी भर्ने काम गरेको बताउनु भयो । उपप्रमुख उप्रेतीले कोरोना महामारीका बेला नेपाल सरकारको मापदण्ड र आचारसंहिता भित्र रही कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
समारोहमा प्रमुख अतिथि राज्य मन्त्री गजमेर, बिशेष अतिथि मेचीनगर उपप्रमुख उप्रेती, सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेनुका डाँगी, मेचीनगर लेडि जेसिज अध्यक्ष तुलसा दंगाल,सञ्चारकर्मी भूमिका सुब्बा सहित प्रतियोगितामा सहभागिहरुका तर्फबाट समेत केही सहभागिहरुले आफ्नो तीजको अनुभव सुनाउनु भएको थियो ।
कार्यक्रमकी सभापति रेडियो साथीका अध्यक्ष पुनम प्रधानले कार्यक्रममा सहभागि सबैलाई मन्तब्य मार्फत स्वागत गर्नु भएको थियो भने रेडियो साथीकी उपाध्यक्ष संगिता थापाले सहभागीहरु सबैमा धन्यवाद मन्तब्य राख्नु भएको थियो । विजेता घोषणा समारोहको सञ्चालन रेडियोका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले गर्नु भएको थियो ।
तीजको अवसर पारेर रेडियो साथीले कोरोना महामारीका कारण डिजिटल माध्यमबाट नृत्य प्रतियोगिताको आयोजना गरेको थियो ।
विवाहित महिलाहरुले मात्रै सहभागिता जनाउन पाउने प्रतियोगितालाई, पौडेल किराना पसल धुलावारी, सेल्लो सनफ्लावर तेल, दुर्गा मसला र मेचीनगर साकोस धुलावारीले सहयोग गरेका थिए ।