काकरभिट्टा, कार्तिक १३ ।
झापाको मेचीनगर नगरपालिका कार्यालयका कर्मचारीले खाएको ग्रेडका सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र नै लेखेर समायोजन ऐन बमोजिम गर्न निर्देशन दिएको छ ।
कार्तिक ४ गतेको सचिवस्तरिय निर्णय अनुसार मेचीनगर नगरपालिकाका नाममा समायोजन भएका कर्मचारीहरुको तलब भत्ता सम्बन्धमा पत्र मार्फत निर्देशन दिएको हो ।
मन्त्रालयले कार्तिक ५ गते मेचीनगरका नगरपालिकाका नाममा लेखेको पत्रमा भनिएको छ,‘तलब बृद्धि (ग्रेड) सम्बन्धमा कर्मचारी समायोजन ऐन २०७५ को दफा ७ को उप दफा (४),(५),(६),(७) र (८) मा स्पष्ट ब्यवस्था भएको हुँदा सो अनुसार गर्नु हुन ।’
मन्त्रालयले तोकेको कार्मचारी समायोजन ऐन २०७५ को दफा ७ को उप दफा (४),(५), (६),(७) र (८) मा मा सरकारी सेवामा रहेका कर्मचारीहरुको समायोजन भइ नयाँ कायम भएको कुन तहमा कति ग्रेड खाने भन्ने बिषयमा स्पष्ट ब्याख्या गरिएको छ ।
यस अघि मेचीनगर नगरपालिकाका कार्मचारीहरुले खाएको ग्रेडका सम्बन्धमा बिवाद उत्पन्न भए पछि नगरपालिकाले २०७७/०६/०८ गते ग्रेड र तलबी प्रतिवेदन पारितका सम्बन्धमा के गर्ने भनि मन्त्रालयमा लेखि पठाएको मन्त्रालयको पत्रमा उल्लेख छ ।
मेचीनगर नगरपालिकाले आफ्ना कर्मचारीहरुको ग्रेड र तलब मन्त्रालयको पत्र आउनु भन्दा अगाडी देखि नै समायोजन ऐन अनुसार नै बितरण भएको मेचीनगरका लेखा अधिकृत पदम कार्कीले बताउनु भयो ।
मेचीनगरका कर्मचारीहरुले खाएको ग्रेडका सम्बन्धमा बिवाद उत्पन्न भए पछि समायोजन ऐन अनुसार ग्रेड बितरण नभएको भन्दै बरिष्ठताको बिषयलाई लिएर उच्च अदालत इलाम इजलासमा मुद्धा समेत चलिरहेको नगरपालिका स्रोतले बताएको छ ।
मेचीनगरमा कर्मचारीको ग्रेडको विवाद