काठमाडौँ । नेकपाको कर्णाली प्रदेशको विवाद समाधानका लागि २ अध्यक्षबीच सहमति भएको भनिए पनि दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फरकफरक निर्देशन कणर्ालीमा पठाएको पाइएको छ ।
ओलीको ५ कात्तिक र प्रचण्डको ७ कात्तिकको मितिमा जारी पत्र सार्वजनिक भएपछि यस्तो थाहा भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई लेखेको पत्रमा निवर्तमान मुख्य सचेतक गुलाबजंग शाहलाई जिम्मेवारीमा स्थापित गर्न निर्देशन दिनुभएको छ ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री शाहीले शाहलाई कारबाही गरेर सीता नेपालीलाई प्रमुख सचेतक बनाउनुभएको छ । प्रचण्डले लेखेको पत्रमा आफू र ओलीबीच ४ कात्तिकमा भएको सहमति लागू गर्न प्रदेश इन्चार्जलाई निर्देशन दिइएको छ ।
प्रचण्डले लेखेको पत्रमा भनिएको छ, ‘दुई अध्यक्षहरुबीच कार्तिक ८ मा भएको भेटघाटमा कणर्ाली प्रदेशको विषयमा छलफल भई अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको छ ।
यो समझ्दारी र हाम्रो दलको प्रदेश सभा सदस्यहरुको भावना र मर्मअनुसार कार्यान्वयन गर्न निर्देशन दिन्छु ।’
यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पेस भएको अविश्वासको प्रस्ताव नेकपाबाट बहुमतले अस्वीकृत भएको छ ।
प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा हिजो बसेको बैठकमा १८ जना सांसद उपस्थित थिए । बैठकमा पूर्वमाओवादी पक्षका ११ जना र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका ८ जना उपस्थित थिए ।
अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहका यमलाल कँडेल सहित ११ जना र पूर्वमाओवादी समूहका सांसदहरु धर्मराज रेग्मी र पुष्पा घर्ती भने बैठकमा अनुपस्थित रहनुभयो ।
हिजोको बैठकले दफा २४ को ४ बमोजिम बहुमतको आधारमा निणर्य गरेको प्रमुख सचेतक नेपालीले बताउनु भयो । ४० सदस्यीय कणर्ाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन् ।
सांसद यामलाल कँडेलको अगुवाइमा असोज २५ गते १८ जना सांसदले शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये ९ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएपछि प्रस्ताव अल्पमतमा परेको थियो ।
cinkhabar बाट ।