धुलाबारी, चैत २८ । झापाकाे मेचीनगर नगरपालिकाका एक वडा अध्यक्ष र एक जना कर्मचारीमाथी सहकारीकाे रकम अपचलन गरेकाे आराेप लागेकाे छ ।
मेचीनगर-९ मा रहेकाे मागुरमाडी बचत तथा ऋण सहकारी संस्थाकाे रकम अपचलनमा मेचीनगर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष कञ्चन तामाङ र नगरकाे घरनक्सा शाखामा कार्यरत कर्मचारी सञ्जय ढुंगानाकाे नाम जाेडिएकाे छ ।
ढु्ंगाना संस्थापक अध्यक्ष र वडा अध्यक्ष तामाङ संस्थापक उपाध्यक्ष तथा दाेस्राे अध्यक्ष रहेकाे मागुरमाडी बचत तथा ऋण सहकारी संस्थाले ढुंगाना र तामाङ अध्यक्ष रहेकै कार्यकालमा बचत गरेकाे सदस्यकाे करीब २५ लाख रकम फिर्ता गरेकाे छैन भने त्यसबेला दिएकाे ऋणकाे हिसाब पनि नमिलाएकाे बचतकर्ताहरूले गुनासाे गरेका छन ।
२०६८ सालदेखि सञ्चालनमा आएकाे मागुरमाडी सहकारी संस्थाका बचतकर्ताहरूले बुधवार पत्रकार सम्मेलन नै गरेर आफुहरूकाे बचत रकम फिर्ता गरिदिन सबैमा आग्रह गरे पछि मागुरमाडी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेकाे रकम अपचलन भएकाे बिषय सार्वजनिक भएकाे हाे । गाउँमा दुख गरेर थाेरै थाेरै गर्दै बचत गरेकाे रकम लामाे समयसम्म पनि फिर्ता नभए पछि पत्रकार सम्मेलन गर्नु परेकाे बचतकर्ता सन्त तामाङले बताउनु भयाे । `दुइ बर्षभन्दा बढी भयाे बचत गरेकाे रकम फिर्ता गर्दैनन,´ बचतकर्ता तामाङले भन्नुभयाे, `समितिका मान्छेले दिन्छु दिन्छु भन्दै ढाँटिरहेका छन।
गाउँका धेरै मान्छेकाे बचत फिर्ता गर्न पटक पटक वडा कार्यालय, नगरपालिकाकाे कार्यालय धाउँदा पनि पैसा नपाएकाे तामाङले गुनासाे गर्नु भयाे । नगरपालिका जाँदा सहकारीका पुर्व अध्यक्ष समेत रहनु भएका मेचीनगर-९ का वडा अध्यक्ष कञ्चन तामाङले वडामा नै मिलाउँछु भनेर आफुहरूलाई बाेलाएकाे भए पनि वडा कार्यालयमा जाँदा वडा अध्यक्ष तामाङले कुरै सुन्न नमानेकाे वचतकर्ता सन्त तामाङले गुनासाे पाेख्नु भयाे । `वडा अध्यक्ष आफैं सहकारीकाे पुर्व अध्यक्ष हुनुहुन्छ,´ सन्त तामाङले भन्नुभयाे, `उहाँहरूले नै सहकारी सुरू गर्दा हामीले रकम जम्मा गर्न थालेका हाैं तर अहिले हाम्राे पैसा माग्दा वडा अध्यक्षले कुरै सुन्न मान्नु हुन्न ।´
`हामीले सहकारीमा पैसा राख्दा अध्यक्ष सञ्जय ढुंगाना र उपाध्यक्ष कञ्चन तामाङ थिए,´ अर्का बचतकर्ता गिता तामाङले भन्नुभयाे, अहिले पैसा माग्न जाँदा लगानी भएकाे छ उठाएर दिन्छाैं भन्नु हुन्छ तर धेरै समय भयाे पैसा पाएका छैनाैं । बम बहादुर बेघा अध्यक्ष भएकाे बेला पैसा माग्न जाँदा उहाँले मलाई केही थाहा छैन, सबै कुरा कञ्चन तामाङ र सञ्जय ढुंगानालाई थाहा छ, पैसा पनि उनीहरूसंगै माग्नु भन्ने जवाफ दिएकाे पीडित बचतकर्ता गिता तामाङले सुनाउनु भयाे ।
गिताले बचत गरेकाे साँवा रकम २ लाख ३४ हजार रहेकाे बताउनु भयाे । उहाँका अनुसार आराेही तामाङकाे ३ लाख ४५ हजार, कल्पना राईकाे २ लाख ६८ हजार, मनमाया लिम्बुकाे २ लाख २५ हजार रकम बचत रहेकाे छ । त्यसदेखि बाहेक पनि थुप्रै बचतकर्ताकाे करीब २५ लाख रकम सहकारीले फिर्ता नगरेकाे गिता तामाङले बताउनु भयाे ।
पत्रकार सम्मेलनमा मागुरमाडी सहकारीका बचतकर्ताहरू ।
ढुंगाना र तामाङ सहकारीकाे अध्यक्ष भएकै अवधीकाे काराेबार अहिले समस्याकाे रूपमा बाहिर आएकाे संस्थाका वर्तमान अध्यक्ष दुर्गा आचार्यले बताउनु भयाे । `म २०७९ मंसिरमा अध्यक्ष भएकाे हुँ,´ आचार्यले भन्नुभयाे, `सहकारीमा समस्या आए पछि मलाई जबरजस्ती अध्यक्ष बनाएकाे पछि थाहा पाएं ।´ १० हजार तिरेर संस्थापक शेयर सदस्य भए पनि अध्यक्ष हुनु भन्दा अघि कहिले पनि सहकारीमा नगएकाे आचार्यले बताउनु भयाे । `अध्यक्ष बस्दिन भन्दा पनि कञ्चन तामाङ, सञ्जय ढुंगानाहरूले हामी सहयाेग गर्छाैं भनेर कर लगाए पछि अध्यक्षमा बसें,´ आचार्यले भन्नुभयाे, `अध्यक्ष भएकाे एक महिनादेखि नै पैसा माग्न घरमा मान्छे आउन थाले पछि सहकारी समस्यामा रहेकाे मैले थाहा पाएकाे हाे ।´
आफु अध्यक्ष भए पछि एक रूपैया पनि लगानी नगरेकाे र बचत पनि संकलन नगरेकाे आचार्यले दाबी गर्नु भयाे । उहाँका अनुसार तत्कालिन व्यवस्थापक कुमार तामाङकाे नाममा मात्र ३२ लाख बेरूजु थियाे । जग्गा बेचेर भए पनि कुमार तामाङबाट आफुले १६ लाख असुली गरेकाे आचार्यले बताउनु भयाे । कुमार तामाङकाे अझै १६ लाख बेरूजु असुल गर्न बाँकी रहेकाे आचार्यले बताउनु भयाे । ब्यवस्थापक तामाङकाे ३२ लाख बेरूजु देखिउन्जेल पुर्व अध्यक्षहरू सञ्जय ढुंगाना र कञ्चन तामाङले के हेरेर बस्नु भयाे मलाई अचम्म लागेकाे छ, आचार्यले भन्नुभयाे, `उहाँहरू भएकै बेला तत्कालिन ब्यवस्थापक तामाङले पैसा चलाएकाे हाे । त्यसैले बचतकर्ताकाे रकम फिर्ता दिन सकिएन र संस्था समस्यामा परेकाे हाे ।´ अध्यक्ष आचार्यका अनुसार ६/७ महिनादेखि सहकारीकाे कार्यालय बन्द छ । साधारण सभा गर्न भने एक दुई पटक कार्यालय खाेलेकाे अध्यक्ष आचार्यले बताउनु भयाे ।
आचार्यभन्दा अघिका अध्यक्ष बम बहादुर बेघाले व्यवस्थापक तामाङकाे ३२ लाख बेरूजु देखिए पछि तामाङकाे नामकाे एक कठ्ठा जग्गा सहकारी संस्थाकाे नाममा पास गराउनु भएकाे थियाे । आचार्य अध्यक्ष भए पछि साेही जग्गा १६ लाखमा बिक्रि गरेर दामासाहिले अलि अलि रकम बचतकर्ताकाे फिर्ता गरेकाे अध्यक्ष आचार्यले बताउनु भयाे ।` जग्गा किन्ने मान्छेकै ११ लाख रकम सहकारीले फिर्ता गर्नु पर्ने रैछ,´ आचार्यले भन्नुभयाे, `त्याे फिर्ता गरेर बाँकी रहेकाे रकम अलि अलि मिलाएर बचतकर्ताकाे फिर्ता गरियाे ।´
सहकारीबाट ऋण लगेकाहरूबाट पनि केही रकम उठाएर बचतकर्ताकाे रकम फिर्ता गरेकाे अध्यक्ष आचार्यले बताउनु भयाे । `म अध्यक्ष भए पछि लगानी र बचत संकलन गरिएन,´ उहाँले भन्नुभयाे, `जग्गा बिक्रि र केही ऋण असुली गरेर भए पनि १८/१९ लाख रूपैया बचतकर्ताकाे फिर्ता गरेका छाैं ।´ अहिले ऋण लिएकाहरूले समेत रकम तिर्न नमानेकाे अध्यक्ष आचार्यले बताउनु भयाे ।
सहकारीमा अहिले देखिएकाे समस्याका बारेमा आफुलाई केही थाहा नभएकाे मागुरमाडी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी सञ्जय ढुंगानाले बताउनु भयाे । `मलाई केही थाहा छैन, याे बिषय कञ्चन तामाङलाई साेध्नु,´ `ढुंगानाले भन्नुभयाे, मेराे कार्यकालमा सहकारी संस्था ३ लाख नाफामा भएकाे लेखा प्ररीक्षण प्रतिवेदनले देखाएकाे थियाे ।´ अहिलेकाे बिषयमा सबै कुरा कञ्चन तामाङ र त्यस पछिका अध्यक्ष बम बहादुर बेघा र दुर्गा आचार्यलाई थाहा भएकाे ढुंगानाकाे भनाई छ ।
यस बिषयमा कुरा गर्दा सहकारी संस्थाका पुर्व अध्यक्ष तथा मेचीनगर ९ का वडाअध्यक्ष कञ्चन तामाङले सहकारीबाट ऋण लगेकाहरूबाट रकम उठाउने बिषयलाई प्राथमिकतामा राखेर बचतकर्ताकाे रकम फिर्ता गर्ने काममा लागिरहेकाे बताउनु भयाे । `सहकारीकाे रकम ऋण लगानीमा छ, ´ वडाअध्यक्ष तामाङले भन्नुभयाे, `गाउँठाउँकै ऋणी छन, उठाएर बचत फिर्ता गर्ने बिषयमा छलफल गरिरहेका छाैं ।´
अहिले पनि १६ लाख बेरूजु रहेका भनिएका तत्कालिन व्यवस्थापक कुमार तामाङ भने दुई महिना अघि बैदेशिक राेजगारीमा गएकाे बुझिएकाे छ ।