काकरभिट्टा, चैत २४ । झापाकाे काकरभिट्टास्थीत अरूणाेदय माद्यमिक विद्यालयले चैत २६ र २७ गते अरूणाेदय उत्सवकाे आयाेजना गर्ने भएकाे विद्यालयका अध्यक्ष भगिरथ राईले बताउनु भयाे ।
उत्सवका बारेमा जानकारी दिने उद्देश्यले आज आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष राईले भन्नुभयाे, `महाेत्सवमा सबै प्रस्तुति विद्यार्थीहरूकै हुन्छ ।´ किताबमा अध्ययन गरेकाे विषयलाई व्यवहारिक रूपमा नै सिकाउन याे उत्सव आयाेजना गरियाेकाे अध्यक्ष राईले बताउनु भयाे ।
अभिभावकहरूकाे समेत सहभागिता रहने उत्सवमा पहिलाे दिन चैत २६ गते कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीकाे प्रस्तुती र दाेस्राे दिन चैत २७ गते कक्षा ६ देखि १० कक्षाका विद्यार्थीकाे प्रस्तुती रहने विद्यालयका प्रिन्सिपल दुर्गा बहादुर लुइटेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।
उत्सवमा अभिभावकहरूकाे नृत्य प्रतिगाेगिता, पुस्तक प्रदर्शनी तथा विक्रि, विद्यार्थीहरूले बनाएका चित्रकला, हस्तकला प्रस्तुति, दैनिक खाद्यन्नलाई विद्यार्थीद्वारा प्रदर्शनी र विक्रि, विद्यार्थीकाे आँखा र दाँत परीक्षण, रमाइलाे खेलकुदसंगै राई, नेवारी, आर्यन, राजबंशी, शेर्पा, तामाङ र मगर समुदायकाे खाना विद्यार्थीहरूले नै बनाएर प्रदर्शनी तथा बिक्रि गर्ने प्रिन्सिपल लुइटेंलले बताउनु ।
उत्सवका लागि विद्यार्थीहरूले १३ वटा स्टल तयार गर्ने प्राथमिक तह इन्चार्ज नेहा रेग्मीले बताउनु भयाे ।
त्यस्तै विद्यार्थीहरूले विभिन्न पुस्तक पढेर त्यस पुस्तकका बारेमा विद्यार्थीले आफ्नाे धारणा समेत कार्यक्रम रहेकाे प्रिन्सिपल लुइटेलले बताउनु भयाे ।
उत्सव अवधीभर ४ सय विद्यार्थी, ४ सय अभिभावक र अन्य अतिथिहरू दुईसय गरी करीब एक हजार मानिसकाे जमघट हुने अध्यक्ष राईले बताउनु भयाे । उत्सव मेचीनगर-६ काकरभिट्टास्थीत अरूणाेदय माविकाे परिषरमा नै सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराईयाे ।