माइजोगमाइ, इलाम, कार्तिक ६ ।
प्रदेश १ सरकारका भुमि ब्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले विश्वमा नै दुर्लभ मानिएको केशर खेतीको बिस्तारका लालि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनु भयो ।
इलाम जिल्लाको माइजोगमाइ गाउँपालिकाको थुम्केमा गरिएको केशर खेतिको अवलोन र केशर टिप्ने कार्यक्रममा सहभागि हुँदै राज्यमन्त्री रानाले इलामका बिभिन्न क्षेत्रमा हुन सक्ने केशरको उपयोगिताको बारेमा थाहा पाए पछि आफुले यसको खेती बिस्तारमा सहयोग पर्याउने योजना बनाएको बताउनु भयो ।
राज्यमन्त्री रानाले भन्नु भयो,‘केशर बहुमुल्य मात्रै नभएर बहुउपयोगी पनि रैछ त्यसैले यस्ता जडिबटुजन्य बनस्पतीको खेतीलाई स्थानीय युवाहरुलाइ स्वारोजगारमा जोड्न पनि बिस्तार गर्नु पर्छ ।’
सेफ्रोन मल्टी एग्रीकल्चर प्रोडक्सन प्रालिले भारतको कश्मीरबाट बीउ ल्याएर गतबर्षदेखि इलामको माइजोगमाइको थुम्के र सन्दकपुर गाउँपालिकाको जौबारीमा केशर खेती शुरु गरेको छ ।
केशर खेती मार्फत नेपालको पर्यटन ब्यवशाय प्रबद्र्धन गर्ने योजना रहेको केशर खेतीका अगुवा बिर बहादुर कटुवालले बताउनु भयो । कम्पनीका अध्यक्ष समेत रहनु भएका कटुवालले भन्नु भयो,‘हामीले केशर खेती पैसा ब्यवशायका रुपमा मात्रै लगाएको होइन यसले इलाम जिल्ला कै पर्यटन क्षेत्रलाई नयाँ परिचय दिलाउन पनि यसमा लागेका छौं ।’
विश्व बजारमा करीब १० लाख रुपैया किलो पर्ने केशर समुन्द्र सतभन्दा दुई हजार माथी माथीको क्षेत्रमा खेती गर्न सकिने कम्पनीका उपाध्यक्ष शंकर भट्टराईले बताउनु भयो ।
केशरको रेसा टिप्ने कार्यक्रममा प्रदेश सांसद खिन लुम्बा, इलामका प्रमुख जिल्ला अधिकारी तुरशीराम सेढेइ, माइजोगमाइ गाउँपालिकाका अध्यक्ष जित बहादुर राइ लगायतले केशर खेतीलाई ब्यवशायीक रुपमा बिस्तार गरी यसबाट स्थानीय युवाहरुमा स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका थिए ।
कम्पनीका सचिब टुण्डु शेर्पाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रम पछि राज्यमन्त्री सहित सबै अतिथिहरुले त्यस क्षेत्रमा लगाइएको दुवै ठाउँको केसर खेती अवलोकन गरिएको थियो ।