फागुन १३,झापा । झापाकाेकाकरभिट्टामा बुधवारदेखि कला साहित्य उत्सव सुरू हुदैंछ । रिडर्स झापाकाे आयाेजनामा तीन दिनसम्म चल्ने उत्सव पर्यावरण विमर्शका रूपमा आयाेजना गर्न लागिएकाे रिडर्स झापाका अध्यक्ष शैलेश दाहालले बताउनु भयाे ।
उत्सवकाे अवधीमा विभिन्न विषयका विज्ञहरूकाेबीचकाे छलफल र सम्भाषण तथा चित्रकला, फाेटाे प्रदर्शनी, नाटक प्रस्तुती रहने अध्यक्ष दाहालले जानकारी दिनु भयाे ।फागुन १४ गते पहिलाे दिन वातावरणविद डाक्टर उत्तमबाबु श्रेष्ठकाे सम्भाषण रहने छ । उहाँले ‘पर्यावरणीय सङ्कट र नेपाल’ बिषयमा प्रस्तुति दिनुहुनेछ ।
उत्सवमा वक्ताका रूपमा भारतका चर्चित अभियन्ता साेनाम वाङचुक पनि सहभागि हुने कार्यक्रम संयाेजक सागर शिवाकाेटीले जानकारी दिनु भयाे । त्यस्तै भारतिय वातावरणविद देबल देबले पर्यावरण ः चिन्तनको मियो बिषयमा सम्भाषण राख्नु हुनेछ ।
त्यसपछि प्यानल डिस्कसन राखिएको छ । कञ्चनजंघा टु बे अफ बंगाल शिर्षकमा जेथा सांकृत्यायन,मायलमित लेप्चा र रमेश भुसाल बिच प्यानल डिस्कसन हुने अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
त्यस्तै संरक्षण कसले ? सरकार कि समुदाय ? बिषयको छलफलमा राम कार्की, विरेन्द्र महत्तो,नन्दादेवी कुँवर तथा आरके अदिप्त गिरी सहभागी हुनुहुनेछ । साहित्यमा मान्छेको आधिपत्य शिर्षकमा हुने छलफलमा अर्चना थापा, छुदेन काबिमो,बसन्त बस्नेत र राजा पुनियानी सहभागी बन्ने कार्यक्रम संयोजक शिवाकोटीले जानकारी दिनुभयो ।
त्यस्तै सिर्जनाको प्रकृति बिषयको छलफलमा मीन भाम,देवाशिस मोते,एलियन फोनीन र घिमिरे युवराज सहभागी हुनुहुनेछ ।
कृष्ण पौडेल,डाक्टर अरुणा उपे्रती,आमोद प्याकुरेल र केदार शर्माले कृषिःखाना कस्ता?नाफा कति ? बिषयको प्यानल डिस्कसनमा भाग लिनुहुनेछ । विद्यालयको पर्यावरण शिर्षकको प्यानल डिस्कसनमा शिशिर खनाल,पर्शुराम निरौला र सन्दीप दाहालले भाग लिने कार्यक्रम रहेको छ ।
ससाना प्रलयहरुःसामना कसरी ? शिर्षकमा हुने छलफलमा मन्जित ढकाल,अनुप सुवेदी र मोहद मैनालीले भाग लिनुहुनेछ भन,े राजनितीको पर्यावरण शिर्षकको छलफलमा सुमना श्रेष्ठ,उषाकिरण तिम्सिना,मानुषी यमी भट्टराई र करुणा पराजुली सहभागी बन्नुहुने आयोजकले जनाएको छ ।
नगरको कहर शिर्षकको छलफलमा सविन निङ्लेखु,हर्कमाया विक, रण बाहादुर राई र चन्द्रकिशोर सहभागी हुदाँ पर्यापर्यटनः सम्भावनाको सागर बिषयमा सुर्य थपलिया,सचिन न्यौपाने तथा मनोज बस्नेत छलफल हुनेछ ।
त्यस्तै रैथाने ज्ञानको गहिराई शिर्षकमा भोगीराज चाम्लिङ,झुमा लिम्बु,बिक्की शर्मा,निताई राजवशीं र गुरुङ सुशान्त छलफलमा सहभागी हुनुहुनेछ भने कसको धर्ती? कसको आकाश ? शिर्षकको छलफलमा विश्वप्रकाश शर्मा तथा सुधिर शर्मा सहभागी हुने तय भएको छ ।
साथमा परिवर्तन थिएटरको प्रस्तुतीमा नाटक सन्धिपुर मञ्चन गरिने कार्यक्रम संयोजक शिवाकोटीले जानकारी दिनुभयो । त्यस्तै देही आर्टका कलाकारहरुको चित्रकला प्रर्दशनी,कार्यशाला एवम् मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको तर्फबाट फोटो प्रर्दशानी पनि हुने शिवाकोटीको भनाई छ ।