फागुन ८,धुलाबारी । झापाको धुलाबारी माध्यमिक बिद्यालयले बिहिबार आफ्नो ७३ औँ बार्षिकोत्सव फरक शैलीमा मनाएको छ । औपचारीक कार्यक्रम मात्रै नभएर करिब दुइ दर्जन बिबिध बिषयका स्टल राखेर प्रर्दशनी गरिएको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको हो ।
पुस्तक प्रदर्शनी, विज्ञान, पशुविज्ञान, आयुर्वेद स्वास्थ्य, कम्प्युटर ल्याब , गणितीय सामग्री, खेलकुद, पर्यावरण साथै खानाका परिकारहरुको स्टल राखेर गरिएको जानकारी मुलक प्रदर्शनी बार्षिकोत्सवको मुख्य आर्कषण रहेको थियो ।


बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष गणेश बिक्रम नेम्बाङ्गको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहको प्रमुख अतिथी मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी तथा बिशिष्ट अतिथि नगरशिक्षा अधिकृत होमनाथ भण्डारी रहनुभएको थियो ।
बार्षिकोत्सवको अवसरमा शिक्षकहरु पुष्पा चौहान ,नवराज सुवेदी जैशी , गितादेबि मगर,चेतन निरौला ,सुमन बास्तोला तथा निर्वाणराज प्रसाईलाई सम्मान गरिएको छ । त्यस्तै एन सि सि प्रशिक्षक अम्बलदार ज्ञानेन्द्र फुयेल,गोर्खा मेमोरियल फाउन्डेसन नेपालका अध्यक्ष गङ्गालाल गुरुङ्ग,धुलाबारी मा वि सिङ्गिङ् आइडल दक्षिणा धमला, एन सि सि मा गत वर्ष उत्कृष्ट भइ सिङ्गापुर र भारतको भ्रमण गर्न सफल विद्यार्थी सोनु खड्का र वक्तित्वकला कोशी प्रदेश प्रथम हुनुभएकी विद्यार्थी दिब्या रायलाई पनि सो अवसरमा सम्मानित गरिएको छ ।

बिद्यालयका प्रधानाध्यापक महेन्द्र बिलाश लुइटेलले बार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा कक्षा ७ मा अध्यनरत बिद्यार्थि आरती दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो । बार्षिकोत्सवको अवसरमा बिद्यालयमा रहेका बिभिन्न पुरस्कारका अक्षयकोष तथा दाताहरुले उपलब्ध गराएको रकमबाट ४३ जना विद्यार्थीलाइ छात्रबृती उपलब्ध गराइएको छ ।
सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईं, शिक्षकहरु रमेश कुमार दाहाल र मिलन कुमार ढुङ्गानाले सञ्चालन गर्नुभएको बार्षिकोत्सवको सांस्कृतिक कार्यक्रमको सञ्चालन भने बिद्यार्थीहरु जेशिका प्रधान र आश्रय अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न बिद्यालयबाट प्रतिनिधी, शिक्षक पेशागत सङ्घ संस्थाका नेतृत्व, राजनैतिक दलका प्रतिनिधि तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।