बिर्तामाेड, माघ २३ । झापाको बिर्तामोडमा राइनोज एजुकेशन कन्सल्टेन्सीको शाखा सञ्चालनमा आएको छ। सरस्वती पूजाको शुभ अवसर पारेर माघ २१ गते बिर्तामोड शाखाको औपचारिक उद्घाटन गरिएको कन्सल्टेन्सीका सञ्चालक सञ्जय पाैडेलले जानकारी दिनु भयाे ।
थापा मार्केटमा सञ्चालन गरिएकाे कन्सल्टेन्सीकाे बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका अध्यक्ष रोशन सुवेदीले संयुक्त रूपमा राइनोज एजुकेशनको लोगो अनावरण गर्दै शाखाको उद्घाटन गर्नु भएकाे थियाे ।
कार्यक्रममा बाेल्दै वाणिज्य संघका अध्यक्ष न्यौपानेले विद्यार्थीहरूले अध्ययन र सीप सिकेर स्वदेशमै कार्य गर्दा व्यक्तिगत तथा राष्ट्रिय हित हुने बताउनु भयाे ।, विदेशमा अध्ययन गर्दा प्राप्त ज्ञान र सीपलाई नेपालमै उपयोग गर्नुपर्नेमा वहाँले जोड दिनुभयाे ।
त्यस्तै शैक्षिक परामर्श संघ (इक्यान) झापाका अध्यक्ष सुवेदीले राइनोज एजुकेशन सर्भिसको शाखा उद्घाटन हुनु उल्लेखनीय रहेको बताउँदै वहाँले शैक्षिक परामर्श केन्द्रहरूले सत्य तथ्यमा आधारित मार्गनिर्देशन गर्नुपर्ने धारणा राख्नु भयाे ।
राइनोज एजुकेशन सर्भिसको मुख्य कार्यालय जापानमा रहेको छ, भने नेपालका काठमाडौं लगायत विभिन्न शहरहरूबाट शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ। जापान, यूके, अस्ट्रेलिया, अमेरिका, फिनल्यान्ड लगायतका देशका प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने उद्देश्यले बिर्तामोड शाखा स्थापना गरिएको सञ्चालक राजन पाेखरेलले जानकारी दिनु भयाे ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विशाल थापा, माछापुच्छ्रे बैंक बिर्तामोड शाखाका म्यानेजर प्रकाश गिरी, अनिल सापकोटा, तुलसी पाठक लगायत विभिन्न शैक्षिक परामर्श केन्द्रका प्रतिनिधि, विद्यार्थी, अभिभावक तथा अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सञ्चालक प्रकाश पाण्डेकाे अध्यक्षतामा सम्पन्न भएकाे उदघाटन समाराेहमा सञ्जय पाैडेलले स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने कार्यक्रम राजन पाेखरेलकाे सञ्चालनमा सम्पन्न थियाे ।