धुलाबारी, माघ २२ । झापाकाे धुलाबारीमा सञ्चालन भएकाे हिमालयन कप भलिवल प्रतियाेगिता दाेस्राे संस्करणकाे उपाधी मेचीनगर २ काे सनसाइन अँग्रेजी माविले जितेकाे छ ।
हिमालयन इङलिस एकाडेमी मेचीनगर १० ले आयाेजना गरेकाे प्रतियाेगिताकाे साेमबार सम्पन्न फाइनलमा पशुपति मावि काकरभिट्टालाई २५-१६ र २८-२६ काे साेझाे सेटमा पराजित गर्दै सनसाइनले उपाधीमाथि कब्जा जमाएकाे हाे ।प्रतियाेगितामा काकरभिट्टास्थीत तारापुञ्ज अँग्रेजी माविले तेस्राे स्थान हासिल गरेकाे थियाे ।
प्रतियाेगिताकाे विजेताले ९ हजार नगद, ट्रफि र प्रमाण पत्र प्राप्त गरेकाे छ । त्यस्तै उपविजेता टिमले नगद ६ हजार र तेस्राे हुने टिमले नगद ३ हजार, ट्रफि र प्रमाण पत्र प्राप्त गरेकाे प्रतियाेगिताका संयाेजक भास्कर निराैलाले जानकारी दिनु भयाे ।
विजेता तथा उपविजेता टिमलाइ कार्यक्रमका प्रमुख अतिथि प्याब्सन मेचीनगरका अध्यक्ष बिक्रम क्षेत्री, हिम्मत हिमालयन एजुकेसन फाउण्डेशनका कार्यकारी निर्देशक कमल काेईराला, प्रतियाेगिता संयाेजक निराैला लगायतले ट्रफि तथा नगद पुरस्कार वितरण गर्नु भएकाे थियाे ।
संयाेजक भास्कर निराैलाकाे सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि क्षेत्री, कार्यकारी निर्देशक काेइरालाले मन्तब्य व्यक्त गर्नु भएकाे थियाे ।
मेचीनगरका २४ वटा विद्यालय सहभागि प्रतियाेगिता माघ १९, २० र २१ गतेसम्म हिमालयन इङलिस एकाडेमीकाे मैदानमा सम्पन्न भएकाे थियाे ।