मेचीनगर,माघ १३ ।मेचीनगर नगरपालिकामा भएकाे बेथिती बिरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दाेलन गर्ने भएकाे छ । रास्वपा मेचीनगर समितिले आज एक बिज्ञप्ती जारी गर्दै अबकाे आन्दाेलनकाे स्वरूप तय गरेर नगरपालिकालाई खबरदारी गर्ने जनाएकाे छ । यस अघि एमाले बाहेकका दलहरूबीच भएकाे सहकार्य गर्ने सहमतिबाट रास्वपा बाहिरिएकाे समेत विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
मेचीनगरमा भएका भष्ट्रचार,बेथिति र ढिलासुस्तीको बिरुद्धमा खबरदारी गर्न अन्य ६ राजनितिक दलसंग सहमति र सहकार्य गर्ने भनिएकामा केही ठुला भनिएका राजनितिक दलहरुले चासो नदेखाएको भन्दै रास्वपाले उक्त समुहबाट अल्लगिएको जनाएको हो । आज रास्वपा मेचीनगर नगर सभापति कमल गौतम तथा सचिव असिम दाहालले संयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञप्तीमा अब आन्दोलनको स्वरुप आफैले तय गर्ने जनाइएको छ ।
अन्य राजनीतिक दल संग गरिएको सहमती र सहकार्यमा केही समय सँगै रहेर २१ बुंधे ज्ञापनपत्र मार्फत मेचीनगर नगरपालिका, झापाको नगर प्रमुख सँग जवाफ माग्ने र समाधानका लागि बाटोहरु खोज्ने भनी प्रयास गरिएको र त्यस पछि एक,दुई पटक छलफल र बैठक बाहेक केही पनि खबरदारी नभएको विज्ञप्तीमा जनाइएको छ ।
छलफल या खबरदारीको लागि पहल गर्दा विभिन्न आलटाल गर्दै अनावश्यक कारण देखाई समय व्यथित नगर्ने जस्ता कार्यहरु ठूला भनिएका केही राजनीतिक दलबाट भएको विज्ञप्तीमा दाबी गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ “संस्थागत भ्रष्टाचार, वेथितीमा आफ्नो दल फस्ने डर या मिलिभगत भएर हो त्यस तर्फ लागी नपरेको र चासो समेत नदेखाएकोले ती भ्रष्टाचारमा लिप्त भएको दल सँग टाँसिएर राष्ट्रिय स्वतन्त्र पार्टीले केही खबरदारी गर्न नसक्ने निष्कर्षमा पुगेको हुँदा अबको आन्दोलनको स्वरुप आफैँ तय गर्ने निर्णयमा पुगिएको छ ”।
यस्तो छ रास्वपाको विज्ञप्ती :-