बिर्तामाेड, माघ ८ । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले उद्याेगकाे विकास र पर्यटन प्रर्वद्धनका याेजना बनाईरहेकाे बताउनु भयाे । झापाको बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ काे उदघाटन गर्दै तराईबाट पहाडमा बसाई सराईका लागि चार वटा ट्रेलकाे स्थापना गरेर पर्यटन प्रर्वद्धनमा काम गरिरहेकाे बताउनु भयाे ।
भाेजपुरकाे १६८ किलाेमिटरकाे मुन्धुम ट्रेल, इलामकाे १९ किलाेमिटरकाे चियाबारी ट्रेल, पाँचथरकाे ६८ किलाेमिटर फाल्गुनन्द ट्रेल र तेह्रथुमकाे १६० किलाेमिटर लालिगुराँस ट्रेलकाे निर्माणकाे प्रक्रिया शुरू गरिएकाे मुख्यमन्त्री कार्कीले बताउनु भयाे ।
यी ट्रेल निर्माण गर्न २ अरब ४५ कराेड काे लगानी लाग्ने र त्यसमध्ये १ अरब विदेशी दात्री संस्थाले सहयाेग गर्ने कार्कीले जानकारी दिनु भयाे । २०८५ साउनसम्ममा तयार हुने सबै ट्रेलका कारण पर्यटन प्रर्वद्धनमा ठुलाे सहयाेग पुग्ने र तराईका मानिसले पहाड तिर जग्गा किन्ने मुख्यमन्त्रीले सुनाउनु भयाे ।
बिर्तामाेड उद्याेग वाणिज्य संघले आयाेजना गरेकाे महाेत्सवमा नेपाल र छिमेकी मुलुकहरु भारत, वंगलादेश, पाकिस्तान सहितका बस्तु र सेवाहरुको अवलोकन र बिक्री बितरणका लागि राखिएकाे संघले जनाएकाे छ ।
कार्यक्रममा बोल्दै खानेपानी सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले महोत्सवले सुस्ताएको बजारलाई चलायमान बनाउन मद्धत पुग्ने आशा व्यक्त गर्नुभयो ।
संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटीले उद्योगी व्यवसायीलाई सहजता प्राप्त हुनेगरीको वातावरण तयार गर्न सरकार समक्ष माग गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सार्क चेम्वर एण्ड कमर्सका उपाध्यक्ष चण्डिराज ढकालले व्यवसाय प्रर्वद्धनका लागि सरकारका तीन वटै तह जिम्वेवार हुनु पर्ने बताउनुभयो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन सत्रमा बिर्तामोड नगरप्रमुख पवित्रा महतरा प्रसाई,नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य उमेश डालमिया, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे , दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा १७० वटा व्यवसायीक स्टल रहेका छन् । खेल सामग्री, फुडकोड,सेल्फीजोन समेत रहेको महोत्सव अवधिभर नेपालका प्रशिद्ध कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा महोत्सव मूल आयोजक समिति संयोजक विशाल थापाले स्वागत मन्तब्य राख्नु भएको थियो । त्यस अघि संघको कार्यालयबाट उद्योगी व्यवसायीहरु तथा सुवेक्षुकहरुको समूह विभिन्न झाँकीहरु सहित नगरपरिक्रमा गर्दै महोत्सवस्थल पुगेको थियो ।
बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यपार महोत्सवलाई एपोलो पेन्ट्सले मुख्य प्रायोजन गरेको महोत्सव अनुगमन समिति संयोजक गोमा भट्टराईले जानकारी दिनुभयो ।
महाेत्सव आयाेजक समितिका संयाेजक विशाल थापाले स्वागत मन्तव्य राख्नु भएकाे कार्यक्रमकाे सञ्चालन केशव भट्टराईले गर्नु भएकाे थियाे ।