धुलाबारी, माघ ५ । रोटरी क्लब अफ मेचीनगरको अध्यक्षमा शर्मिला पाठक चयन हुनु भएकाे छ । संस्थाकाे आज सम्पन्न पाँचाैं साधारण सभाले राेटरी बर्ष सन २०२५-२६ का लागि पाठकलाई अध्यक्षमा चयन गरेकाे हाे ।
समितिकाे सचिवमा पवित्रा विमली प्रसाई, काेषाध्यक्षमा निखिल बंशल चयन हुनु भएकाे छ ।
त्यस्तै प्रेसिडेन्ट इलेक्टमा दिनेश शाक्य र प्रेसिडेन्ट नाेमिनिमा कृष्ण काफ्ले चयन हुनु भएकाे छ ।
समितिकाे प्रथम उपाध्यक्षमा भुमि पाैडेल, द्वितिय उपाध्यक्ष ध्रुवकुमार ओली, टेक काेअर्डिनेटर थुंङ्कु नेम्वाङ्ग, सर्गेन्ट एन्ट आर्म गिता पाैडेल(उर्मिला) र क्लव ट्रेनरमा अनन्तप्रकाश वस्ती चयन हुनु भएकाे छ ।
शनिवार मेचीनगर ११ स्थीत कालिका सिमसार क्षेत्रमा क्वलका अध्यक्ष कमल काेईरालाकाे सभापतित्वमा सम्पन्न साधारण सभाले क्लवकाे राेटरी बर्ष सन २०२५-२६ का लागि पाँच वटा स्ट्याण्डिङ कमिटिकाे चेयर समेत चयन गरेकाे छ । जस अनुसार क्लव एडमिन चियरमा किशाेर क्षेत्री (कपिल), मेम्बरसीप चेयरमा कमल प्रसाद काेईराला, पव्लिक इमेज चेयरमा प्रियङ्का खनाल, द राेटरी फाउण्डेशन चेयर दृश्य प्रधान र सर्भिस प्राेजेक्ट चेयर आयुस्मान निराैला चयन हुनु भएकाे छ ।
निर्वाचित समितिको कार्यकाल २०२५ जुलाई १ तारीखबाट सुरु हुनेछ ।
क्लवका संस्थापक अध्यक्ष किशाेर क्षेत्री (कपिल) ले शुभकामना मन्तव्य राख्नु भएकाे साधारण सभाकाे सञ्चालन सचिव आयुस्मान निराैलाले गर्नु भएकाे थियाे ।
साधारण सभासंगै क्लवले वनभाेज कार्यक्रम समेत आयाेजना गरेकाे थियाे । वनभाेज कार्यक्रममा क्लवका सदस्यहरूले मनाेरञ्जन गरेका थिए ।