धुलाबारी, माघ ५ । झापाको धुलाबारीमा दोस्रो मेची महोत्सव २०८१ सुरु भएको छ । मेची चेम्वर अफ कमर्स मेचीनगरले आयोजना गरेको महोत्सवको शुक्रबार एक कार्यक्रमकाबीच प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले महोत्सवको उदघाटन गर्नु भएको छ । महोत्सवमा बोल्दै उपसभामुख रानामगरले स्थानीय उत्पादनको बजारीकरणका लागि यस प्रकारका महोत्सवले सहयोग पुग्ने बताउनु भयो । ‘कृषि उपजहरुलाई बजारमा पुर्याउन र राम्रो मुल्य पाउनका लागि यस्तो महोत्सवले सहयोग पुग्छ,’ रानामगरले भन्नुभयो, ‘आम किसानले उत्पादन गरेका सामग्री र साना उद्यमीहरुले तयार गरेका सामग्रीलाई प्रोत्साहन गर्न आग्रह गर्दछु ।’
चेम्बर अफ कमर्स मेचीनगरका अध्यक्ष रविन बस्नेतको सभापतित्वमा सम्पन्न महोत्सव उदघाटन समारोहमा रोङ गाउँपालिकाका इलामका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास), चेम्बर अफ कमर्सका झापाका अध्यक्ष ओमकृष्ण बिमली, मेचीनगर नगरपालिका वडा नं १० का वडा अध्यक्ष नारायण खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने र लागूऔषधका बिरुद्ध सचेतना फैलाउने उद्देश्य राखेर आयोजना गरिएको महोत्सवमा ३६ वटा स्टल रहने महोत्सव अवधिभर स्वास्थ्य शिविर, कृषि उपजको प्रर्दशनी तथा बिक्रि, विभिन्न जातजातिको झाँकी प्रस्तुति, गितसंगीत क्षेत्रका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, विभिन्न खेलकुद र मेचीनगरका पर्यटकीय क्षेत्रको प्रर्वद्धन कार्यक्रम समेत राखिएको चेम्बरका उपाध्यक्ष भिम कुवँरले बताउनु भयो ।
विभिन्न जातजातिको झाँकीहरु समेत प्रस्तुती गरिएको महोत्सव उदघाटनको अवसारमा नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्की, जसपाका नेता ओमप्रकाश खापुङ, मेची उद्योग वाणिज्य संघका महासचिव दिने शाक्य लगायतको उपस्थीति रहेको थियो । माघ १२ गतेसम्म सञ्चालन हुने महोत्सव चेम्बर अफ कमर्श मेचीनगरका उपाध्यक्ष शान्तिराम चिमरियाले स्वागत मन्तव्य राख्नु भएको थियो भने उदघाटन सत्रको सञ्चालन महासचिव प्रकाश खड्काले गर्नु भएको थियो ।