मेचीनगर, पुस २८ । बाहुनडाँगी जेसीजका बर्ष सन २०२५ का अध्यक्ष नित्यानन्द चौलागाईले पदभार ग्रहण गर्नु भएको छ । शनिवार सम्पन्न जेसीजको पद हस्तान्तरण कार्यक्रममा सन २०२४ का अध्यक्ष देबु बानियाँले नयाँ अध्यक्ष चौलागाईलाई जेसीज अध्यक्षीय चेन लगाएर पद हस्तान्तरण गर्नु भएको हो ।
अध्यक्ष बानियाँको सभापतित्वमा सम्पन्न पदहस्तान्तरण कार्याक्रकाबिच विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । आजिवन सदस्यद्वय समिर राई र आनन्द गुप्ता, वक्तृत्व कलामा नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनमा सहभागि विद्या बुढाथोकी, टिओआइएन सम्मानबाट सम्मानित नाट्यकर्मी कविता नेपाल र सहयोगी नेत्रराज क्षेत्रीलाई बाहुनडाँगी जेसीजका तर्फबाट सम्मान गरिएको थियो । त्यस्तै मेचीनगरका पुर्व नगरप्रमुख विमल आचार्यलाई बाहुनडाँगी जेसीजको मानार्थ सदस्य प्रदान गरिएको अध्यक्ष बानियाँले बताउनु भयो ।सोही कार्यक्रमकाबिच सामाजिक तथा राजनितिक अगुवा राजन चिमरियाले छात्रा रिना दर्जीलाई छात्रबृत्तिका लागि १५ हजार पाँच सय प्रदान गर्नु भएको थियो ।
अध्यक्ष बानियाँले आफुले बर्षभरीमा गरेका कामका बारेमा जानकारी गराउनु भएको थियो । वहाँले यो बर्ष आफुले जेसीजको नेतृत्व सम्हालीरहँदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मेचीनगरका पुर्व नगरप्रमुख विमल आचार्यले सक्रिय युवाहरुको संस्था जेसीज सामाजिक कार्यमा महत्वपुर्ण योगदान गरिरहेको बताउनु भयो । कार्यक्रमका बिशिष्ट अतिथि नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष गणेश सापकोटाले सन २०२४ मा बाहुनडाँगीले देशमै सक्रिय अध्यक्ष पाएको र त्यसलाई देबु बानियाँले काम गरेर पुष्टि गर्नु भएको बताउनु भयो ।
सन २०२५ का लागि बाहुनडाँगी जेसीजको अध्यक्षमा चौलागाई सहित कार्यकारीणी उपाध्यक्षमा किरण गौतम र रोशन गिरी, उपाध्यक्षमा बिमल रणपहेली, रिना दर्जी, प्रविन चापागाई र एलिस पौडेल रहेका छन । त्यस्तै महासचिवमा सुस्मा मिश्र, कानूनी सल्लाहाकार अनिस काफ्ले, कोषाध्यक्ष डिल्लिराज भारती, तालिम संयोजक पवन बराइली र कार्यक्रम संयोजकमा कौशल उप्रेती चयन हुनु भएको छ । पद हस्तान्तरण कार्यक्रममा जेसीजका विभिन्न शाखाका अध्यक्ष, पुर्व अध्यक्षसहितका जेसीज सदस्यहरु र स्थानीयहरुको उपस्थीति रहेको थियो ।