काकरभिट्टा, पुस २० । मेचीनगर लेडी जेसीजको बर्ष सन २०२५ को अध्यक्ष सविता पोखरेलले आजदेखि आफ्नो पदभार ग्रहण गर्नु भएको छ । आज आयोजित ११ औं पद हस्तान्तरण समारोहकाबीच पोखरेलले अध्यक्षको पदभार ग्रहण गर्नु भएको हो । मेचीनगर लेडी जेसीज सन २०२४ की अध्यक्ष पवित्रा विमली प्रसाईले नयाँ अध्यक्ष सवितालाई पदहस्तान्तरण गर्नु भएको थियो । पवित्राको गलामा रहेको जेसीज अध्यक्षीय चेनलाई लेडी जेसीजका पुर्व अध्यक्षहरुले नयाँ अध्यक्ष सविताको गलामा पहि¥याएर नेतृत्व हस्तान्तरण गर्नु भएको हो ।


लेडी जेसीजकी अध्यक्ष पवित्रा विमली प्रसाईको अध्यक्षता तथा मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा काकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको सभाहलमा सम्पन्न पदहस्तान्तरण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सविताले सन २०२५ को कार्यसमितिका पदाधिकारीहरुलाई सपथग्रहण समेत गराउनु भएको थियो । सन २०२५ का लागि मेचीनगर लेडी जेसीजका कार्यकारीणी उपाध्यक्षमा सुनिता खतिवडा कोइराला र लक्ष्मी कोइराला सापकोटा चयन हुनु भएको छ । त्यस्तै उपाध्यक्षहरुमा कृष्ण कुमारी प्रसाईं (कल्पना), खिना निरौला, नबिना डागी र अनिता शाह चयन हुनु भएको छ । सन २०२५ का अध्यक्ष सबिताले मनोनित पदहरुमा आजै मनोनयन समेत गर्नु भएको छ । अध्यक्षले महासचिवमा शर्मिला तिम्सिना, सहसचिवमा एलिसा बुढाथोकी, कोषाध्यक्षमा तेजकुमारी घिमिरे, कानूनी सल्लाहाकारमा रिता श्रेष्ठ र जनसम्पर्क अधिकारीमा रमा निरौलालाई मनोनयन गर्नु भएको छ ।

पदहस्तान्तरण समारोहमा बोल्दै नगरप्रमुख बुढाथोकीले महिलाहरुको सक्रिय संस्थाको रुपमा मेचीनगर लेडी जेसीजले पहिचान बनाएको बताउनु भयो । वहाँले आगामी दिनमा समेत सामाजिक कार्यमा सक्रियता पुर्वक लाग्न सुझाव दिनुभयो । कार्यक्रममा मेचीनगर लेडी जेसीजका संस्थापक अध्यक्ष कविता शर्मा, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष गणेश सापकोटा, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, नेपाल जेसीजका पुर्व महासचिव भरत प्रसाई, पुर्व अध्यक्षीय क्लब झापाका अध्यक्ष रमेश पोखरेलसहित विभिन्न जेसीज शाखाका अध्यक्ष र पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

पदहस्तान्तरण कार्यक्रमकैबीच मेचीनगर लेडी जेसीजले प्रमिला गौतम खनाललाई मनार्थ सदस्य सहित सम्मान गरेको छ । त्यस्तै यो बर्षको उत्कृष्ट लेडी जेसीज कार्यसमितिका पदाधिकारीलाई प्रदान गरिने जयन्ती बराल स्मृति पुरस्कारबाट सुनिता खतिवडा कोईरालालाई पुरस्कृत गरिएको छ । वहाँलाई पुरस्कारकी संस्थापक तथा लेडी जेसीजकी पुर्व अध्यक्ष टिका सुवेदीले सम्मान पत्रले पुरस्कृत गर्नु भएको थियो । त्यस्तै जेसीज शाखालाई योगदान दिएका शान्ता तिवारी सिटौला र कुसुम दाहाललाई पनि सम्मान गरिएको थियो ।

सोही अवसरमा संस्थापक अध्यक्ष कविता शर्माले स्थापना गर्नु भएको पर्शुराम सावित्री पुरस्कारबाट लेडी जेसीजकी सदस्य इन्दीरा कार्कीलाई पुरस्कृत गरिएको पुर्व अध्यक्ष सिता पुरी गिरीले जानकारी दिनुभयो । पद हस्तान्तरण समारोहमा नयाँ पदाधिकारीहरुको नामावली निर्वाचन समितिका संयोजक उषा श्रेष्ठले घोषणा गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन मेचीनगर लेडी जेसीजका महासचिव रेजिना श्रेष्ठले गर्नु भएको थियो ।