केशब भुल/ सिआइएन ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको तथ्यांक अनुसार विश्वका ३२ वटा मुलुकबाट अहिलेसम्म १ लाख ६ हजार २ सय ९२ जना नेपाली नेपाल भित्रिसकेका छन् ।
सात प्रदेशमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १८ हजार ७ सय ६१ जना भित्रिएका छन् । उनीहरुको व्यवस्थापनका लागि प्रदेश सरकारले के गरिरहेको छ रु भन्ने प्रश्नमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले भन्नुभयो, प्रदेश सरकारले ३ अर्ब बजेट विनियोजन गरेको र त्यस अनुसार योजना बनाइरहेको छ ।
भारतबाट कति आए रु त्यसको तथ्याङक भने यो सूचीमा राखिएको छैन । ३२ हजार ७ सय ९० जना कुन प्रदेशमा भित्रिए खुलाइएको छैन ।
विदेशबाट फर्किएका युवामध्ये थोरै मात्र दक्ष र सिपयुक्त भए पनि अधिकांश अदक्ष छन् । कोसँग कस्तो सीप छ र कोसँगै छैन भनेर सूची तयार गर्ने,सीप नभएकालाई सिकाउने, भएकाको सीप परिक्षण गरेर कामका लागी सिफारि गर्ने वैदेशीक रोजगार बोर्डको तयारी छ । बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार बोर्ड आफैले रोजगारी दिन भने सक्दैन ।
बागमती प्रदेशपछि सबैभन्दा बढी प्रदेश १ मा १५ हजार ६ सय ३८, प्रदेश २ मा १३ हजार २ सय ७६, लुम्बिनी प्रदेशमा १२ हजार ६ सय ४१, गण्डकी प्रदेशमा ९ हजार ७ सय ६८ जना भित्रिएका छन् । सात प्रदेशमध्ये सबै भन्दा कम सुदूरपश्चिम प्रदेशमा १६ सय १५ जना र कर्णाली प्रदेशमा १८ सय ४० जना भित्रिएका छन् ।
भारतबाट कति आए रु त्यसको तथ्याङक भने यो सूचीमा राखिएको छैन । ३२ हजार ७ सय ९० जना कुन प्रदेशमा भित्रिए खुलाइएको छैन ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणी पाण्डेका अनुसार संघीय सरकारल भने स्थानीय तहसँग सहकार्य गरेर प्रधानमन्त्री रोजगार कार्यक्रममा समेटने तयारी गरेको छ ।
सरकारले विदेशबाट फर्किएका सबै नेपाली युवा रोजगारीमा आवद्ध गराउने दावी गरिरहेका बेला श्रम विज्ञ डाक्टर गणेश गुरुङ भने अहिलेको तरीकाले गर्न नसकिने टिप्पणी गर्नुहुन्छ ।
सरकारले ५० लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको अनुमान गरेको छ । त्यसमध्ये १० लाख नेपाल फर्किन सक्ने आकलन गरिएको छ ।