इटहरी, पुस ९ । नेपाल जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित हुनु भएकाे छ ।
सुनसरीकाे इटहरीमा जारी नेपाल जेसीजकाे ५१ ओैं राष्ट्रिय महाधिवेशनमा साेमबार बेलुका भएको निर्वाचनको अन्तिम मत परिणाम मंगलबार बिहानको राति आएको हो ।
जसअनुसार थापाले ७६२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनु भएकाे हाे । निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गर्नु भयाे ।
उहाँहरूबीचको मतान्तर ३०९ रहेको छ । मनोहरा जेसीजकी संस्थापक अध्यक्ष रहनु भएकी उहाँ अघिल्लाे बर्ष जेसीजकाे अध्यक्षमा पराजित हुनु भएकाे थियाे ।
यसैगरी कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।
यससँगै जेसीजले वर्ष २०२५ का लागि महिला नेतृत्व प्राप्त गरेको हो । शासन व्यक्तिको हैन विधिको हुनुपर्छ भन्ने मान्यता लिएर अगाडि बढेको जेसीजले यसअघि तीन जना महिला राष्ट्रिय अध्यक्ष पाइसकेको छ ।
जेसीजको कार्यकाल एक वर्षको हुनेछ । जेसीजले एक वर्ष, एक व्यक्ति र एक पदको अवधारणालाई आत्मसात गर्दछ ।