झापा, पुस ४ । नेपाल प्रिमियर लिग( एनपिएल) मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ । सनसनीपूर्ण दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको हो । जनकपुरले टस जितेर कर्णालीलाई व्याटिङ गर्न लगाएकोको थियो । पहिला व्याटिङ गरेको याक्सले ९ विकेट गुमाएर ११८ रन बनाएको थियो । ११९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बोल्ट्सले ८ विकेट गुमाएर ११९ रन बनायो । १९ ओभरमा बोल्ट्सले विजयी रन बनाएको थियो ।
जनकपुरका लागि जेम्स निसम ४५, हर्ष थाकर १७, मयन यादव र आकाश त्रिपाठी समान १३, कप्तान आशिफ शेख ४, शुभ कंसकार ३, लाहिरू मालिन्था २, मोहम्मद मोहसिनले १ रन बनाए भने शेर मल्लले अविजित १६ रन बनाए ।
कर्णालीका लागि विपिन शर्माले ३, कप्तान सोमपाल कामी, जिद मक्सुद, विलियम बसिस्टो, एक/एक विकेट लिए ।
कर्णालीका लागि गुलशन झा २५, देव खनाल २४, विलियम बसिस्टो १४, जिद मक्सुद र युनिस ठकुरी समान १२, चाडविक वाल्टन ११, कप्तान सोमपाल कामी ५, अर्जुन घर्ती २, जयकिसन कोल्सावाला १ रन बनाएर आउट भए भने नन्दन यादव ४ रनमा अविजित रहे ।
जनकपुरका लागि ललित राजवंशी, जेम्स निसम र मोहम्मद मोहसिनले समान दुई÷दुई, हर्ष ठाकर, शेर मल्लले एक÷एक विकेट लिए । उपाधिका लागि जनकपुरले सुदूरपश्चिम रोयल्ससँग शनिवार प्रतिश्पर्धा गर्नेछ । यस अघि पहिलो क्वालिफायरमा जनकपुरलाई नै हराएर सुदुरपश्चिम फाइनलमा प्रवेश गरिसकेको छ । एनपिएलको फाइनल विजेता एक करोड १० लाख नगद र ट्रफि पाउने छ भने उपविजेताले ५१ लाख नगद पाउने नेपाल क्रिकेट संघले जनाएको छ ।