मेचीनगर,मंसिर १९ । अपाङ्गता भएका व्यक्तिहरुको ३३औ अन्तराष्ट्रिय दिवसको अवसर पारेर झापाको मेचीनगरमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।
मेचीनगर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा भएको कार्यक्रममा नगरका १५ वटै वडाबाट समावेशी रुपमा सहभागी गराएर विभिन्न रमाइलो प्रतियोगिता,पुरस्कार वितरण,नगर स्तरीय अपांगता भएका व्यक्तिहरुको संस्था गठन लगायतका कार्यक्रम गरिएको थियो ।
मेचीनगर–७ का समाजसेवी धर्मराज घिमिरेको अध्यक्षतामा २१ सदस्यीय मेचीनगर अपाङ्ग संघ गठन गरिएको हो । समितिको उपाध्यक्षद्वयमा गंगाप्रसाद संग्रौला र राम बुढाथोकी चयन हुुनुभएको छ । त्यस्तै सचिवमा अनिश काफ्ले, सहसचिवमा रविन्द्रकुमार न्यौपाने र कोषाध्यक्षमा निलादेवि भट्टराईलाई चयन गरिएको छ । सदस्यहरुमा हेमलाल सापकोटा, युवराज वस्नेत, अम्बिका पोखरेल, सृजना कट्टेल, सरिता तामाङ, कोषराज प्रसाई, दुर्गाबहादुर खड्का, विश्वविजय घिमिरे, पुष्पा खड्का, गोपाल तामाङ, विष्णुकुमार श्रेष्ठ, सोमनाथ न्यौपाने, रिता नेपाल, अश्विनीकुमार काफ्ले र सञ्जना राई रहनुभएको छ ।
नगरमा पहिलो पटक व्यवस्थित रुपमा अपाङ्ग दिवसको लागि कार्यक्रम आयोजना गरिएको भन्दै सहभागिहरुले खुशी व्यक्त गरेका थिए । मेचीनगर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ति खरेलले आगामी बर्षहरुमा पनि निरन्तर रुपमा अपाङ्गता भएका व्यक्तिहरुको दिवस मनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
करुणा फाउण्डेशन नेपाल,सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगर तथा राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश संगको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुन स्थापना कार्यक्रम अन्र्तगत गरिएको कार्यक्रममा पहिलो चरणमा उदघाटन समारोह,बिभिन्न रमाइलो प्रतियोगिता तथा पुरस्कार वितरण गरिएको छ ।
चम्चा दौड,सियो दौड,बिस्कुट दौड,हण्डी फुटाउने लगायतका प्रतियोगिता गराई बिजय हुनेहरुलाई नगद पुरस्कार समेत वितरण गरिएको थियो । बिस्कुट दौड प्रतियोगितामा सोमनाथ न्यौपाने प्रथम, अम्बिका पोखरेल दोस्रो, सुरज तामाङ तेस्रो र विमल खत्रीे सान्त्वना हुनुभयो ।
सियो दौड प्रतियोगितामा रुपा किसान प्रथम, आशिका पोखरेल दोस्रो, दुर्गा खड्का तेस्रो र रिम्पा राजवंशी सान्त्वना हुनुभएको थियो । त्यस्तै चम्चा दौड प्रतियोगितामा खगेन्द्र राजवंशी प्रथम, युवराज बस्नेत दोस्रो, हरिमाया कार्की तेस्रो र पवित्रा तामाङ सान्त्वना हुनुभयो । हन्डी फुटाउने खेलमा भने कसैले पनि फुटाउन नसकेपछि हन्डीको नजिक पुग्ने तीन जनालाई प्रथम पुरस्कार पाँच हजारलाई बराबरी भाग गरेर वितरण गरिएको थियो ।
मेचीनगर नगरपालिका उपप्रमुख मिना पोखरेल उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत अग्नी प्रसाद अधिकारी,योजना तथा अनुगमन शाखा प्रमुख अन्नत प्रकाश वस्ति,राष्ट्रिय अपागं महासंघका वरिष्ठ उपाध्यक्ष राम कार्की,करुणा फाउण्डेसन सि वि आर म्यानेजर सन्तोष सुनुवार लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन करुणा फाउण्डेसनका नगर संयोजक पदम बराइलीले गर्नुभएको थियो ।