झापा, मंसिर १५ । आज बाला चतुर्दशी पर्व परेको छ । पुर्वको पशुपतिनाथ भनेर चिनिने झापाको अर्जुनधारा धाममा आज विहानैदेखि शतबीज अर्थात सतबिउ छर्नेको घुइँचो लागेको छ । हिजो बेलुका दुइ करोड भन्दा बढी दीप प्रज्वलन गरी त्याहा सञ्चालित पुराणको समापन गरिएको थियो । हिजो राति दीप बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट अर्थात आज विहान बाह्ममूहुत्र्तमै बत्ती बाली शदबिज छर्ने परम्परा छ ।
शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल हुन्छन । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै शतबीज छरेमा पितृको उद्धार हुने तथा जन्ममृत्युको चक्रबाट मुक्त भइने विश्वास छ ।
पुराणआदि ग्रन्थमा उल्लेख नभएको तर हेमाद्रि नामक ग्रन्थमा पशुपतिनाथ आसपास क्षेत्रमा शतबीजरोपण गर्नुपर्ने बताइएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँनु हुन्छ । पशुपतिनाथमा आउन अनुकुल नहुनेहरूले अचेल नजिकका शिवालयमा बत्ती बालेर त्यहीँ शतबीज छर्ने गरेका छन । यही क्रममा पुर्वको पशुपति भनेर प्रख्यात अर्जुनधारा मन्दीरमा पनि बर्षेनी छतबिज छर्नेको घुइचो लाग्ने गरेको छ ।
पञ्चांगका अनुसार आज बिहान ८ घडी २९ पला अर्थात १० बजेर १ मिनेटसम्म मात्र चतुर्दशी तिथि छ । त्यसपछि औँसी तिथि लाग्छ । त्यसैले पनि आज बिहान १० बजे अगाडी नै सतबीज छरिसक्नु पर्ने धर्मशास्त्रविदहरुले बताएका छन ।