मेचीनगर, मंसिर ७ । काठमाण्डाै महानगरका प्रमुख बालेन शाहकाे शैली पच्छ्याउँदै झापाकाे मेचीनगरका प्रमुख गाेपालचन्द्र बुढाथाेकीले व्यक्तिले कब्जा गरेकाे सरकारी जग्गामा डाेजर चलाउनु भएकाे छ ।
लामाे समयदेखि सरकारी स्वमित्वमा रहेकाे जग्गा खाली नगरे पछि बिहिबार नगरप्रमुख बुढाथाेकीले डाेजर चलाएर जग्गा नगरपालिकाकाे नियन्त्रणमा लिनु भएकाे हाे ।
मेचीनगर नगरपालिका वडा नं ५ मा रहेकाे नकलबन्दा टि स्टेटले भाेग गरिरहेकाे १० बिगाहा ५ कठ्ठा जग्गा खाली गर्न नगरपालिकाले पटक पटक पत्राचार र माैखिक जानकारी गराउँदा पनि जग्गा खाली गर्न अटेर गरे पछि डाेजर लगाएरै जग्गा नियन्त्रणमा लिनु परेकाे मेचीनगरका प्रमुख बुढाथाेकीले बताउनु भयाे ।
बिहबार दलबल सहित जग्गा नगरपालिकाे नियन्त्रणमा लिन डाेजर लिएर पुग्नु भएका नगर प्रमुख बुढाथाेकीले भन्नु भयाे, `अब याे १२ बिगाहा ५ कठ्ठा ७ धुर जग्गा सरकारकाे स्वामित्व र मेचीनगर नगरपालिकाकाे संरक्षणमा प्रयाेग हुने घाेषणा गर्दछु ।´
अदालतकाे मिति २०६६/८/२२ काे निर्णयबाट नकलबन्दा टि स्टेटकाे स्वामित्व बदर भई नेपाल सरकारकाे स्वामित्वमा आएकाे उक्त जग्गामा नकलबन्दा टि स्टेटले चिया बगान लगाएकाे छ ।
नगरपालिकाले जग्गा खाली गर्न पहिलाे पटक २०८०/६/२ गते र दाेस्राे पटक २०८१/६/३० गते पत्राचार गर्दा पनि जग्गा खाली नगरे पछि कानून सम्मत रूपमा नगरपालिकाले जग्गा नियन्त्रणमा लिई संरक्षण गरेकाे नगरप्रमुख बुढाथाेकीले बताउनु भयाे ।
`पटक पटक पत्राचार गर्दा पनि वहाँहरूले थप समय माग्नु भयाे,´ बुढाथाेकीले भन्नु भयाे, `हामीले लिखित मिति उल्लेख गरेर लिखित लिएर आउन भन्याैं त्यस पछि वहाँहरू सम्पर्कमा आउनु भएन ।´
अझै पनि वहाँहरूले लगाएकाे चिया र रूख बिरूवा निकाल्छाै भन्नु भयाे भने त्याे समय दिने लचिलाे निति लिएकाे बुढाथाेकीले स्पष्ट पार्नु भयाे ।
जग्गा संरक्षकत्व घाेषणा कार्यक्रममा उपप्रमुख मिना पाेखरेल उप्रेति, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा वडा सदस्यहरू, नकपा एमालेका क्षेत्रिय अध्यक्ष कृष्ण कनाल, मेचीनगर अध्यक्ष राजु कार्की लगायत दलका नेताहरू, पत्रकार र स्थानीयहरूकाे उपस्थिति रहेकाे थियाे ।