नेपाल प्रिमियर लिग ( NPL), क्रिकेट एसोसिएसन अफ नेपाल ( CAN) ले आयाेजना गर्न लागेकाे व्यवसायिक पुरुष क्रिकेट प्रतियोगिता यहि मंसिर १५ गते बाट पुष ६ गतेसम्म काठमाडौं काे TU अन्तरास्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुदैछ । प्रतियाेगिताका लागि ८ ओटा टिम तयार भईसकेका छन भने तिनिहरुले खेलाडी किन्ने काम पनि सकिएकाे छ । सात प्रदेशलाई प्रतिनिधित्व हुनेगरी सात ओटा टिम छन भने बाग्मति प्रदेशबाट थप एक टिम रहेकाे छ ।
कोशिबाट बिराटनगर किङ्गस् , मधेसबाट जनकपुर बाेल्टस् , बाग्मतिबाट काठमाडौं गुर्खाज र चितवन राईनाेज, गण्डकीबाट पाेखरा एभेन्जरस्, लुम्बिनीबाट लुम्बिनी लायन्स , कर्णालीबाट कर्णाली याक्स तथा सुदुर पश्चिमबाट सुदुर पश्चिम राेयल्स का नामले यी आठ ओटा टिम पहिलाे व्यवसायिक लिग खेल्ने तयारीमा जुटि सकेका छन् ।
कुल ३२ खेल हुने याे प्रतियाेगिता टि ट्वान्टी फरम्याटमा राउन्ड राेविन र प्लेअफ गरि दुई तरिकाबाट चल्नेछ । खेल तालिका क्यानले हिजाे सार्वजनिक गरेकाे छ । उक्त तालिकानुसार उद्घाटन खेलमा बिराटनगर र जनकपुर भिड्नेछन् भने लिगकाे अन्तिम खेलमा सुदुर पश्चिम र कर्णाली पुस १ गते भिड्नेछन् । लिग खेलबाट उत्कृष्ट हुने दुई टिमले पहिलाे क्वालिफायर खेल्नेछन् भने तेस्राे र चौथाे हुने टिम इलिमिनेटर खेल्नेछन् । यी खेलहरु पुस ३ गते हुनेछ । पहिलाे क्वालिफायर जित्ने फाइनल प्रवेश गर्नेछ भने हार्नेले इलिमेनेटरकाेे विजेतासँग दाेस्राे क्वालिफायरमा पुस ४ गते भिड्नेछ र विजेता हुने टिमले फाइनल खेल्नेछ र फाइनल खेल पुस ६ गते हुनेछ ।
विश्व भरि नै विभिन्न नामले यस्ता प्रकारका व्यवसायिक क्रिकेट प्रतियाेगिताहरु भईरहेकाे अवस्थामा नेपालमा पनि NPL काे शुरुवातले झाँगिदै गरेकाे क्रिकेटकाे क्रेजलाई अझ मलजल हुनेमा क्रिकेट खेलाडी र क्रिकेट प्रेमिहरुले आशा राखेका छन । छिमेकी राष्ट्र भारतमा अत्यधिक लाेकप्रिय IPL काे पारखिहरु रहेकाे नेपालमा पनि यस्ताे प्रकारकाे लिग जसमा विश्व विख्यात खेलेडिहरुकाे आगमनले क्रिकेटलाई अझ माथि पुर्याउने कुरामा कुनै शंका नरहला तथापि यसकाे निरन्तरता भने आवश्यक छ ।
विश्व स्तरमा नेपाली क्रिकेटले एउटा अलग्गै स्थान बनाईरहेकाे समयमा क्यानले शुरुआत गर्नलागेकाे यस प्रतियाेगिताले नेपाली खेलाडीहरुकाे खेल कौशलतामा अझ बढी निखारता पक्कै पनि ल्याउने नै छ साथ साथै क्रिकेटले व्यवसायिकता पनि पाउनेछ ।
यस प्रतियाेगिताका लागि हरेक टिमलाई क्यानले गाेलाप्रथा मार्फत एक एक खेलाडी marquee player काे रुपमा दिएकाे थियाे भने अक्सन मार्फत खेलाडी खरिदका लागि ९० लाख नेपाली रुपैयाकाे सिमा ताेकीएकाे थियाे जसमा १४२ खेलाडीकाे लिस्ट बाट ८० खेलाडी बिक्री भए । याे अक्सनमा खेलाडी खरिद गर्न सबैभन्दा बढि खर्च ८४ लाख ७५ हजार लुम्बिनीले गर्याे भने सबैभन्दा कम ६३ लाख चितवनले गर्याे । अक्सनमा सबैभन्दा बढी १५ लाख मुल्यकाे सिमा राखिएकाे थियाे जसमा १२ खेलाडी साे मुल्यमा बिक्री भए त्यसमा पनि नेपाली राष्ट्रिय टिमका सदस्य, विकेट किपर ब्याट्सम्यान अनिल शाहलाई आठ ओटै टिमले साे मुल्य लगाएका थिए ।
यस प्रतियोगितामा खेल्नका लागि हरेक टिमले बढीमा ४ विदेशी खेलाडी ल्याउन पाउने, त्याे देखि वाहेक एक खेलाडी ICC काे एसाेसिएट्स सदस्य राष्ट्र बाट ल्याउन पाउने तथा स्थानिय ट्यालेनट हन्ट गरेर थप एक नेपाली खेलाडी गरी हरेक टिमले जम्मा १६ खेलाडी राख्न पाउने छन । प्रतियोगिताका लागि यी आठ टिमले जम्मा ३७ जना विदेश खेलाडीहरुलाई अनुवन्धित गरेका छन् । विराटनगरले न्युजिलेण्डका मार्टि गप्टिल, ओमनका अकिव इलियास , क्यानडाका निकाेलस किर्टन, स्कटल्याण्डका क्रिस साेल, अफ्गानिस्तानका इस्मात अलाम गरि जम्मा ५ जना विदेशी खेलाडलाई आफ्नो टिममा भित्र्याएकाे छ जाे सँग नेपाली राष्ट्रिय टाेलिका विश्व प्रसिद्ध लेग स्पिन बलर सन्दिप लामिछाने Marquee Player काे रुपमा रहेका छन । यसै गरि बिराटनगरले किनेका अन्य नेपाली खेलाडीहरुमा वसिर अहमद , प्रतिस जिसि, लाेकेस बम, दिपक बाेहरा , सुवास भण्डारी , नरेन भट्ट , म्रिनाल गुरुङ , अनिल खरेल , जितेन्द्र मुखिया र राजेस पुलामि रहेका छन । विराटनगरकाे प्रमुख प्रशिक्षकमा आयरल्यान्डका केभिन ओ ब्रायनले आफ्नो टिमलाई प्रशिक्षण दिईरहेका छन् ।
यसैगरी मधेसकाे जनकपुर बाेल्ट्सले पनि याे पहिलाे सिजनकाे NPL का लागि ५ जना विदेशी खेलाडिका साथमा जम्मा १६ जना खेलाडी अनुवन्धित गरेकाे छ । उसले ल्याएका विदेशि खेलाडीहरुमा पाकिस्तानका साेएव मसुद र माेहमद माेसिन, न्युजिल्यान्डका जेम्स निसम र अमेरिकाका जाेसुहवा ट्रम्प र लाहिरु मिलान्था हुन भने जनकपुरले पाएकाे Marquee player मा नेपाली राष्ट्रिय टिमका विकेट किपर आसिफ शेख रहेका छन् । उसका अन्य खेलाडीहरुमा ललित राजवंशी , अनिल शाह, हेमन्त धामी , किशोर महताे, शुभ कँसकार, शेर मल्ल , रुपेस सिंह, तुल थापा , आकाश त्रिपाठी र अरनिकाे यादव रहेका छन् ।जनकपुरले प्रमुख प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक रहिसकेका श्रीलंकाली प्रशिक्षक पुवुदु दशानायकेलाई टिमकाे बागडोर सुम्पेकाे छ ।
यस्तै काठमाडौं गुर्खाजले आफ्नो टिममा राष्ट्रिय टाेलिका तिव्र गतिका बलर करन केसीलाई marquee player काे रुपमा पाउँदा क्रिस कार्किलाई Iconic player काे रुपमा भित्र्याएकाे छ भने विदेशि खेलाडिहरुमा नामिवियाका गेरहार्ड इरासमस, नेदरल्यान्डस् का माईकल लेभिट, अष्ट्रेलियाका स्टेफेन स्कानेजि र इङ्लेण्डका डान डाउथवेटलाई नेपाल झिकाएकाे छ । यसैगरी उसँग भिम सार्की , साहव आलम, दिपेस कँडेल , कृष्ण कार्की , रसिद खान , विवेक केसी , सुमित महर्जन , शंकर राना, राजु रिजाल र प्रतीक श्रेष्ठ जस्ता नेपाली खेलाडीहरु पनि रहेका छन् । प्रमुख प्रशिक्षकका रुपमा काठमाडौं ले नेपाली प्रशिक्षक बसन्त शाहिलाई जिम्मेवारी दिएकाे छ ।
उता बाग्मति प्रदेश कै अर्को टिम चितवन राइनाेजले marquee player काे रुपमा नेपाली राष्ट्रिय टाेलिकाे उत्कृष्ट ब्याट्सम्यान कुशल मल्ललाई पाएकाे छ । उसले भित्र्याएका ५ जना विदेशी खेलाडीहरुमा इङ्गलेण्डका रवि बाेपरा र लुक बेनकेस्टिन, अफ्गानस्तानका हसन इसाखिल, साउथ अफ्रिकी खेलाडी मारकेान डि लेङ र नामिवियाका जान निकाेल रहेका छन् । उसका अन्य खेलाडीहरुमा रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषवाकर, विपिन रावल , सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह राउटेला, दीपक बोहरा, रञ्जित कुमार र गौतम केसी रहेकाछन् ।चितवनकाे प्रमुख प्रशिक्षककाे जिम्मेवारीमा भारतिय प्रशिक्षक उमेश पटवाल छन् ।
यसैगरी गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पाेखरा एभेन्जर्सले NPL काे पहिलाे संस्करणमा marquee player काे रुपमा नेपाली राष्ट्रिय टाेलिकाे ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई पाएकाे छ । उसले पनि ५ जना विदेश खेलाडीलाई आफ्नो टिममा ल्याएकाे छ जसमा इङ्गलेण्डका माट क्रिटले, वेस्ट इण्डिजका रेमाेन रेइफर, अमेरिकाका एण्ड्रिस गाउस, नेदरल्यान्डस् का बास दि लिडे र स्कटल्याण्डका माइकल लिस्क रहेका छन् । सुदिप अर्याललाई Iconic player काे रुपमा टिममा ल्याएकाे पाेखराले लिएका अन्य खेलाडीहरुमा आकाश चन्द, सागर ढकाल, तर्थराज दास, सुनम गौतम, अमृत गुरुङ , नारायण जोशी , दिनेश खरेल , विपिन खत्री ,दिलिप नाथ र किरण थगुन्ना रहेका छन् । पाेखराले Mentors मा दक्षिण अफ्रिकी पुर्व क्रिकेट खेलाडी जाेन्टि रोड्स लाई राखेकाे छ भने प्रमुख प्रशिक्षकमा भारतीय प्रशिक्षक राजिव कुमारलाई ल्याएकाे छ ।
लुम्बिनी प्रदेशको लुम्बिनी लायन्स ले पनि ४ जना विदेशी खेलाडीलाई आफ्नो टिममा भित्र्याएकाे छ । उसले इङ्गलेण्डका टम मुर, वेस्ट इन्डिजका रेमाेन साइमन्ड्स, पुर्व भारतिय तथा वर्तमान अमेरिकन खेलाडी उन्मुक्त चन्द र अष्ट्रेलिया का अल राउण्डर बेन कटिङ्लाई आफ्नो टिममा लिदा marquee player काे रुपमा उसले नेपाली राष्ट्रिय टिमका कप्तान राेहित पौडेल पाएकाे छ । लुम्बिनी ले किनेका अन्य खेलाडीहरुमा सन्दिप जाेरा, सुर्य तामाङ, अर्जुन साउद, विवेक यादव, विकास अगरि, दिनेश अधिकारी , अभिशेख गौतम, आसुताेस घिरया, दुर्गेस गुप्ता र टिकाराज भण्डारी रहेका छन् भने उसले mentors काे रुपमा पुर्व नेपाली क्रिकेटर शक्ति गौचनलाई टिममा लिएकाे छ । उसकाे प्रमुख प्रशिक्षकमा भारतका नन्दन फाद्निस रहेका छन ।
यसैगरी कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने कर्णाली याक्सले marquee player काे रुपमा नेपाली राष्ट्रिय टाेलिका तिव्र गतिका बलर सोमपाल कामीलाई पाउँदा उसले टिममा भित्र्याएका ४ विदेशी खेलाडीहरुमा भारतिय ब्याट्सम्यान शिखर धवन, पाकिस्तानका हुसेन तालात, वेस्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हायत रहेका छन । यसैगरी कर्णालिले टिममा ल्याएका थप नेपाली खेलाडीहरुमा गुलसन झा, देव खनाल, भुवन कार्की , मौसम ढकाल, दिपेन्द्र रावत, दिपक ढकाल,रित गौतम, अर्जुन घर्ती , युनिस सिंह र नन्दन यादव रहेका छन् । प्रमुख प्रशिक्षककाे रुपमा पुर्व राष्ट्रिय खेलाडि ज्ञानेन्द्र मल्ललाई जिम्मेवारी दिएकाे छ कर्णाली याक्सले ।
यस्तै अर्काे टिम रहेकाे छ सुदुर पश्चिम राेयल्स जस्ले marquee player काे रुपमा हाल विश्व वरियतामा दाेस्राे नम्बर मा रहेका नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीलाई पाएकाे छ भने उसले पनि ४ जना विदेश खेलाडी टिममा ल्याएकाे छ । ती विदेशी खेलाडीहरुमा स्कटल्याण्डका अल राउण्डर ब्रान्डम म्याककुलम, इङ्गलेण्डका अल राउण्डर सेइफ जाइव, न्युजिल्यान्डका अलराउण्डर स्कट कुगेलिन र यु ए ई का अलराउण्डर राेहन मुस्ताफा रहेका छन । यसैगरी सुदुर पश्चिमका लागि खेल्ने थप खेलाडीहरुमा विनाेद भण्डारी , आरिफ शेख, अभिनास बाेहाेरा, नरेश बुढाएर, भाेजराज भट्ट , खडक बाेहाेरा, अरजुन कुमाल, इसान पाण्डे, नरेन साउद र अमित श्रेष्ठ रहेका छन ।
पहिलो पटक हुन लागेकाे नेपाली व्यवसायिक क्रिकेट लिगले शुरुवात भन्दा अघि नै केही लाेकप्रियता पाउन थाली सकेकाे छ । चाहे त्याे विदेशी खेलाडीकाे आगमनले हाेस या प्रत्यक्ष प्रसारणका लागि जिम्मेवारी विश्व प्रसिद्ध स्पाेर्ट्स च्यानल starsports पाउदै गर्दा हाेस् । जे भए पनि याे प्रतियोगिताकाे सफलता र असफलताले नेपाली क्रिकेटकाे आगामि भविष्यकाे लेखाजोखा गर्न सकिने कुरा भने समबन्धित पक्षहरुले पक्कै पनि अनुमान लगाएकाे हुनु पर्छ ।