मेचीनगर, मंसिर २ । झापाको चारआली साना शहरी तथा खानेपानी सरसफाई उपभोक्ता समितिको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन चिमरिया विजयी हुनु भएकाे छ ।
शनिवार सम्पन्न चुनावकाे मतगणनाकाे अन्तिम परिणाम अनुसार साझा प्यानलका चिमरियाले ९११ मत प्राप्त गरि विजयी हुनु भएकाे हाे । अध्यक्ष पदका एमालेका उम्मेद्वार सन्तोस मेचेले ४९३ र काँग्रेसका तर्फबाट अध्यक्षका उम्मेद्वार बालकुमार बिष्टले २७२ मत ल्याउनु भएको छ ।
उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा समेत साझा प्यानलकै उम्मेद्वार विजयी हुनु भएका छन । उपाध्यक्षमा साझा प्यानलका मैया कार्कीले ६०६ मत ल्याउदा एमालेका पुष्पा गौतम खनालले ५२० मत र काँग्रेसका दीपा आचार्य पौडेलले ३८५ मत ल्याउनु भएको छ ।
सचिवमा साझा प्यानलका प्रेमराज घिमिरेले ६६४ मत प्राप्त गरी विजयी हुनुभयाे । सचिवमा एमालेका दामोदर घिमिरेले ५१६ मत र काँग्रेसका राजेन्द्र रिजालले ३४२ मत पाउनु भएको छ । त्यस्तै कोषाध्यक्षमा साझा प्यानलका साउन मेचेले ५७७ मत ल्याएर विजयी हुनु भयाे । एमालेका प्रकाश बरालले ५५८ र काँग्रेसका यमकान्त पौडेलले ३७८ मत ल्याउनु भएको छ ।
सदस्य पदमा समेत अधिकाशं साझा प्यानलकै उम्मेद्वारहरू विजयी भएका छन भने एक जना सदस्य एमालेबाट विजयी हुनु भएको छ । सदस्यमा साझा प्यानलका पुरुसोत्तम सिग्देल, चन्दकला तवेबुङ लिम्बु, तेज बहादुर लिम्बु, अन्जु फेवादिनले विजयी हुँदा एमालेका हरि प्रसाद घिमिरेले विजयी हुनु भएको छ ।
सिग्देलले ६१९, तवेबुङ ६१३, लिम्बु ६७३, फेवादिनले ५८९ र घिमिरेले ५८३ मत ल्याएर विजयी हुनु भएको थियो । सदस्य पदका अन्य उम्मेद्वारहरु लक्ष्मी घिमिरे ३४७, कुमार प्रसाद भण्डारी ४९३, रम्भाकुमारी राजबंशी ३४२, लिलादेवी कार्की ५१०, धनमाया बस्नेत ३४४, राजेन्द्र कार्की ५००, सुकुमार मेचे ३९६, डिल्लीराम अधिकारी ४७८, शान्ता नेम्वाङ ३६२ र भगिरथा खतिवडाले ४९६ मत प्राप्त गर्नु भएको थियो ।
लेखा समिति संयोजक र सदस्य पदमा समेत साझा प्यानलकै उम्मेद्वारहरु विजयी भएका छन । लेखा समिति संयोजकमा रास्वपाका अर्जुन खनाल ५३२ मत ल्याएर विजयी हुनु भएको छ । संयोजक पदका काँग्रेसका उम्मेद्वार मोहन अधिकारीले ५०८ र एमालेका संयोजक पदका उम्मेद्वार रेवत कुमार दाहालले ४७१ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै लेखा समिति सदस्यहरुमा पनि राप्रपाका रुद्रप्रसाद रिजाल र माओवादी केन्द्रका रितादेवी रिजाल न्यौपानेले विजयी हुनु भएको छ । रुद्रप्रसादले ६२४ मत पाउँदा सदस्यका एमाले उम्मेद्वार श्रीप्रसाद थापाले ४७९ र काँग्रेसका हरिप्रसाद रिमालले ३२८ मत पाउनु भएको छ । लेखा समिति सदस्य महिला तर्फ साझा प्यानलकी रितादेवी रिजाल न्यौपानेले ५७९ मत पाउँदा एमालेका विमला मिश्रले ५३० र काँग्रेसकी जमुना देवी ओली खरेलले ३२१ मत प्राप्त गर्नु भएको छ ।
लेखा समिति संयोजक र सदस्य पदमा समेत साझा प्यानलकै उम्मेद्वारहरु विजयी भएका छन । लेखा समिति संयोजकमा साझा प्यानलका अर्जुन खनाल ५३२ मत ल्याएर विजयी हुनु भएकाे छ । संयोजक पदका काँग्रेसका उम्मेद्वार मोहन अधिकारीले ५०८ र एमालेका संयोजक पदका उम्मेद्वार रेवत कुमार दाहालले ४७१ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै लेखा समिति सदस्यहरुमा पनि साझा प्यानलकै उम्मेद्वाहरु रुद्रप्रसाद रिजाल र रितादेवी रिजाल न्यौपानेले विजयी हुनु भएको छ । रुद्रप्रसादले ६२४ मत पाउँदा सदस्यका एमाले उम्मेद्वार श्रीप्रसाद थापाले ४७९ र काँग्रेसका हरिप्रसाद रिमालले ३२८ मत पाउनु भएको छ । लेखा समिति सदस्य महिला तर्फ साझा प्यानलकी रितादेवी रिजाल न्यौपानेले ५७९ मत पाउँदा एमालेका विमला मिश्रले ५३० र काँग्रेसकी जमुना देवी ओली खरेलले ३२१ मत प्राप्त गर्नु भएको छ ।
काँग्रेस र एमाले प्यानल नै उम्मेद्वार छन भने साझा प्यानलमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), संघीय समाजवादी लगायतका दलहरुले संयुक्त रुपमा उम्मेद्वार चुनावी मैदानमा थिए ।
चारआली खानेपानीमा मेचीनगर नगरपालिका वडा नं ११, १२, १३ र १४ का दुई हजार ६ सय ९५ जना मतदाता मध्ये एक हजार ७ सय ८१ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक सन्तोस न्यौपानेले जानकारी दिनु भयो ।