मेचीनगर, मंसिर २ । मेचीनगर, मंसिर २ । झापाको चारआली साना शहरी तथा खानेपानी सरसफाई उपभोक्ता समितिको मतगणनामा काँग्रेस र एमालेलाई पछाडी पार्दै साझा प्यानलका तर्फबाट माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार राजन चिमारियाले जीत नजिक पुग्नु भएको छ । वहाँले काँग्रेस र एमालेका उम्मेद्वारलाई फाराकिलो मतान्तरले अग्रता लिनु भएको छ ।
शनिवार भएको निर्वाचनको जारी मतगणनामा एक हजार एक सय ८१ मतगणना हुँदा चिमरियाले ६०४ मत ल्याउनु भएको छ भने एमालेका तर्फबाट अध्यक्षका उम्मेद्वार सन्तोस मेचेले ३२० र काँग्रेसका तर्फबाट अध्यक्षका उम्मेद्वार बालकुमार बिष्टले १९४ मत ल्याउनु भएको छ ।
उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा समेत साझा प्यानलकै उम्मेद्वारहरूले अग्रता लिएका छन । उपाध्यक्षमा साझा प्यानलका मैया कार्कीले ४०७ मत ल्याउदा एमालेका पुष्पा गौतम खनालले ३४० मत र काँग्रेसका दीपा आचार्य पौडेलले २६२ मत ल्याउनु भएको छ ।
सचिवमा साझा प्यानलका प्रेमराज घिमिरेले ४५५ मत प्राप्त गर्नु भएको छ । त्यस्तै सचिवमा एमालेका दामोदर घिमिरेले ३३६ र काँग्रेसका राजेन्द्र रिजालले २२२ मत पाउनु भएको छ । त्यस्तै कोषाध्यक्षमा साझा प्यानलका साउन मेचेले ३८३ मत पाउदा एमालेका प्रकाश बरालले ३५७ र काँग्रेसका यमकान्त पौडेलले २५८ मत ल्याउनु भएको छ ।
सदस्य पदमा समेत अधिकाशं साझा प्यानलकै उम्मेद्वारहरुले अग्रता लिएका छन । मतगणना स्थलबाट प्राप्त जानकारी अनुसार सदस्यका साझा प्यानलका उम्मेद्वारहरु पुरुसोत्तम सिग्देल, चन्दकला लिम्बु, तेज बहादुर लिम्बु, अन्जु फेवादिनले अग्रता कायम गर्नु भएको छ भने एमालेका सदस्य पदका उम्मेद्वार हरि प्रसाद घिमिरेले अग्रता कायम गर्नु भएको छ ।
लेखा समिति संयोजक र सदस्य पदमा समेत साmझा प्यानलकै उम्मेद्वारहरुले अग्रता लिएका छन । पछिल्लो मतगणनामा लेखा समिति संयोजकमा साझा प्यानलका अर्जुन खनाल ३५७ मत ल्याउनु भएको छ । त्यस्तै काँग्रेसका संयोजक पदका उम्मेद्वार मोहन अधिकारीले ३४२ र एमालेका संयोजक पदका उम्मेद्वार रेवत कुमार दाहालले २९९ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै लेखा समिति सदस्यहरुमा पनि साझा प्यानलकै उम्मेद्वाहरु रुद्रप्रसाद रिजाल र रितादेवी रिजाल न्यौपानेले अग्रता कायम गर्नु भएको छ । रुद्रप्रसादले ४३१ मत पाउँदा सदस्यका एमाले उम्मेद्वार श्रीप्रसाद थापाले ३१६ र काँग्रेसका हरिप्रसाद रिमालले २२४ मत पाउनु भएको छ । लेखा समिति सदस्य महिला तर्फ साझा प्यानलकी रितादेवी रिजाल न्यौपानेले ४०४ मत पाउँदा एमालेका विमला मिश्रले ३४६ र काँग्रेसकी जमुना देवी ओली खरेलले २२१ मत प्राप्त गर्नु भएको छ ।
काँग्रेस र एमाले प्यानल नै उम्मेद्वार छन भने साझा प्यानलमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले संयुक्त रुपमा उम्मेद्वार उठाएका छन ।
चारआली खानेपानीमा मेचीनगर नगरपालिका वडा नं ११, १२, १३ र १४ का दुई हजार ६ सय ९५ जना मतदाता मध्ये एक हजार ७ सय ८१ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक न्यौपानेले जानकारी दिनु भयो ।