झापा, कार्तिक २६ । झापाको चारआली साना शहरी तथा खानेपानी सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि स्थानीय राजनीतिक दलहरुको तीन वटा समूहबिच चुनावी भिडन्त हुने भएको छ । दलहरुले तीन वटा प्यानल बनाएर उम्मेद्वारी दर्ता गराए पछि त्रिपक्षीय भिडन्त हुने निश्चित भएको हो ।
आइतबार सम्पन्न उम्मेद्वारी दर्तामा नेपाली काँग्रेस र नेकपा एमालेले छुट्टा छुट्टै प्यानल बनाएर उम्मेद्वारी दर्ता गराएका छन । त्यस्तै नेकपा माओवादी केन्द्रको नेतृत्वमा रास्वपा, राप्रपा, नेकपा एस लगायतका दलहरुले संयुक्त प्यानल तयार गरी उम्मेद्वारी दर्ता गराएका छन ।
काँग्रेसले बालकुमार बिष्टको नेतृत्वमा प्यानल बनाएको छ भने एमालेले सन्तोस मेचेको नेतृत्वमा प्यानलले उम्मेद्वारी दिएको छ । त्यस्तै माओवादी केन्द्रको नेतृत्वमा बनेको संयुक्त प्यानलको नेतृत्व राजन चिमरियाले गर्नु भएको छ । काँग्रेसले उपाध्यक्षमा दीपा पौडेल, सचिवमा राजेन्द्र रिजाल र कोषाध्यक्षमा यमकान्त पौडेलको उम्मेद्वारी दर्ता भएको छ । त्यसैगरी सदस्यमा सुकुम्बार मेचे, रम्बा राजबंशी, धनमाया बस्नेत, लक्ष्मी घिमिरे रहेका छन । लेखा समितिको संयोजकमा मोहन अधिकारी र सदस्यमा हरिप्रसाद रिमाल र जमुना ओलीलाई काँग्रेसले उम्मेद्वार बनाएको छ ।
त्यस्तै एमालेका तर्फबाट उपाध्यक्षमा पुष्पा गौतम, सचीवमा दामोदर घिमिरे, कोषाध्यक्षमा प्रकाश बराल र सदस्यहरुमा हरि घिमिरे, कुमार भण्डारी, राजेन्द्र कार्की, भागिदार खतिवडा, लीला कार्कीले उमेद्वारी दिएका छन । लेखा संयोजक रेवत दाहाल, सदस्यहरु श्रीप्रसाद पाठक, बिमला मिश्रलाई एमालेले उम्मेद्वार बनाएको छ ।
त्यसैगरी माओवादी केन्द्रको नेतृत्वमा बनेको संयुक्त प्यानलले उपाध्यक्षमा मैया कार्की, सचिवमा प्रेमराज घिमिरे र कोषाध्यक्षमा साउन मेचे बादलको उम्मेद्वारी दर्ता गराएको छ । सदस्यहरु डिल्लीराम अधिकारी, चन्द्रकला आङदाम्बे, पुरुषोत्तम सिग्देल, अञ्जु फेवदिन र तेजबहादुर लिम्बु उम्मेद्वार छन । त्यस्तै लेखा संयोजक अर्जुन खनाल र सदस्य टीकाराम रिजाल र रीतादेबी रिजालको उम्मेद्वारी दर्ता भएको छ ।
मेचीनगर नगरपालिका वडा नंं ११, १२, १३ र १४ का दुई हजार ६ सय ९५ जना मतदाता रहेको चारआली खानेपानी उपभोक्ता संस्थाको निर्वाचन मंसिर १ गते हुने निर्वाचन समितिका संयोजक सन्तोस न्यौपानेले जानकारी दिनुभयो ।