मेचीनगर, कार्तिक १८ । झापाको मेचिनगर नगरपालिका वडा न २ स्थित भानु माध्यमिक विद्यालयले विद्यार्थीका अतिरिक्त कृयाकलाप सन्चालनमा सहयोग सङ्कलन गर्ने उद्धेस्यले हिजोदेखि देउसी खेल्न थालेको छ । बाल क्लब र जुनियर रेडक्रस सर्कलको आयोजनामा भएको सो देउसी हिजो विद्यालयको सेवा क्षेत्र भृकुटी चोकबाट शुरु भएको हो ।
आर्थिक श्रोतका अभावले विद्यार्थीहरुलाइ विभिन्न सांस्कृतिक कृयाकलाप सन्चालन गर्न तथा विद्यार्थीका प्रतिभा प्रस्फुटन गर्न विभिन्न कार्यक्रम गर्न विद्यालयमा श्रोतको अभाव भएकाले देउसीको आयोजना गर्नु परेको विद्यालयका प्रधानाध्यापक खडग कुमारी तिम्सिनाले बताउनु भयो । देउसी कार्यक्रम ३ दिन सम्म चल्ने र कार्तिक २७ गते विद्यालयमा शिक्षक, अभिभावक, विद्यार्थी माझ सामुहिक देउसी खेलेर समापन गरिने प्रधानाध्यापक तिम्सिनाले बताउनु भयो ।
देउसी कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावकको सहभागिता रहेको छ । पहिलो दिनको देउसीमा मेचिनगर नपा वडा २ का वडा अध्यक्ष दीपक बराल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम बन, पूर्व विद्यार्थी समाजका पूर्व अध्यक्ष गोपीकृष्ण रिजाल , विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष ओम चौहान, पूर्व विद्यार्थी तथा रोङ गाउँपालिका इलामका प्रशासकीय अधिकृत विनोद चौहान, डोरेमी संगीत विद्यालयका प्रशिक्षक तथा संगीतकार गायक भानु ढकाल, पूर्व विद्यार्थी समाजका अध्यक्ष पुरुषोत्तम काफ्ले उपाध्यक्ष राजकुमार घिमिरे, विद्यालयका पूर्व विद्यार्थी अमर विकास रिजाल ,सामाजिक व्यक्तित्व हरि राई, राम लकान्द्री, महेन्द्र ढकाल लगायतको उपस्थिति रहेको थियो ।