बिर्तामोड, असोज ५ । मानव अधिकार तथा शान्ति समाज (हुर्पेस) झापाको सभापतिमा बिर्तामोडका प्रकाश दाहाल चयन हुनु भएको छ । संस्थाको आज झापाको विर्तामोडमा सम्पन्न बार्षिक साधारण सभाले दाहाललाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । साधारण सभाले संस्थाको उपसभापतिमा रमेशकुमार दाहाल, सचिवमा युवराज ढकाल, सहसचिवमा देवेन्द्र पौडेल र कोषाध्यक्षमा प्रमिला गौतम सर्बसम्मत चयन हुनु भएको छ ।
इन्द्रचन्द्र क्याम्पसको सभाकक्षमा सम्पन्न साधारण सभाले आगामी दुई बर्षे कार्यकालका लागि कार्यसमिति सदस्यहरुमा खड्गकुमारी तिम्सिना, सिला खवास, पवित्रा दर्नाल, निर्मला रिमाल, तौफिक अहमद शेख, बिष्णु प्रसाद भट्टराईलाई चयन गरेको निर्वाचन अधिकृत टिकेन्द्र खनालले जानकारी दिनुभयो । त्यस्तै हरिप्रसाद रिमाल, प्रेमप्रकाश भण्डारी, धनु भट्टराई र देवेन्द्र हुमागाई पनि कार्यसमिति सदस्यमा चयन हुनु भएको निर्वाचन अधिकृत खनालले जानकारी दिनुभयो ।
मानव अधिकार तथा शान्ति समाज झापाकी सभापति शुशिला रिजालको सभापतित्व तथा समाजका केन्द्रीय सचिव तथा साधारण सभाका लागि केन्द्रीय पर्यवेक्षक लक्ष्मीनारायण मिश्र प्रमुख वक्ताका रुपमा रहनु भएको साधारण सभामा सभापति रिजालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
केन्द्रीय पर्यवेक्षक मिश्र, समाजका केन्द्रीय सदस्य ज्ञानेन्द्र निरौला, समाजका झापाका पुर्व सभापति तथा पुर्व केन्द्रीय सदस्य पुष्पराज पौडेलले शुभकामना मन्तव्यसंगै समाजका केन्द्रीय कार्यक्रम र जिल्ला शाखाबाट खेल्नु पर्ने भुमिकाका बारेमा जानकारी गराउनु भएको थियो ।
झापाका पुर्व सभापति तेजप्रसाद चौलागाईले सर्बसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिको नामावली घोषणा गर्नु भएको कार्यक्रममा नवनिर्वाचित सभापति प्रकाश दाहालले स्वीकारोक्ती मन्तब्य राख्नु भएको थियो ।
समाज झापा शाखाका पुर्व सभापतिहरु महेन्द्र विलाश लुईटेल, विवेक निरौला, लिलाप्रसाद भण्डारी लगायतको उपस्थीति रहेको साधारण सभा उपसभाति प्रकाश दाहालले स्वागत तथा सदस्य रमेश दाहालको सञ्चालनमा सम्पन्न भएको थियो ।