मेचीनगर, असोज २ । नेकपा एमालेले मेचीनगरका वडाहरुको अधिवेशन सम्पन्न गरेको छ । राजु कार्की अध्यक्षतामा एमाले मेचीनगरको नयाँ कमिटि निर्वाचित भएको छोटो समयमा नै वडा अधिवेशनहरु सम्पन्न गर्न एमाले नगर कमिटि सफल भएको छ । भदौ १६ गते शुरु गरेर भदौ २९ गते भित्र वडा अधिवेशन सम्पन गरेको नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्कीले बताउनु भयो ।
एमाले मेचीनगर १ को अधिवेशनले डिकेन्द्र थापाको अध्यक्षतामा कमिटि निर्माण भएको छ भने वडा नंं. २ को अध्यक्षमा रेनु काफ्ले चयन हुनु भएको छ । त्यसैगरी वडा नं. ३ को अध्यक्षमा राजेन्द्र थापा चयन हुनु भएको छ भने वडा नं. ४ को अध्यक्षमा तीर्थ नेपाल चयन हुनु भएको छ ।
एमाले मेचीनगर ५ को वडा अधिवेशनले रविन राउतको अध्यक्षमा वडा कमिटि गठन गरेको छ । वडा नं. ६ मा राजु पौडेलको अध्यक्षतामा एमालेले वडा कमिटि बनाएको छ भने वडा नंं. ७ को अध्यक्षमा दावा तामाङ चयन हुनु भएको एमाले मेचीनगरले जनाएको छ ।
त्यसैगरी वडा नं. ९ को अध्यक्षमा राजन खड्का चयन हुँदा वडा नं. १० को अध्यक्षमा उमेश डाँगी चयन हुनु भएको छ । त्यस्तै एमाले मेचीनगर ११ को वडा अधिवेशनबाट राजकुमार रिजालको अध्यक्षमा नयाँ कमिटि गठन गरेको छ भने वडा नं. १२ को अध्यक्षमा रुपेश अधिकारी चयन हुनु भएको एमाले मेचीनगरले जनाएको छ ।
त्यस्तै एमाले मेचीनगर १३ को वडाको अधिवेशनबाट भोजराज अधिकारीलाई अध्यक्षमा चयन गरिएको छ भने वडा नं. १४ को अध्यक्षमा मोहन राउत चयन हुनु भएको छ । मेचीनगर १५ एमालेको वडा अध्यक्षमा चेतराज बिष्ट चयन हुनु भएको एमाले मेचीनगरले जानकारी दिएको छ ।
जारी वडा अधिवेशनकै क्रममा नेकपा एमाले मेचीनगरका नेता हेम कार्कीको निधन भएकाले वडा नं. ८ को वडा अधिवेशन स्थगित गरिएको एमाले मेचीनगर अध्यक्ष राजु कार्कीले बताउनु भयो । अध्यक्ष कार्कीका अनुसार स्वर्गिय नेता हेम कार्कीको १३ दिनको काजकिरिया सकिए पछि वडा नं. ८ को अधिवेशन गरिने छ ।