झापा, भदौ १९ । झापा बिर्तामोड स्थित अनारमनी क्याम्पसको सञ्चालक समितीको अध्यक्षमा डाक्टर लक्ष्मी प्रसाद मैनाली चयन हुनुभएको छ । आज सम्पन्न क्याम्पसको साधारणसभाले उपाध्यक्षमा कृष्ण प्रसाद विमली,कोषाध्यक्षमा जानुका मगर र सदस्यहरुमा सुस्मा पौडेल,पंकज राजवंशी,सोमनाथ तिम्सिना,आशिष गिरी,विनोद गौतम र युवराज प्रसाइ चयन हुनुभएको छ ।
बिर्तामोड ३ का वडाअध्यक्ष मदन बुढाथोकी र निर्वतमान अध्यक्ष राजकुमार पोखरेल समितीको पदेन सदस्य रहनुहुनेछ । समितीको सचिवमा क्याम्पस प्रमुख मोहन शिवाकोटी रहनुहुनेछ ।
साधारण सभाको अवसरमा क्याम्पस सञ्चालनका लागि सहयोग गर्ने दाताहरु हर्कलाल गिरी,राजेश खड्का,भुपेन्द्र सिहं राजवंशी र शिक्षक भरत भट्टराईलाई योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो । साधारण सभाकै अवसरमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरु शोभा ओली,साजन लिङ्देन,कविता पाण्डे र बर्षा राईलाई जनही दुइ हजार पाँच सय नगद सहित प्रशंशा पत्र प्रदान गरिएको थियो ।
क्याम्पस सञ्चालक समितीका अध्यक्ष राजकुमार पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समाजसेवी हर्कलाल गिरी,मेची क्याम्पस भद्रपुरका पुर्वप्रमुख उमानाथ ओली,वडाअध्यक्ष मदन बुढाथोकी,खड्ग खरेल, निरा प्रधान,शोभा ओली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
क्याम्पस प्रमुख मोहन शिवाकोटीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा उपाध्यक्ष कृष्ण प्रसाद विमलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालक समिती सदस्य सुस्मा पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।