काकरभिट्टा, भदौ १५ । निरौला बन्धु सेवा समाज मेचीनगरको अध्यक्षमा तुलशीप्रसाद निरौला चयन हुनु भएको छ । समाजको आज सम्पन्न १५ औं बार्षिक भेला तथा प्रथम अधिवेशनबाट उपाध्यक्षमा रमेशराज निरौला, सचिवमा चन्द्रप्रसाद निरौला, कोषध्यक्षमा रमेश निरौला र सहसचिवमा प्रेम निरौला सर्बसम्मत चयन हुनु भएको निर्वाचन समितिका सदस्य शान्ता निरौलाले जानकारी दिनुभयो ।
त्यस्तै सदस्यहरुमा पुण्डेप्रसाद निरौला, धर्मानन्द निरौला, पर्शुराम निरौला, अनिसा गौतम निरौला, चेतन निरौला र दिपक निरौला चयन हुनु भएको छ । त्यस्तै मञ्जु निरौला, दुर्गादेवी निरौला, सुनिता निरौला र देबेन्द्र निरौला पनि कार्यसमिति सदस्य चयन हुनु भएको हो ।
आज सम्पन्न साधारण सभाले यादव निरौलाको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ । लेखा समितिको सदस्यमा लेखनाथ निरौला र कुसुम निरौला चयन हुनु भएको निर्वाचन समिति सदस्य शान्ता निरौलाले जानकारी दिनुभयो ।
काकरभिट्टास्थीत खानेपानी संस्थाको सभाहलमा तुलशीप्रसाद निरौलाको सभापतित्वमा सम्पन्न साधारण सभा प्रमुख अतिथि निरौला बन्धु समाज केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष लक्ष्मीप्रसाद निरौलाले बन्धुहरु बिचको आपसी सदभाव र समन्वय गरी पारिवारिक उन्नयनको काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा मेचीनगर नगरपालिकाका न्यायिक समितिका सदस्य कुन्दन निरौला, निरौला बन्धु समाजका सल्लाहाकार ज्ञानेन्द्र निरौला र दुर्गा प्रसाद निरौलाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारण सभाकै अवसरमा तीज बिषेश कार्यक्रम समेत सञ्चालन साथै निरौला बन्धुका सदस्य परिवारबाट २०८० को एसईई परीक्षमा उतिर्ण बिद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम सचिव चन्द्र प्रसाद निरौलाको सञ्चालनमा सम्पन्न भएको थियो ।