झापा, साउन २५ । सगरमाथा यातायातले कम्पनीका विभिन्न ६ वटा काउन्टरका इन्चार्जहरु (स्टेन इन्चार्ज) लाई सम्मान गरेको छ ।
सगरमाथा यातायात प्रालिको मेचीनगर–७ स्थित केन्द्रीय कार्यालयमा शुक्रवार आयाेजित प्रशिक्षण कार्यक्रममा प्रालिकाे काकरभिट्टाकाे इन्चार्ज गौतम मजुम्दार (बिकि) , बिर्तामोड इन्चार्ज मनाेज बस्नेत, इटहरी इन्चार्ज दिल कुमार राइ (दिलु) , विराटनगर इन्चार्ज शेषराज आले मगर (जीवन ), धरान इन्चार्ज हिमाल पाण्डेलाई सम्मान गरेकाे सगरमाथा यातायात प्रालिका अध्यक्ष नविन काेईरलाले बताउनु भयाे ।
अध्यक्ष काेईरालाका अनुसार विराटनगर, धरान, इटहरी र झापाका काउन्टरका इन्चार्जहरुलाई प्रशिक्षण प्रदान गरिएकाे बताउनु भयाे ।
यातायात क्षेत्रलाई मर्यादित र यात्रु मैत्रीकाे वातावरण बनाउने अभियान अनुसार स्टेन ईन्चार्जहरूसहित यातायातका कर्मचारीहरूलाई प्रशिक्षण दिईएकाे अध्यक्ष काेईराला बताउनु भयाे ।
कम्पनीले अम्पाङ्गता भएका, असक्त, डायलासिस गरिरहेका विरामीहरुलाई गाडी भाडामा ५० प्रतिशत छुट दिने, त्यस्तै ज्येष्ठ नागरिक, विद्यार्थी र पत्रकारलाई यातायातमा विशेषकाे व्यवस्था गरिएकाे अध्यक्ष काेइरालाले जानकारी दिनु भयाे ।
सगरमाथा यातायातकाे अहिले ३० वटा बस काकरभिट्टा बिराटनगर , धरान रूटमा चलिरहेका छन भने केही दिनमा थप ६ वटा नयाँ बस थपिने अध्यक्ष काेईरालाले बताउनु भयाे ।