यसपालीको दसैंमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् ।
पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरेका हुन् । पूर्वराजाका सहयोगी फणिराज पाठकले शाहका नाममा हिजो एक विज्ञप्ती जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेको जनाएका छन् ।
त्यस्तै, उक्त विज्ञप्तीमा शाहले विजयनदशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका छन् ।
उक्त विज्ञप्तीमा भनिएको छ, ‘मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गरिबक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।’
उता, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टिका नगाउने तयारी गरिरहेको स्रोतले बताएको छ ।
अनुसार यस वर्ष कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् । जस अनुसार विजयनदशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका छन् ।
पाठकले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गरिबक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।’