मेचीनगर,साउन १६ । झापाको काँकरभिट्टामा २२५ घन लिटर क्षमताको ओभर हेड टेंकी शिलान्यास गरिएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले मेचीनगर –६ स्थित रमाइलो गाउँमा २२५ घन लि. क्षमताको ओभर हेड टेंकी शिलान्यास गरेको हो ।
काँकरभिट्टा सहलगानी अन्तरर्गत निमार्ण भइरहेको ओभर हेड टेंकीको आज एक कार्यक्रमका बिच मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शिलान्यास गर्नुभएको छ ।
खानेपानी विस्तार अभियानलाई तीब्रता दिएको संस्थाले तीन साता अघि मात्रै मेचीगर– ५ स्थित सिर्जना टोलमा ४५० घन लिटर क्षमताको ओभरहेड टेंकी शिलान्यास गरेको थियो । यिे दुबै टेंकीको कुल लागत १० करोड ४८ लाख रहेको खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यालय प्रमुख दीपक पोख्रेलले जानकारी दिनुभयो ।
३० महिनामा दुबै ओभरहेड टेंकीको निर्माण कार्य सक्नेगरी निर्माण ब्यवसायी पारस लामिछानेले जिम्मा लिनुभएको छ । मेचीनगर ५ मा निर्माणधिन टेंकी र रमाइलो गाउँको टेंकीले करिव २३ सय घरधुरी लावान्वीत हुन सक्ने कार्यालयले जनाएको छ ।
कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगर– ६ का वडाध्यक्ष ललित बहादुर तामाङ, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, इप्रका काँकरभिट्टाका डिएसपी मिन बहादुर लामा, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्री, राप्रपाका नगर अध्यक्ष होम विष्ट, खानेपानीका पूर्व अध्यक्ष सूर्य प्रकाश उप्रेती, धनप्रसाद गुरुङ बाहुनडाँगी खानेपानी उपभोक्ता समितिका अध्यक्ष सनद कुमार अधिकारी लगयतको आतिथ्यता रहेको थियो ।
काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष रोहित कुमार बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोविन्द गिरीले स्वागत तथा सचिव विशाल तामाङले सञ्चालन गर्नुभएको थियो ।