धुलाबारी, कार्तिक १ ।
झापाको मेचीनगर नगरपालिकाले आफैंले सार्वजनिक गरेको सूचना कार्यान्वयन भए नभएको अनुगमन र नियन्त्रण नगर्दा धुलाबारी बजारमा क्षेत्र कोरोना संक्रमणको उच्च जोखिम हुँदै गएको छ ।
दशैंको भिडभाडलाई नियन्त्रण गर्न भन्दै नगरपालिकाले असोज २५ गते सार्वजनिक सूचना जारी गरी कहीं कतै दशैंको पुजा गर्न वा अन्य प्रयोजनका लागि अस्थाई संरचना नबनाउन आवहान गर्यो । स्थानीय सरकारको निर्णय कानून सरह हुने भए पनि नगरपालिकाले प्रभावकारी अनुगमन र कानून उल्लघंन गर्नेमाथी कारबाही गर्न नसक्दा नगरका विभिन्न स्थानमा अस्थाई संरचना बनाउने र भिडभाड बढाउने क्रम दैनिक रुपमा बढेको छ ।
मेचीनगरको धुलाबारी बजार क्षेत्रमा अस्थाई संरचना बनाएर दुर्गा पुजा गर्ने र ठुलठुला पण्डाल बनाएर फलफुल बिक्रि गर्ने सम्मको काम भइरहँदा समेत पनि नगरपालिका मुख दर्शक मात्र भएको छ ।
धुलाबारी हाट बजारमा बिगतदेखि पण्डाल बनाएर गरिने दुर्गा पुजा यो बर्ष पनि निरन्तर छ । बिगत भन्दा केही सानो भए पनि यो बर्ष पनि नगरको सूचना बिपरीत पण्डाल बनाएर हाटबजार क्षेत्रमा दुर्गा पुजा शुरु गरिएको छ ।
त्यस्तै धुलाबारी चौकमा पुर्वपश्चिम राजमार्गसंगै जोडिएका फलफुल पसल तथा होटलहरुले मानिसको भिडभाड बढाउने गरी अस्थाइ रुपमा पण्डाल बनाएर पसल बिस्तार गरेका छन ।
नगरपालिकाको सूचना बिपरित किन पण्डाल बनाएर पुजा गर्न छुट दिनु भयो भन्ने प्रश्नमा मेचीनगरका कार्यपालिका सदस्य कृष्ण कनालले परम्परागत रुपमा चल्दै आएको पुजा मात्रै गर्ने गरि आलो पालो गरेर पुजा गर्न हाटबजारका ब्यवशायीलाई भनिसकीएको बताउनु भयो । कनालका अनुसार बिगतको भन्दा सानो आकारमा मात्रै पण्डाल बनाएर पुजा मात्रै गर्ने तर सांस्कृति कार्यक्रम भने हुँदैन ।
हाटबजार क्षेत्रमा दुर्गा पुजा नगर्दा धुलाबारी बजारमा अनिष्ट हुने ब्यवशायीहरुले बताउने गरेकाले नै पुजालाई निरन्तरता दिन मात्रै सानो पण्डाल बनाएको धुलाबारी बजारका स्थानीय युवा रचिन्द्र श्रेष्ठले बताउनु भयो ।
दशैं नजिकिएसंगै धुलाबारी बजार क्षेत्रमा दैनिक भिडभाड बढ्न थालेको र सामान्य स्वास्थ्य सुरक्षाका उपायहरु समेत पालना नगरका कारण जुनसुकै बेला धुलाबारी क्षेत्रमा कोरोनाको संक्रमण ह्वात्तै बढ्न सक्ने चिन्ता पलाएको स्थानीयहरु बताउछन ।
नगरपालिकाको सूचनालाई बेवास्था गर्दै मागुरमाडीमा भोलिदेखि पुराण, छिमेकी त्रासमा