काकरभिट्टा, साउन १५ । झापाकाे काकरभिट्टा माद्यमिक विद्यालयकाे बैंक खाताबाट ४ लाखभन्दा बढी रूपैया अनाधिकृत रूपमा निकालिएकाे खुलासा भएकाे छ । विद्यालयकाे नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखामा रहेकाे खाताबाट हस्ताक्षर किर्ते गरी पटक पटक गरी ४ लाख १८ हजार रूपैयाँ निकालिएकाे विद्यालयका सहायक प्रधानाध्यापक मदन अधिकारीले बताउनु भयाे ।
सहायक प्रधानाध्यापक अधिकारीका अनुसार २० पटकमा उक्त रकम निकालिएकाे छ । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्याैपाने र लेखापाल बिष्णुलाल पाण्डेकाे संयुक्त हस्ताक्षरमा सञ्चालन हुने खाताबाट दुवै जनाकाे हस्ताक्षर किर्ते गरी रकम निकालिएकाे लेखापाल पाण्डेले बताउनु भयाे । विद्यालयका कार्यालय सहयाेगी राेशन मल्लिकले नै चेकमा दुवै जनाकाे हस्ताक्षर किर्ते गरी रकम निकालेकाे लेखापाल पाण्डेले दाबी गर्नु भयाे ।
`बैंकमा चेक लिन जाने र रकम जम्मा गर्ने काम राेशनलाई नै लगाउने गरेकाे थियाैं,´ पाण्डेले सेताेपत्रलाई भन्नुभयाे, `प्रत्येक पटक चेकबुक ल्याउदा केही चेककाे अर्धकट्टी समेत निकालेर राख्ने गरेकाे र विभिन्न समयमा किर्ते हस्ताक्षर गरेर रकम निकालेकाे भेटियाे ।´
पाण्डेका अनुसार पछिल्लाे पाँच महिनामा ४ लाख १८ हजार रकम हस्ताक्षर किर्ते गरी निकालिएकाे छ । २०८० चैत ७ गते पहिलाे पटक ४० हजार रकम हस्ताक्षर किर्ते गरी निकालिएकाे पाण्डेले बताउनु भयाे ।
`चैत ७ गतेदेखि साउन ७ गतेकाे बिचमा २० पटक चेक काटेर पैसा निकालिएकाे छ,´ पाण्डेले भन्नुभयाे, `पाँच हजारदेखि बढीमा ४३ हजारसम्मका चेकबाट पैसा निकालिएकाे देखियाे ।´
विद्यालयका विभिन्न शिक्षक, विद्यालयले सामग्री ल्याउने व्यवशायि र कार्यालय सहयाेगी राेशन मल्लिककाे नाममा चेक काटेर रकम निकालिएकाे लेखापाल पाण्डेले जानकारी दिनु भयाे ।
सामाजिक परीक्षण गराउनु पर्ने समय नजिक आईरहेकाले त्यसका लागि आर्थिक हिसाब समेत सार्वजनिक गर्नु पर्ने भएकाले बैककाे हिसाब हेर्ने क्रममा २० वटा चेकका अर्धकट्टी समेत हराएकाे र ति हराएका चेक नम्बरबाट रकम निकालिएकाे बैंक स्टेटमेन्टले देखाए पछि खाेजी गर्दै जादा कार्यालय सहयाेगी राेशनले नै खाली चेक चाेरी गरी किर्ते हस्ताक्षर गरेर रकम निकालेकाे पाईएकाले राेशन बिरूद्ध साउन १३ गते आईतबार इलाका प्रहरी कार्यालय काकरभिट्टामा उजुरी दिएकाे लेखापाल पाण्डेले बताउनु भयाे ।
किर्ते हस्ताक्षर गरी विद्यालयकाे बैंक खाताबाट रकम निकालेकाे उजुरी दर्ता भए पछि कार्यालय सहयाेगी राेशन मल्लिकलाई आईतबार नै नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाेइलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख मिमबहादुर लामाले बताउनु भयाे ।