काठमाण्डाै, साउन १२ । नेपाली कांग्रेस, झापा १ - काठमाडौं सम्पर्क समितिले विभिन्न विभागहरू गठन गरेकाे छ । समितिकाे शनिवार बसेकाे बैठकले विभिन्न १० वटा विभाग गठन गरेकाे समितिका सभापति प्रज्वल काेईरालाले जानकारी दिनु भयाे ।
समितिका संरक्षक तथा झापा क्षेत्र नं १ सांसद विश्वप्रकाश शर्माकाे बिषेश उपस्थीतिमा सम्पन्न बैठकले सभापति काेईरालाकाे संयाेजकत्वमा सार्वजनिक सेवा समन्वय विभाग गठन गरेकाे छ । त्यस्तै सुचना तथा सञ्चार विभागकाे संयाेजक राजेन्द्र खनाललाई ताेकेकाे छ भने प्रशासनिक मामिला तथा विकास निर्माण विभागकाे संयाेजकमा प्रकाश कुमार ढुंगेल चयन हुनु भएकाे छ ।
बैठकले भवेश सापकाेटाकाे संयाेजकमा शिक्षा विभाग गठन गरेकाे छ । त्यसैगरी स्वास्थ्य विभागकाे संयाेजक अमर रिजाललाई ताेकेकाे बैठकमा सहभागि काँग्रेस महासमिति सदस्य खड्ग बहादुर धिमालले जानकारी दिनु भयाे ।
त्यसैगरी बैदशिक राेजगार विभागमा राेशन घिमिरेलाई संयाेजक ताेकेकाे बैठकले न्याय तथा कानून विभागकाे संयाेजकमा इन्दीरा न्याैपानेलाई चयन गरेकाे छ ।
महिला तथा वालवालिका विभाग संयाेजकमा रूपाली पाैडेल चयन हुनु भएकाे छ भने यातायात विभागमा दिलिप साेङमेन चयन हुनु भएकाे छ । समितिले पेशा तथा व्यवशाय विभागकाे संयाेजकमा गणेश बराललाई चयन गरेकाे छ ।
प्रत्येक विभागहरूमा संयाेजक सहित तीनदेखि पाँच जनासम्म सदस्य रहने छन भने सबै विभागमा सल्लाहारहरू समेत चयन गरिएकाे सभापति काेईरालाले जानकारी दिनु भयाे ।
झापा क्षेत्र नं १ स्थायी घर भई काठमाण्डाैमा बसाेबास गर्ने नेपाली काँग्रेसका सदस्यहरूकाे संगठनका रूपमा रहेकाे सम्पर्क समितिले झापा १ काे विकास निर्माणसंगै त्यस क्षेत्रका स्थानीयहरूलाई परेकाे समस्या सहजिकरण गर्न सम्बन्धीत विभागका सदस्यहरूले समन्वय गर्ने नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताउनु भयाे ।
सम्पर्क समितिका सभापति काेईरालाकाे अध्यक्षतामा चाबहिलमा बैठक सम्पन्न भएकाे थियाे ।
यस अघि नै सम्पर्क समिति अन्तरगत नेविसंघ सभापतिमा चाेलेन्द्र दाहाल, महिला संघ सभापतिमा रूपाली पाैडेल र तरूण दल सभापतिमा अमर रिजालले काम गरिरहनु भएकाे छ ।