बिधिको शासन, मानवीय सेवा, बन्धुत्वको भावना, जस्ता मुल नारा सहित सामाजिक सेवा, ब्याक्तित्व र नेतृत्व बिकासका हरेक क्षेत्रमा कृयाशील असल र सक्षम नागरिक निर्माण गर्ने कार्यथलोको रूपमा जेसीजलाई चिनिन्छ । विशेष गरि १८ देखि ४० बर्षका युवाहरुलाई आवद्द गरेर युवाहरू मा रहेको असिमित शक्ति, क्षमता र सकारात्मक सोचलाई प्रस्फुटन गर्नु नै जेसीजको उदेश्य रहेको छ । प्रत्येक ब्यक्ती र प्रत्येक परिवारको प्रगतिले मात्र सभ्य, समृद्ध र शान्तिपूर्ण समाजको निर्माण हुन सक्छ, यस्तो समाज र रास्ट्र निर्माणको परिकल्पना जेसीजले गरेको छ ।
हरेक ब्यक्तिको चाहना जिन्दगिमा सफलता हासिल गर्ने हुन्छ । समाजमा आफ्नो छुट्टै नाम, पहिचान र मान सम्मान स्थापित होस भन्ने भावना हुन्छ । स्वभाबिक रुपमा मेरो पनि त्यही चाहना रह्यो जुन चाहना जेसीजले पूरा गर्छ भन्ने मलाई लाग्यो र बर्ष २०१३ मा मैले पनि मेचीनगर लेडी जेसिजमा आवद्द भएर जेसीज अभियानमा लाग्ने अठोट गरे । बर्ष २०१३ देखि निरन्तर रुपमा विभिन्न पदमा रहेर कार्यगर्दै जादा बर्ष २०२० मा मेचीनगर लेडी जेसीजको शाखा अध्यक्ष बन्ने अवसर मैले प्राप्त गरे । नेपाल सरकार ले पर्यटन बर्ष घोषणा गरेको यो बर्ष को अध्यक्ष हुने अवसर प्राप्त हुँदा सुरुवाती अवस्थामा असाद्धै खुशी लागेको थियो तर बिडम्बना, कोरोना भाइरस को विश्वब्यापी प्रकोपका कारण त्यो खुशीमा बादल लाग्यो । मात्रै १ बर्षको कार्यकालमा गर्छु भनेर बनाएको कार्ययोजना बमोजिम कार्य गर्न नपाउदा दुख अवस्य लाग्यो यद्यपि नेपाल जेसीजले यो बर्ष इतिहास रच्ने अवसर प्राप्त गर्यो । नेपाल जेसीजले जेसीजको इतिहासमै पहिलो पटक भर्चुअल माध्यम बाट देशभरी रहेका जेसीजमा आवद्ध युवाहरूलाई प्रशिक्षण दिने ऐतिहासिक कार्यको थालनी गर्यो । नेपाल जेसीजबाट सुरु गरिएको भर्चुअल कार्यक्रमहरु देश भरका शाखाहरुले अनुसरण गरे जसले गर्दा बर्ष २०२० मा सम्भवत नेपाल जेसीजको इतिहासमा नै सबै भन्दा बढी रास्ट्रिय एबम अन्तरास्ट्रिय कार्यक्रमहरुमा सहभागी हुने अवसर मिल्यो ।
देशलाई सहि गोरेटो प्रदान गरेर अगाडि बढाउन सक्ने सक्षम नेतृत्वको अभावमा देशले समृद्धि हासिल गर्न नसकिरहेको आजको अवस्थामा जेसीजमा आवद्ध बिधिको शासनलाई आत्मसाथ गर्ने जेसीज युवाहरूले नेतृत्व लिनु पर्छ ।
जेसीज युवाहरु आम युवाहरू भन्दा भिन्न छन भन्ने कुरा यो विषम परिस्थितिमा पनि सकारात्मक सोचका साथ निरन्तर सकृय जेसीज अभियन्ताहरुले पुष्टि गरेका छन । कोरोना भाइरसको प्रकोपको यो बढदो अवस्थामा पनि आ आफ्नो क्षेत्रमा निरन्तर रुपमा सचेतना अभियान, स्वास्थ्य सामग्री बितरण, क्वारेन्टिन ब्यबस्थापन, रक्तदान कार्यक्रम, चुल्हो बाल्ने अभियान, बाढी पीडितलाई सहयोग, लामो समयसम्म बिद्यालय जान नपाएका बिद्यार्थीहरु लाई अनलाइन कोचिङ कक्षा, बिभिन्न प्रतियोगिताहरु , जेसीज सदस्यहरुका लागि विभिन्न तालिम, अन्तर्किया कार्यक्रम तथा प्रतियोगिताहरु, सुरक्षित रहदै दैनिक कार्य गर्ने परामर्श, सिपमुलक कार्यक्रमहरु आदिजस्ता विभिन्न महत्वपूर्ण कार्यहरु मा देशैभरका जेसीजहरु सक्रिय रहे ।
नेपाल जेसीजले भौतिक रुपमा भेला भएर प्रत्येक बर्ष गरिने क्षेत्रिय सम्मेलन केहिदिन अगाडी मात्र भर्चुअल माध्यम बाट सम्पन्न गरेको छ । विशेष गरि नेपाल जेसीजका चार वटा क्षेत्रहरु क्षेत्र ‘क’, क्षेत्र ‘ख’, क्षेत्र ‘ग’, क्षेत्र ‘घ’मा प्राय सोही क्षेत्रका मात्र शाखा तथा सदस्यहरु सहभागी हुने गरेकोमा यस बर्ष सबै क्षेत्रहरुका जेसीज सदस्यहरुले सहभागी हुने सौभाग्य प्राप्त गरे । यो बर्ष नेपाल जेसीज ले ‘म मेरो देश आफै बनाउछु’, ‘कृषिमा युवा’, ‘दिगो बिकास लक्ष्य’ जस्ता परियोजनाहरु अगाडि बढाइ जेसीज सदस्यहरुलाई अझ बढी सक्षम र सकृय बनाएको छ । ‘परिवार, साथी र भबिस्य’ रास्ट्रिय प्रकरण रहेको यो बर्ष वास्तवमै देशभरका शाखाहरुमा एउटा परिवारको जस्तो आत्मियता, साथित्वको भावना, जसको सहयोग बाट सुनौलो भबिस्य कोर्न सहज हुने मैले महसुस गरेको छु ।
असल व्यवहार, पवित्र सेवा भावना ,कर्मशील सोच, जेसीज आस्थामा समर्पित भएर मानविय सेवा र बिश्व बन्धुत्वको भावनालाई आत्मसात गर्दै सामाजिक रुपान्तरणमा अहम भुमिका निर्वाह गर्न सक्ने क्षमता भएका जेसीज युवाहरु अब देश हाक्न अगाडि बढनु पर्छ । देशलाई सहि गोरेटो प्रदान गरेर अगाडि बडाउन सक्ने सक्षम नेतृत्वको अभावमा देशले समृद्धि हासिल गर्न नसकिरहेको आजको अवस्थामा जेसीजमा आवद्ध बिधिको शासनलाई आत्मसाथ गर्ने जेसीज युवाहरूले नेतृत्व लिनु पर्छ । बिदेश पलायनको सपनालाई त्यागेर स्वदेशमै देश वनाउने अभियानमा लाग्नु पर्छ । युवाहरु उठनु पर्छ, जुट्नु पर्छ, अवसरहरु लिनुपर्छ अनि मात्र देश ले समृद्धि हासिल गर्न सक्छ ।