बिर्तामोड, असार १९ । आफ्ना उत्पादनलाई डिजिटल प्रविधिको प्रयोग गरेर बजारीकरण गर्ने शीपको विकास गराउने उद्देश्यले आयोजना गरिएको डिजिटल मार्केटिङ सम्बन्धी दुई दिवशीय तालिम बिर्तामोडमा मंगलवार समापन भएको छ । महिला उद्यमी संघ नेपाल झापा शाखाले आयोजना गरेको तालिममा उत्पादनमा जोडिएका ५० बढी महिलाहरुले सहभागिता जनाएको महिला उद्यमी संघ झापाकी अध्यक्ष सुस्मा भण्डारी पौडेलले जानकारी दिनु भयो ।
बिर्तामोड, बुद्धशान्ति, मेचीनगर, कनकाई, दमक, गौरादह सहित जिल्लाभरिका महिला उद्यमीहरुको सहभागिता रहेको तालिममा सहभागिहरुले प्रविधिको प्रयोगले आफ्नो व्यवशायको दायरा फाराकिलो बनाउन सजिलो भएको तालिममा सहभागिहरुले बताएका छन । तालिममा विमल राजवंशी, विकास कोइराला, साइमन बस्नेत र वासुदेव बास्तोलाले सहजीकरण गर्नु भएको थियो ।
तालिम समापन समारोहमा प्रमुख अतिथि सप्तकोशी बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पाखेरेल, एक्सल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार कट्टेल, सतासी बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रुद्रमणी श्रेष्ठ, सञ्चारिका समूह झापाकी अध्यक्ष लिला अनमोल, एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना सिटौला, महिला उद्यमी संघकी पुर्व अध्यक्ष नैनकला भट्टराई लगायतले नयाँ प्रविधिका सिकाईले व्यापार बिस्तार गर्न सफलताका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
तालिममा सहभागिका तर्फबाट आकाँक्षा रिजाल र चुडामणी फुयलले तालिमबाट डिजिटल प्रविधिको प्रयोग गरेर व्यापार बिस्तार गर्न सकिने आत्मविश्वास बढेको बताउनु भएको थियो । बिर्तामोडस्थीत इन्द्रेणी बैंक्वेटमा महिला उद्यमी संघ झापाकी अध्यक्ष सुस्मा भण्डारी पौडेललेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघकी सहसचिव युनिता दवाडीले गर्नु भएको थियो ।