गत जेठ २० गते अर्थात जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा शुरु भएकाे नवौं संस्करणको टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा आज राति हुने भारत र दक्षिण अफ्रिकाबिचकाे फाइनल खेलसँगै समापन हुदैछ। १० वर्ष पछि नेपाली क्रिकेट टिमले विश्वकपमा पुन: स्थान बनाएकाे याे संस्करण नेपाली क्रिकेट प्रेमिहरुले विशेष चासाेका साथ हेरेका थिए ।
साेचेभन्दा उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणबाट नै यसपटक पनि नेपाली टिम घर फर्किए पनि विश्व सामु चर्चाकाे विषय बन्न पुग्याे यसपालि । अहिलेलाई नेपाली टिमकाे चर्चा यहीँ थाती राख्दै लागाै आज हुने फाइनल खेलकाे चर्चा तर्फ ।
पहलाे संस्करणकाे विश्व विजेता भारत तेस्राे पटक टि ट्वान्टी विश्व कपकाे फाइनल खेल्न बारबाडाेसकाे ब्रिजटाउन स्थित किन्स्टन ओभल क्रिकेट मैदानमा आज राति नेपाली समयानुसार ८:१५ मा पहिलाे पटक फाइनल पुगेकाे दक्षिण अफ्रिका विरुद्ध उत्रदैछ । सधैं उत्कृष्ट खेल खेल्दा खेल्दै पनि विश्व स्तरीय प्रतियाेगिताहरुमा अभागी टिमकाे उपमा बटुलेकाे दक्षिण अफ्रिकाका लागि उपाधि उचाल्ने अवसर यसपटक जुरेकाे छ ।अर्कोतर्फ गत वर्ष भारतमा नै सम्पन्न एक दिवसिय विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फाईनल पुगेर अष्ट्रेलियासँग नराम्ररी हारेकाे ताजा घाउ मेटाउने अवसरकाे रुपमा लिनेछ भारतिय टिमले आजकाे फाइनल खेललाई ।
विश्वका २० राष्ट्रहरुकाे सहभागिता रहेकाे यस प्रतियाेगिताकाे ३ चरण पार गर्दै यी दुई टाेलिले फाइनलसम्मकाे यात्रा तय गरेका हुन । पाँच पाँच वटा राष्ट्रलाई चार समुहमा विभाजन गरेर समूह चरणका खेलहरु भएका थिए जसमा भारत समूह "ए" मा थियाे भने दक्षिण अफ्रिका समूह " डि" मा रहेकाे थियाे । समूह चरणमा तीन जित र एक बराबर खेलेकाे भारत समुहमा पहिलाे स्थानमा रहदै सुपर आठमा पुगेकाे थियाे । उसले पहिलाे खेलमा आयरल्यान्डलाई आठ विकेटले हराएकाे थियाे भने चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई मात्र ६ रनले जितेकाे थियाे ।त्यस्तै तेस्रो खेलमा आयोजक अमेरिकालाई सात विकेटले हराउदा उसले समूह चरणकाे आफ्नाे अन्तिम खेल बर्षाका कारण स्थगित हुदा क्यानडासँग बराबरमा चित्त बुझाउनु परेकाे थियाे ।
यसैगरी दक्षिण अफ्रिकाले आफ्नाे पहिलाे खेलमा श्रीलंकालाई छ विकेटले , दोस्रो खेलमा नेदरल्यान्डस् लाई चार विकेटले हराएको थियाे । यस्तै तेस्राे खेलमा बंगलादेश विरुद्ध चार रनकाे मुस्किल जित निकालेकाे दक्षिण अफ्रिकाकाे लागि चौथो खेल नेपाल विरुद्ध कठिन भएकाे थियाे । तथापि १ रनकाे सनसनि पुर्ण जित निकाल्दै उसले समुह चरणमा अपराजित यात्रालाई कायम राखेकाे थियाे । यसरी समूह चरणमा अपराजित यी दुवै टाेलिका लागि उत्कृष्ट ८ काे यात्रा पनि अपराजित नै रह्याे ।
सुपर ८ मा दक्षिण अफ्रिकाले अमेरिका, दुई पटककाे विश्व विजेताहरु इङ्गलेण्ड र वेष्ट इण्डिजलाई हराएर सेमिफाइनल पुगेकाे हाे भने भारतले अफगानिस्तान , बंगलादेश र सन् २०२१ काे विश्व विजेता अष्ट्रेलियालाई हराएर सेमिफाइनलकाे यात्रा तय गरेकाे थियाे ।
यस पटककाे सेमिफाइनल भने त्यति राेमाञ्चक रहन सकेन । पहिलाे सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई एक पक्षियरुपमा नौ विकेटले जितेकाे थियाे भने अर्काे सेमिफाइनलमा पनि भारतले डिफेन्डिङ च्याम्पियन इङ्ल्याण्डलाई ६८ रनले हराएकाे थियाे । यसरी यस प्रतियोगिताकाे आजकाे फाइनल खेल भने पक्कै पनि सनसनि पुर्ण र रोमान्चक हुनेछ ।
राेहित शर्माकाे कप्तानिमा मैदानमा उत्रने भारतिय टिमका लागि विराट काेहलि लयमा नरहनु टाउकाे दुखाईकाे विषय भएकाे छ । यहिलेसम्म यस विश्व कपमा सात इनिङ खेलेका भारतिय पुर्व कप्तान विराटले जम्मा ७५ रन मात्र बनाएका छन् । तथापि भारतिय कप्तान शर्मा, सुर्य कुमार यादव, रिसभ पन्त, हार्दिक पाण्डेय फर्ममा हुनु भारतकाे लागि दर्विलाे पक्ष हाे । राेहित शर्मा त यस संस्करणमा सबैभन्दा धेरै रन बनाउने खेलाडिकाे हाेडमा अफगानिस्तानका रहमनुल्लाह गुरवाज( २८१) अष्ट्रेलियाका ट्रेभिस हेड ( २५५) भन्दा पछि २४८ रन बनाएर तेस्रो स्थानमा छन् । साथै उसका बलरहरु जसप्रित बुमराह, अर्शदिप सिंह, माेहमद सिराज, कुलदिप यादव पनि उत्कृष्ट लयमा छन यश विश्व कपमा । यहाँ अर्शदिप सिंह १५ विकेट का साथमा सबैभन्दा धेरै विकेट लिने खेलाडि हाेडमा अफगानिस्तानका फजलाह फारुकि (१७ विकेट) भन्दा पछि रहदै दाेस्रो स्थानमा छन भने जसप्रित बुमराह पनि १३ विकेटका साथ पाँचौ स्थानमा छन । अहिलेसम्म सन्तुलित टिमकाे रुपमा देखिएकाे भारतिय टाेलिलाई टक्कर दिन आज एडन मार्क्रमकाे कप्तानिमा पहिलाे पटक विश्वकपकाे फाइन खेल्न उत्रदै छ दक्षिण अफ्रिका ब्रिजटाउनमा।
समान स्तरकाे प्रदर्शन गर्दै आएका अफ्रिकन व्याट्समेनहरु उसकाे लागि आजकाे खेलमा महत्त्वपूर्ण मानिनेछन् । अहिलेसम्म २०४ रन बनाएका क्विटन डि कक, १४८ बनाएका डेभिड मिलर, १३८ बनाएका क्लासन, १३४ बनाएका स्टब्स, १०९ बनाएका हेन्डरिक्स मध्ये जाे काेहि पनि आज भारतका लागि बाधक बन्न सक्छन् । त्यस्तै बलिङ तर्फ पनि १३ विकेट लिईसकेका नोट्जे, १२ विकेट लिएका रवाडा, ११ विकेट लिएका साम्सि, ९ विकेट लिएका केशव महाराज जस्ता खेलाडिहरुले भारतिय ब्याटिङ लाईनलाई ध्वस्त पार्न सक्छ ।
आँकडाले जे बताए पनि आज बारबाडाेसकाे ब्रिजटाउन स्थित किन्सटन ओभल क्रिकेट स्टेडियममा जस्ले उत्कृष्ट र अनुशासित खेल प्रदर्शन गर्न सक्छ उसैले बाजि मार्नेमा भने कुनै शंका छैन ।