झापा, असार १ । आईसीसी टी २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाबिरुद्धको खेलमा नेपालले कसिलो बलिङ गरेको छ । टस जितेर नेपालले दक्षिण अफ्रिकालाई पहिला व्याटिङ गर्न निम्तो दिएको थियो । पहिला व्याटिङ गरेको दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो ।
दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्स सर्वाधिक ४३ रन बनाए । त्यसैगरी एडेन मार्करामले १५ रन, क्विन्टन डे ककले १० रन,डेभिड मिलरले ७ रन,हेनरिक क्लासेनले ३ रन, रनको योगदान गरे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन ।
नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ । दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ । नेपालले आज एक खेलाडी परिवर्तन गरेको छ । स्पिनर सन्दीप लामिछाने नेपालको प्लेइङ(११ मा हुँदा सागर ढकाल बेन्चमा छन ।
आजको खेलमा नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह, कुशल मल्ल, दीपेन्द्रसिंह एरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र अभिनाष बोहोरा खेलिरहेका छन ।