मेचीनगर, जेड २८ । काकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको अध्यक्षमा नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी निर्वाचित हुनु भएको छ । आज बिहान २ बजे सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बुढाथोकीले १९९१ मत प्राप्त गरी विजयी हुनु भएको हो । अध्यक्षका अर्का प्रतिस्पर्धी नेकपा एमालेका सन्तोस आचार्यले १८०८ मत प्राप्त गर्नु भएको छ । अचार्य भन्दा १८३ मत बढी ल्याएर बुढाथोकी निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक राजु कार्कीले जानकारी दिनु भयो । अध्यक्षमा रास्वपाका उम्मेद्वार सुदर्शन खड्काले ३४६ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी उपाध्यक्षमा एमालेका गाविन्द गिरीले २२६२ मत प्राप्त गरी विजयी हुनु भएको छ । उपाध्यक्षका माओवादी केन्द्रका उम्मेद्वार राजकुमार दाहालले १२१९ मत प्राप्त गर्नु भएको थियो भने रास्वपाका कृष्ण सुवेदीले ६३० मत प्राप्त गर्नु भएको छ ।
सचिवमा नेपाली काँग्रेसका विशाल तामाङ विजयी हुनु भएको छ । तामाङले १७४५ मत प्राप्त गर्नु भएको छ भने एमालेका जसपाका दिलिपजंग सुब्बाले १६६३ मत प्राप्त गर्नु भएको छ । त्यस्तै रास्वपाका नरेन्द्र शिवाकोटीले ५९८ मत पाउनु भएको छ ।
कोषाध्यक्षमा एमालेका बिमला तामाङ विजयी हुनु भएको छ । तामाङले २०६५ मत ल्याएर विजयी हुँदा नेकपा एकिकृत समाजवादीकी विमला देवकोटाले १४६३ मत प्राप्त गर्नु भएको छ भने रास्वपाका सुधादेवी खड्काले ३९८ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी खानेपानी संस्थाको कार्यसमिति सदस्यहरुमा महिला तर्फ एमालेकी इन्दीरा बुढाथोकी र जसपाकी मिरा कार्की विजयी हुनु भएको छ । बुढाथोकीले १६६४ र कार्कीले १५४६ मत प्राप्त गर्नु भएको छ । त्यस्तै इकाई सदस्यतर्फ वडा नं. २, ३ र ४ बाट राप्रपाका इन्द्र प्रधानले १८८६ मत प्राप्त गरी विजयी हुनु भयो । वहाँका प्रतिस्पर्धी एमालेका तीर्थराज नेपालले १५९० मत प्राप्त गर्नु भयो ।
त्यस्तै इकाई सदस्य वडा नं. ५ र ८ बाट काँग्रेसका केदारजंग भट्टराई १४६० मत प्राप्त गरी विजयी हुनु भएको छ भने सोही पदमा एमालेका पर्शुराम निरौलाले १३५९ र रास्वपाका राजकुमार गिरीले ९८८ मत प्राप्त गर्नु भयो । इकाई सदस्य वडा नं. ६ र ७ बाट एमालेका डिल्लीकमार काफ्ले १५८१ मत ल्याएर विजयी हुनु भएको छ । सोही पदमा पूर्णबहादुर लिम्बुले १४१६ र दिपेश तिवारीले ८५५ मत ल्याउनु भएको थियो ।
त्यसैगरी लेखा समिति संयोजकमा एमालेका सोमराज ढकालले १५०८ मत प्राप्त गरी विजयी हुुनु भएको छ भने राप्रपाका किशोर शर्मा भण्डारीले १४३४ र रास्वपाका भेषराज ओलीले ८११ मत प्राप्त गर्नु भएको छ । लेखा समिति सदस्यमा बालकुमार भुजेल र जोस्ना राजबंशी विजयी हुनु भएको छ । भुजेलले १६६० र राजबंशीले १७९९ मत प्राप्त गर्नु भएको छ । लेखा समिति सदस्यका अन्य उम्मेद्वारहरु विकास राउतले १२४८, प्रज्वल गौतमले ७५६ र रिता घिमिरेले १७२९ मत ल्याए पनि जितका लागि पर्याप्त भएन ।
शनिवार सम्पन्न मतदानमा ४ हजार ९ सय १८ मत खसेको निर्वाचन समितिका संयोजक कार्कीले जानकारी दिनुभयो । काकरभिट्टा खानेपानीको निर्वाचनका लागि काँग्रेस, माओवादी, राप्रपा, नेपका एस र संघीय लोकतान्त्रीक मञ्चले संयुक्त प्यानल बनाएर उम्मेद्वार उठाएका थिए भने एमाले र जसपाले साझा उम्मेद्वारी दर्ता गरी चुनावी मैदानमा होमिएका थिए ।