मेचीनगर, जेठ २७ काकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको सदस्य तर्फको ४ सय मत गणना सकिएको छ ।
सञ्चालक समिती सदस्य तथा लेखा सदस्यको ४ सय मत गणना हुदाँ महिला सदस्यका उम्मेदवार सीतादेवी कार्कीले १ सय २,पवित्रा तिवारीले १ सय ३३,मिरा कार्कीले १सय २८,इन्दिरा बुढाथोकीले १ सय २७ ,सुनिता सहनीले १७ तथा लक्ष्मि कटुवाल थापाले ३६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै सदस्यतर्फ इन्द्र बाहादुर प्रधानले १ सय ५६ ,तिर्थराज नेपालले १ सय २४ ,केदारजंग भट्टराईले १ सय १८ ,परशुराम निरौलाले १ सय ६ ,राजकुमार गिरीले ८३ ,डिल्लीकुमार काफ्लेले १ सय ३२ ,दिपेश तिवारीले ६९ ,तथा पूर्णबहादुर लिम्बुले १ सय ५ मत प्राप्त गर्नुभएको छ ।
लेखा समिति संयोजकतर्फ सोमराज ढकालले अग्रता लिनुभएको छ । उहाँले ४ सय मत गणना हुदाँ १ सय ३६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै किशोर भण्डारीले १ सय २ ,भेषराज ओलीले ६० मत प्राप्त गरेको निर्वाचन समितीले जनाएको छ ।
लेखा समिति सदस्यका उम्मेदवार प्रज्जवल गौतमले ६३ ,बालकुमार भुजेलले १ सय ३६, बिकास राउतले १ सय १ ,जसना राजवंशीले १ सय ५२ तथा रिता घिमीरे १ सय ४५ मत प्राप्त गर्नुभएको छ ।