मेचीनगर, जेठ २७ । काकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको प्रारम्भिक नतिजा आउन सुरु भएको छ ।
सञ्चालक समिती सदस्य तथा लेखा सदस्यको पहिलो एक सय मत गणना हुदाँ महिला सदस्यका उम्मेदवार सीतादेवी कार्कीले १६,पवित्रा तिवारीले २५,मिरा कार्कीले २५,इन्दिरा बुढाथोकीले २९,सुनिता सहनीले १ तथा लक्ष्मि कटुवाल थापाले ८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै सदस्यतर्फ इन्द्र बाहादुर प्रधानले ३३ ,तिर्थराज नेपालले २१,केदारजंग भट््टराइर्ले २५,परशुराम निरौलाले १८,राजकुमार गिरीले १६,डिल्लीकुरमार काफ्लेले २६,दिपेश तिवारीले ११,तथा पूर्णबहादुर लिम्बुले २३ मत प्राप्त गर्नुभएको छ । यसैगरी लेखा समिति संयोजकतर्फ किशोर भण्डारीले २३,भेषराज ओलीले ११ तथा सोमराज ढकालले २३ मत प्राप्त गरेको निर्वाचन समितीले जनाएको छ ।
लेखा समिति सदस्यका उम्मेदवार प्रज्जवल गौतमले १४,बालकुमार भुजेलले २७ बिकास राउतले २० ,जसना राजवंशीले ३५ तथा रिता घिमीरे २३ मत प्राप्त गर्नुभएको छ ।